३३ किलो सुन का*ण्डका फ*रार आ*रोपी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प*क्राउ

तेत्तीस किलो सुनकाण्डका फरार प्रतिवादीलाई हिजो प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प*क्राउ गरेको छ । प*क्राउ पर्नेमा फरार प्रतिवादी हरिशरण खड्का रहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाहीले जानकारी दिनुभयो ।

उहाँका अनुसार उनी इन्टरपोलमा ‘रेडकर्नर नोटिस’ जारी भएका प्रतिवादी हुन् । अध्यागमनका कर्मचारीले उनको पहिचान गरेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि उनी प*क्राउ परेको शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार सो सुनकाण्डमा ७७ जनाविरुद्ध मु*द्दा चलाइएको छ । उनी पछिल्लो समयमा युएई बस्दै आएका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो एकै दिन १६ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत एक हजार ४१४ नेपाली स्वदेश फर्किएको विमानस्थल कार्यालयले जनाएको छ ।

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दोहाबाट २६२, दुबईबाट १४९ यात्रु काठमाडौँ ल्याएको छ । त्यस्तै हिमालय एयरलाइन्सले दमामबाट १५३, अबुधाबीबाट १५१ यात्रु ल्याएको छ । थप नेपालीको उद्धार उडानका लागि नेपाल एयरलाइन्स बहराइन र नारिता प्रस्थान गरेको छ भने हिमालय एयरलाइन्स दमाम, क्वालालम्पुर र फिलिपिन्सको मनिलाबाट यात्रु ल्याउन गन्तव्यतर्फ उडेको विमानस्थलले जनाएको छ ।

त्यसैगरी फ्लाई दुबईले दुबईबाट १७२, एयर अरेबियाले सारजाहाबाट १६१, जजिरा एयरले कुवेतबाट १६०, इतिहाद एयरले अबुधाबीबाट १४० र टर्किस एयरलाइन्सले इस्तान्बुलबाट ३३ यात्रु काठमाडौँ ल्याएको विमानस्थलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आइतबार पनि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले छ उडानमार्फत बहराइन, नारिता, दममाम, मनिला, क्वालालम्पुर र दुबईबाट नेपाली ल्याउने विमानस्थलको कार्यतालिका छ ।

आन्तरिकतर्फ विभिन्न एयरलाइन्सले १० चार्टर्ड उडान गरेका छन् । मनाङ एयरले लुक्लामा एक उडान, सिम्रिक एयरले बुटवलमा दुई उडान, एयर डाइनेष्टीले धादिङमा दुई उडान, कैलशा हेलिकप्टरले तातोपानीमा दुई उडान र प्रभु हेलिकप्टरले पोखरामा दुई चार्टर्ड उडान गरेका छन् । रासस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *