Butwal Sandesh

Best Nepali Online Newspaper

कसले बनायो ‘कोरोना भाइरस’ ? खुल्यो यस्ताे रहस्य…

Spread the love

कोरोना भाइरसको सं*क्रमण विश्वव्यापी रुपमा बढेपछि यो कसरी उत्पन्न भयो भन्ने प्रश्न अझधेरै आम चासोको विषय बनेको छ । धेरै मानिसहरु मिडियामा रिपोर्ट गरिए जस्तो यो कुनै जंगली चमेराबाट मानिसमा फैलिएको मान्न तयार छैनन् किनकी यस्तो हुँदा त्यसले म*हामारी कै रुप्लिने सम्भावना कम हुन्छ । त्यसैले चीनको वु*हानका बस्ने एक जातका चिनियाँले चमेरो खाएका कारण यो फैलिएको वा समुन्द्रबाट निकालिएको सर्पबाट मानिसमा सरेको भन्ने कुरामा मानिसहरु विश्वास गर्दैनन् ।

त्यसैले कोरोना भाइरस कोरोनाभाइरस स्वाभाविक रूपबाट उत्पन्न भएकोभन्दा पनि यसलाई उत्पति (परिवर्तनको माध्यमबाट सम्भावित जैविक यु*द्ध एजेन्टको रूपमा प्रयोगशालामा उत्पादन गरिएको थियो भन्ने कुरा पत्यारिलो बन्दै गएको छ । धेरै रिपोर्टहरूले देखाए अनुसार यो भाइरसका केही अंशहरू एचआईभीसँग सम्बन्धित छन् जुन प्राकृतिक रूपमा हुन सक्दैन । यदि यो भाइरस ह*तियारको रूपमा उत्पादन गरिएको थियो भने वु*वान इन्स्टिच्युट अफ भाइरोलिज ल्याबबाट यो पहिले पशुमा र पछि मानिसमा फैलिएको हुनसक्छ । धेरै टेक्निसियनहरू यो कुरा स्विकार्छन् कि प्रयोगशालाहरूबाट यस्ता “लीक” प्रायः हुनसक्छन् ।

यहाँ अर्को सिद्धान्त पनि छ । कन्स्पिरेन्सी थ्यौरीका आधारमा अनुमानहरू पनि भइरहेका छन् कि ट्रम्प प्रशासनले बढ्दो चिनियाँ विश्वव्यापी प्रतिस्पर्धाको मु*द्दालाई अमेरिकी राष्ट्रिय सुरक्षा र आर्थिक प्रभुत्वको प्रत्यक्ष ख*तराका रूपमा उठाउँदै थिए त्यसैले वाशिंगटनले यो भाइरस सिर्जना गरेको हुनसक्दछ । बेइजिंगको बढ्दो अर्थव्यवस्था र सेनालाई साइजमा ल्याउन अमेरिकाले यस्तो गरेन भन्न सकिंदैन ।

त्यस्ता व्यवहारको उदाहरणहरू छन् । सन् २००५ देखि २००९ सम्म अमेरिकी र इजरायली सरकारले गुप्त रूपमा ‘स्टक्सनेट’ भन्ने कम्प्युटर भाइरसको विकास गरे । उनीहरुले त्यो भाइरस आणविक अनुसन्धान कार्यक्रममा प्रयोग भइरहेको इरानी कम्प्युटरहरूको नियन्त्रण र अपरेटिंग प्रणालीलाई बिगार्ने उद्देश्यले गरेका थिए। तर यसले इरान बाहिरका कम्प्युटरहरूलाई बिगार्ने होकी भन्ने चि*न्ता सही भएको प्रमाणित भयो । इरान बाहिर चीन, जर्मनी, काजाकिस्तान र इन्डोनेशियाका हजारौं कम्प्युटरमा यो भाइरस फैलिएको थियो ।

इजरायलीहरुबीच एक भनाई प्रख्यात छ,‘चीनमा के भइरहेको छ त्यसको झल्को त्यहाँ हुन्छ ।’ अहिले इजरायलको गालील रिसर्च इन्स्टिच्युटका वैज्ञानिकहरूले दावी गरिसकेका छन् कि तिनीहरूसँग केही हप्तामा कोरोना भाइरसको खो*प मानिसलाई लगाउन सक्ने अवस्थामा तयार हुन्छ । उनीहरु ९० दिन भित्रमा मानिसलाई वितरण गर्न र प्रयोगको लागि तयार हुने दाबी गरिरहेका छन् ।

यहाँ यसकारण आशं*का उब्जिएको हो कि इजरायलको विज्ञान र प्रविधि र कृषि मन्त्रालयहरुद्वारा लगानी गरिएको एभियन कोरोनाभाइससको चार वर्ष अनुसन्धानमा संलग्न रहेको छ । उनीहरूले दाबी गरिरहेका छन् कि कोरोना भाइरस त्यो संस्करणमा मिल्छ जुन मानिसहरूलाई सं*क्रमित छ । यो भाइरस बिरुद्धको खोप उनीहरुले आनुवंशिक हेरफेरको माध्यमबाट विकास गर्न सफलता प्राप्त गरेका हुन् ।

तर केही वैज्ञानिकहरू शं*का गर्छन् कि भर्खरै अस्तित्वमा आएको भाइरसलाई रोक्न यती चांडै नयाँ खोप तयार पार्न कसरी सकिन्छ ? उनीहरूले यो चे*तावनी पनि दिएका छन कि यदि खोप विकसित भयो भने पनि सामान्यतया साइड इफेक्टको लागि यसको परीक्षण गरिनु पर्दछ, जुन प्रक्रिया सामान्यतया एक वर्ष भन्दा बढी लाग्छ र सं*क्रमित मानवहरूमा यसको प्रयोग आवश्यक हुन्छ ।

मानिसहरु यो सम्भावनालाई पनि ध्यानमा राख्दैछन् कि फिट डेट्रिक मेरील्याण्डमा रहेको जैविक ह*तियार अनुसन्धान केन्द्रमा अमेरिकाले कोरोनाभाइरस बनाएको हो । सम्भवतः इजरायल पनि यस परियोजनामा साझेदार भएको हुनुपर्छ । भाइरसको विकासमा मद्दत पुर्याउँदा इजरायली वैज्ञानिकहरूले कसरी चाँडो खोप बनाउने भन्ने काममा समेत सफलता प्राप्त गर्न सकेका हुन् । सम्भवतः भाइरस र यसको उपचार एकैसाथ विकसित भएका थिए ।

कोरोना भाइरसको विषयमा निश्चित राजनीतिक समस्याहरू पनि छन् । चीनमा मात्र होइन संयुक्त राज्य अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समेत पहिले नै भाइरसको बारेमा झूट बोलेको आ*रोप लगाइएको छ । त्यहाँ सन् २०२० को चुनावमा हुने यसको सम्भावित प्रभावको बारेमा पनि मुलधारका मिडियाले अनुमान लगाउन थालेका छन् । यदि शेयर बजारसँगै अर्थव्यवस्था डुब्यो भने यसले नराम्रो स्थिति सिर्जना गर्नेछ ।

यहाँ राष्ट्रिय सुरक्षा र वैदेशिक नीतिको मु*द्दा पनि छ जुन जेरुशलेम र वाशिंगटन दुबैबाट देखिएको छ । यो बुझ्न गाह्रो छैन कि किन कोरोना भाइरसले विशेष गरी चीनको बाहेक ठूलो चो*ट पुर्याएको अर्को मुलुक इरान नै हो । इरान त्यो देश हो, जुन संयुक्त राज्य अमेरिका र इजरायल दुबैको घोषित श*त्रु हो।

अमेरिकामा मानिसहरु सं*क्रमित इरानीको मृ*त्युको बारेमा खबर पाउँदा खुशी हुन्छन् । वाशिंगटनस्थित इजरायली सरकारसँग सम्बन्धित फाउन्डेशन फर डिफेन्स अफ डेमोक्रासीज (एफडीडी) का कार्यकारी निर्देशक मार्क डुबुविट्सले मंगलबार ट्वीटरमा भनेका छन, “कोरोना भाइरसले गैर तेलको निर्यात बन्द गर्ने अमेरिकी आर्थिक प्र*तिबन्धले गर्न नसकेको काम गरेको छ ।’’

इरानी सरकारका प्रवक्ताले यस्तो जवाफ दिए कि “घा*तक भाइरस फैलाउन उत्साहित हुनु शर्मनाक र सरासर अमानवीय हो ( र मानिसहरूले यसको पी*डा भोगिरहेको देख्दा रमाईलो हुन्छ’’ डुबुविट्सले थप लेखे, ‘तेहरानले मध्य पूर्वमा “आ*तंकवाद फैलाएको’’ छ र “अब यसले कोरोनाभाइरस फैलाइरहेको छ ।’’

अब कुनै पनि सचेत नागरिकले बुझ्न सक्छ कि के कोरोना भाइरस स्वाभाविक रूपमा देखा परेको हो ? वा यो चीनमा नै प्रयोगशालाबाट वा इजरायल वा संयुक्त राज्य अमेरिकाबाट आएको हो ? यदि कसैले इजरायल र वा अमेरिकालाई शं*का गर्छ भने स्पष्ट छ कि जैविक ह*तियार बनाउने अभिप्रायले यसको विकास गरिएको हो । त्यसैले यसले अहिले दु*श्मनको रूपमा तोकिएका दुई राष्ट्रलाई नोक्सान पुर्याउँदैछ ।

तर, कोरोनाभाइरस बारे सजिलै कुनै निष्कर्ष निकाल्न सकिंदैन । यो स्पष्ट छ कि यसबाट हजारौं व्यक्ति म*र्नेछन् । दु*र्भाग्यवश, स्टक्सनेटसँग जस्तै, एक पटक बोतलबाट बाहिर आएको यो ‘जिन’ आफ्नो शै*तानिक अवतार लिएर विश्वभर फैलिरहेको छ । यो कठिन छ कि यसलाई फेरी बोतलमा छिराएर बन्द गर्न सकियोस् ।

(लेखक फिलिप गिराल्ड (पीएचडी) काउन्सिल फर नेसनल इन्ट्रेस्टका कार्यकारी निर्देशक हुन् । यो लेख स्ट्राट्रेजिक कल्चर डट ओआरजीबाट साभार गरी भावनुवाद गरिएको हो । )

Leave a Reply

Your email address will not be published. Required fields are marked *