Butwal Sandesh

Best Nepali Online Newspaper

अष्ट लक्ष्मीकाे रहस्यमय श्रीयन्त्र घरमा राखेमा सदैब धन-धान्यले भरिपूर्ण हुन्छ

Spread the love

मानिसको जीवनमा सबैभन्दा ठूलाे स´मस्या भनेकै ग*रीबी अर्थात नि*र्धनता नै हाे । शास्त्रमा उल्लेख गरिए अनुसार मान-सम्मान र प्रतिष्ठा प्राप्त गर्नु पनि लक्ष्मी कै रुप हाे भनेर उल्लेख गरिएको छ । लक्ष्मीका आठ रुपलाई विशेष रुपमा पुजा तथा साधकहरुले साधना गर्ने गर्दछ जसलाई अष्ट लक्ष्मी भनेर शास्त्रमा व्याख्या गरिएको छ।

पहिलाे धन लक्ष्मी दाेस्राे गज लक्ष्मी तेस्राे अधि लक्ष्मी चाैथाे सन्तान लक्ष्मी पाँचौ धान्य लक्ष्मी छैटौं एश्वर्य लक्ष्मी साताै विजय लक्ष्मी र अन्यत्यमा आाठैं वीर लक्ष्मी भनेर व्याख्या गरिएको छ । हरेक मानिसले अष्ट लक्ष्मी मध्ये कुनै एक लक्ष्मीकाे साधना गरिरहेका हुन्छन र यहीँ अनुसार आफ्नाे जीवन चलाई रहेका हुन्छन् ।

लक्ष्मीलाई चन्चल स्वरुप भनेर भनिएकाे छ । जुन जाेकाेही संगपनि एकै स्थानका अडिन नसक्नुका साथै एक स्थानबाट अर्काे स्थानमा तुरुन्तै जाने गरेकाे शास्त्रमा उल्लेख गरिएको छ । धनकाे राजा भनेर कुबेरलाई मानिएकाे छ र कुबेरकाे निवास भनेर उत्तर दिशालाई भनिएकाे त्येसैले उत्तर दिशा संसारमा शक्तिशाली भनेर भनिएको छ।

वास्तुशास्त्रका अनुसार यदि कसैकाे घर तथा व्यवसायीक भवनमा कुबेरकाे दिशामा ट्वाईलेट सेप्टी ट्याङ्की या अन्या पुराना काम नलाग्ने सामान भन्डारण गर्ने गरेकाे घरमा कहिल्यै लक्ष्मीकाे बास नहुने र दिनहुँ झैझ*गडा तथा चाे*रि र गम्भीर आ*राेप समेत लाग्ने भनेर शास्त्रमा उल्लेख गरिएको छ ।

कुबेरकाे निवास हुने स्थानमा यस्ता कुरा राखेमा कहिल्यै प्रगति हुन नसक्ने र ऋणमा काम गर्नु पर्ने भएकाले विशेष सा*वधानी अपनाउन वास्तुविद् हरुले सुझाव दिएकाे छन् । त्येसैले दिशा ख*राब हुनु नै दशा ख*राब हुनु हाे । भाग्यबस कसैलाई भने राम्राे हुन सक्छ त्येसमा उसकाे ग्रहदशाकाे प्रमुख भूमिका रहेकाे हुन्छ ।अनुभवका आधारमा १०० जनामा जम्मा ५ जनालाई राम्राे हुन सक्छ बाकी लाई नराम्रो नै हुने गरेकाे छ ।

मानिस जन्मिएको समयमा धनकाे राजा भनेर भनिने कुबेर याेग तेस्तै चन्द्रमा र मंगल तथा शुक्र चन्द्रमा मिलेर बनाउने महालक्ष्मी र लक्ष्मी याेग बृहस्पति तथा चन्द्रमा मिलर बनाउने गजकेशरी याेग लगाएत अन्य याेगमा जन्मेका मानिस हरुले संसारकाे जुनसुकै कुनामा गएर बसेपनि लक्ष्मीकाे कृपा रहिरहन्छ यस्ता व्यक्तिलाई लक्ष्मीकाे स्वरुप भनेर पनि भन्ने गरिन्छ ।

जहाँ जाेसंग जुन काममा लागि रहेका छन् त्येस स्थानमा धनकाे वर्षा गराउने गर्दछन । त्येस्ता मानिसहरू कसैले गुमाउन चाहदैनन् र लामाे समयसम्म उनीहरूकै कामका लागि रहेका हुन्छन् । जसकाे कारणबाट दुबै जनालाई सदैब लक्ष्मीकाे कृपा भैरहने हुन्छ । यदी यस्ता व्यक्ति उक्त कामबाट निस्कनु या निकालिनु परेमा चलिरहेकाे कार्य तथा व्यबहार बिग्रने वास्तुविद् हरुले जानकारी गराएका छन् ।

प्राचीन समयमा समुन्द्र मन्थन गर्नु भन्दा अघि सम्पूर्ण देवी देवता निर्धन तथा एश्वर्य बिहिन भएका थिए ।उक्त मन्थनकाे समयमा लक्ष्मी प्रकट भएपछि भगवान् इन्द्रले माता लक्ष्मीकाे स्तुति गरेपछि लक्ष्मी प्रशन्न भएर महालक्ष्मीले देवराज इन्द्रलाई वरदान दिएकाे प्रसङ्ग पनि उल्लेख गरिएको छ । जुन व्यक्तिले माता लक्ष्मीकाे नियमित रुपमा श्रीशुक्त पाठ तथा पुजा गर्दछन या आफू निवास गर्ने स्थानमा राख्दछन भने कहिल्यै लक्ष्मीले साथ नछाड्ने र सदैव धन सम्पत्तिले परिपुर्ण हुने उल्लेख गरिएकाे छ । श्रीशुक्त माता लक्ष्मीकाे सबैभन्दा ठूलाे र शक्तिशाली निवास गर्ने स्थान हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *