Butwal Sandesh

Best Nepali Online Newspaper

ग*ल्ती स्वीकार गर्दै ‘जी न्यूज’ले नेपाल र नेपालीसँग माग्यो मा*फी

Spread the love

काठमाडौं । नेपालमा भारतीय न्यूज च्यानलहरु बन्द गरिएलगत्तै भारतीय टेलिभिजन च्यानल ‘जी न्यूज’ले क्षमायाचना गरेको छ ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबारे बनाएको आ*पत्तिजनक रिपोर्टलाई लिएर भारतीय न्यूज च्यानल ‘जी न्यूज’को क्षमायाचना गरेको हो ।

‘ओलीका इश्किया’ शीर्षकमा प्रसारित सामग्रीले नेपालका जनताको भावनामा चो*ट पुगेकोमा दु*ख व्यक्त गर्न चाहन्छौंं’ भन्दै जीन्यूज झारखण्डले क्षमायाचना गरेको छ ।

जीन्यूज झारखण्डले भनेको छ, ‘एक जिम्मेदार च्यानल भएको नाताले हामी आफ्नो कन्टेन्टलाई लिएर सँधै सजग रहन्छौं । तर, भु*लबस कुनै यस्तो प्रसारण हुन्छ, जसले सकैको भावनामा ठेस पुगेमा हामीले ग*ल्तीलाई स्वीकार पनि गर्छौं ।

भारत र नेपालको सम्बन्ध सदैव सँधै मैत्रीपूर्ण रह्यो । सांस्कृतिक, राजनीतिक र ऐतिहासिक रुपमा निकै मजबुद रह्यो । हामीले नेपाली जनताहरुको भावनाको कदर पनि गर्छौं । जिम्मेदार च्यानलको नाताले हामीले हाम्रो उक्त मैत्रीपूर्ण सम्बन्ध कायम रहोस् ।

हाम्रो च्यानलबाट प्रसारित त्रु*टिपूर्ण कार्यक्रम ‘ओलीका इश्किया’ले नेपालको जनताको भावनामा ठेस पुगेकोप्रति दु*ख व्यक्त गर्दछौं । साथै हामीले आशा गर्छौं कि दुवै देशको सम्बन्ध सँधै मजबुद रहिरहनेछ । साथै, हामीलाई नेपाली दर्शकहरुको माया पनि प्राप्त भइरहने विश्वास छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *