Butwal Sandesh

Best Nepali Online Newspaper

किरिया बसेको नवौं दिनमा ‘म´रेका व्यक्ति’ जिवितै घरमा आएपछि….

Spread the love

पाल्पा । विश्वमा अनौठा अनौठा घ*टना हुने गरेका छन् । त्यही क्रममा नेपालमा पनि म*रे भनिएर क्रिया बसेको नवौं दिनमा उनी व्यक्ति टुप्लुक्क आइपग्दा परिवारमा खुशीयालीको वर्षा नै भएको छ ।

गुल्मी जिल्ला रुरु गाउँपालिका–५ बम्गाका ६५ वर्षीय श्यामशरण भण्डारी पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ अर्चलेमा जीवित अवस्थामा भेटिएको रिडीमा बसोबास गर्दै आएका चुरामणि तिमिल्सिनाले बताए । गुल्मी निवासी भण्डारी हाल रुपन्देही जिल्लाको मणिग्राममा स-परिवार बसोबास गर्दै आएका थिए ।

श्यामशरण घरमा पुर्याउँदा परिवार र आफन्तहरुको भीडभाड थियो । केही दिनअघि रुरु गाउँपालिकास्थित कालीगण्डकी नदी क्षेत्रमा पुरुषको ला*स भेटिएको थियो । पुरुषको ला*सलाई श्यामशरण ला*स भनी आफन्तले दा*हसंस्कार गरेको आफन्तले जनाएका छन् ।

किरिया बसेको नौ दिनमा जीवित भेटिएपछि आफन्तहरु खुशी देखिएका छन् । पाल्पाका अर्चलेका भीष्मा पन्तले श्यामशरण जीवित भेटिएको जानकारी तिमिल्सिनालाई जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *