कश्मीरमा भारतको नाममा अर्का गोरखा सैनिकले ज्या*न गु*माए
काठमाडौं । भारत-पाकिस्तानबिचको सीमा क्षेत्रको नियन्त्रण रेखा क्षेत्रमा एक गोरखा सैनिकको मृ*त्यु भएको छ।
जम्मू-कश्मीरको रजौरी जिल्ला स्थित नोभेरा सेक्टरमा पाकिस्तानले (सिजफायर) यु*द्धविराम उल्लंघन गर्दै फायरिङ गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
भारतीय सेनाका हवलदार सम्बुर गुरुङको मृ*त्यु भएको हो। उनी नेपाली नागरिक थिए। ग*म्भीर घा*इते रहेका गुरुङको उपचारको क्रममा नि*धन भएको हो।
पाकिस्तानी सेनाले बन्करलाई लक्षित गरेर गो*ली प्र*हार गरेको थियो। त्यहाँ रहेका सिपाही गुरुङलाई गो*ली लाग्दा अनुहार, पाखुरा र बाँया खुट्टामा ग*म्भीर चो*ट लागेको थियो।
उपचारका लागि अस्पताल लगिएकोमा नि*धन भएको हो। गुरुङ नेपालको गोरखा जिल्लाको मानबू क्षेत्रका निवासी थिए।
पाकिस्तान र भारतबीचको मामिलामा नेपाली गोरखा सैनिकले अनाहकमा ज्या*न गु*माउने गरेका छन्।
Indian army soldier Havildar Sambur Gurung dies in unprovoked ceasefire violation by Pakistan in Nowshera Sector, District Rajouri (J&K). He was a resident of Nepal. pic.twitter.com/C9A6oR3kAc
— Sidhant Sibal (@sidhant) July 10, 2020