Butwal Sandesh

Best Nepali Online Newspaper

‘महानायक’ प्र*करणमा अन्ततः जीतु नेपालले पनि मुख खोले (हेर्नुस् )

Spread the love

काठमाडौँ । कलाकार दिपाश्री निरौलाले महानायक राजेश हमाल बारे दिएको प्रतिक्रियाको चर्चा परिचर्चा अझै सकिएको छैन । दिपा श्रीले भन्न खोजेको कुरा जे भए पनि उनको बडील्याङ्ग्वयज ले गर्दा धेरैको गा*ली खानु पर्यो । धेरैले उनमा अ*हंकार बढेको आ*रोप पनि लगाई नै रहेका छन् । तर दिपा श्रीले यस कुराको स्पष्टिकरण दिदै धेरै दिन अगाडी नै माफी समेत मागी सकेका छन् ।

यस का*ण्डमा दिपाश्रीसंग निकट कलाकारहरुले सुरुमा कुनै प्रतिक्रिया नदिए पनि पछिल्लो समय भने एक पछी अर्कोले आफ्नो बिचार पोख्न थालेका छन् । सुरुमा दिपा कै जोडी भनेर चिनिने निकट कलाकार दिपकराज गिरिले सामाजिक संजालमा व्यं*ग्यात्मक स्टाटस मात्रै लेखेका थिए । तर पछिल्लो समय भने भिडियो नै सार्बजनिक गर्दै स्पष्ट विचार नै राखेका छन् । दिपक राज पछी माग्ने बुढा भनेर चिनिने केदार घिमिरेले पनि आफ्नो विचार लेखि सकेका छन् । त्यसै गरि आज पनि अर्का चर्चित कलाकार जितु नेपालले पनि यस का*ण्डबारे आफ्नो भावना प्रकट गरेका छन् । उनले आफ्नो विचारलाई यस का*ण्डको अन्त्य पनि भनेका छन् ।

जितु लेख्छन – ‘विभिन्न अ*पराध गर्नेहरुलाई पनि जे*ल हालीन्छ तर अ*पराधको प्रकृतीहेरेर छुट्छन नी हैन…? ल दिपादिदिले अ*पराधै गर्नु भएछ, अब छुट्ने बेला भएन..? ” हुन पनि दिपा श्रीले अन्तर्वार्ता दिएकै २-३ हप्ता बिती सक्यो तर उनलाई सामाजिक संजालमा गा*ली गलौजको बर्षा अझै सम्म रोकिएको छैन । त्यसैलाई इंगित गर्दै हास्य कलाकार कै हैसियतमा जितु थप लेख्छन – ”सम्पुर्ण गा*ली अध्यायहरु अाजैबाट समाप्त भएको घोषणा गर्न चाहन्छु। ईतीश्री..दिपाश्री..अन्तर्वार्ताखन्डे श्रावण महात्तमे छक्कापन्जा समूह गा*ली अगस्ते समाप्तम सुभम………”

जितु नेपालको पुरा बिचार तल जस्ताको त्यस्तै :

”सबै अध्याय सकिएपछि ईतीश्री म गर्छु है….

हाम्रो समुह को तर्फबाट अा-अाफ्ना भनाई, क्षमा मगाई,अाईसकेपछि मेरो पनि त केही धारणा राख्न पर्यो,अन्तिम अन्तिममा अली अली गा*ली त खानै पर्यो, परेन….? सबै भन्दा पहिले हामी बिगत लामो समयदेखि संगै काम गरिरहेकोले दिपा दिदीले बोलेका कुराको मैले पनि जिम्मेवारी लिनु पर्छ, त्यसैले म अादरणिय महानायक राजेश हमाल दाईसँग माफि चाहन्छु, साथै राजेश दादाका सम्पुर्ण सुभ-चिन्तक दर्शकज्युहरु प्रतीपनि क्षमा चाहन्छु ।

यहि बिषयलाई लियर हामीलाई सजक गराउने, हामीले बाटो बिरायौकी भनेर सम्झाउने अादरणिय सिनीयर कलाकारहरु,दर्शकज्युहरु प्रती दुई हात जोडि नमन गर्न चाहन्छु। अहिलेको प्रबिधि को उच्चतम प्रयोग गरि हामीलाई गा*ली गर्ने, सल्लाह दिने,सजग गराउने,सम्पुर्ण अादरणिय दर्शकज्युहरु प्रति सदा अाभारी छौ।तर बेला यहि हो यहि बेलामा कसैलाई सिध्याउन पर्छ भनेर अत्यन्तै अ*पशब्द, तल्लो स्तरको गा*ली,तु*च्छ वचन,अ*स्लिल छा*डा गा*ली गर्नुहुनेअादरणिय ज्युहरुलाई चाहिँ एउटा कुरा भन्न चाहे, हरेक कुरामा नकारात्मक हुने, छा*डा शब्द लेख्ने,बोल्ने बानी भनेको खै*नि,चु*रोट र स*राबको नसा जस्तै हो ।

जसरी खै*नि,चु*रोट,र र*क्सि खानेलाई नै असर गर्छ यस्ता बानीले पनि तपाईलाई नै असर गर्छ अरुलाई गर्दैन।त्यसैले यस्ता बानी छोड्न म सबैलाई बिनम्र अनुरोध गर्दछु। दिपादिदीले बोल्दा गल्ती गरेकै हो यसको महसुस स्वयम् उहालेनि गरिसक्नु भयको छ र माफि पनि मागीसक्नु भयो त्यसैले अब उहालाई राम्रो काम गर्ने उत्साह दिउ,सर सल्लाह दिउ,हौसला दिउ। विभिन्न अ*पराध गर्नेहरुलाई पनि जे*ल हालीन्छ तर अ*पराधको प्रकृतीहेरेर छुट्छन नी हैन…? ल दिपादिदिले अ*पराधै गर्नु भएछ, अब छुट्ने बेला भएन..?

फेरि पनि दुई हात जोडि बिन्ति गर्छु अादरणिय भगवान रुपि दर्शकज्युहरु हामीले तपाईहरुलाई भगवान माने पछि तपाईहरुले पनि भक्त सम्झेर क्षमा न दिने…? मैले यो कुरा किन यति ढिलो लेखेको भनेर पनि कुरा उठ्ला म उमेरका हिसाबले, पपुलरका हिसाबले,कामका हिसाबले यो समुहको सबैभन्दा सानै हु, र म दाजुभाईमा पनि छ जना दाई र दिदिको कान्छो भाई नै हु,त्यसैले कान्छोको पालो लास्टमै अाउछ। मैले यति लेख्दा अझै पनि केही ग*ल्ति भएमा क्षमा माग्दै सम्पुर्ण गा*ली अध्यायहरु अाजैबाट समाप्त भएको घोषणा गर्न चाहन्छु। ईतीश्री..दिपाश्री..अन्तर्वार्ताखन्डे श्रावण महात्तमे छक्कापन्जा समूह गा*ली अगस्ते समाप्तम सुभम………

Leave a Reply

Your email address will not be published. Required fields are marked *