Butwal Sandesh

Best Nepali Online Newspaper

कतारमा रहनु हुने नेपालीका लागि अत्यन्तै जरुरी सूचना, कतारमा स´मस्यामा हुनुहुन्छ भने यी नम्बरमा फोन गर्नुहोस्

Spread the love

काठमाण्डौ – कतारमा रहेको नेपाली दूतावासले स*मस्या अनुसारका फोन नम्बरहरु तोकेको छ । यसअघि कायम रहेका विभिन्न मोबाइल नम्बरहरु अब कायम नरहेको भन्दै दूतावासले नयाँ नम्बरमा मसस्या अनुसारका आफ्नो गुनासा राख्न भनेको हो । अब ४४६७५६८९ मा फोन गरी आफ्नो समस्या र जिज्ञासा अनुसारको एक्सटेन्शन नम्बर डायल गरी सेवा लिन सकिनेछ ।

– रोजगारीजन्य समस्याका लागि ११५ एक्सटेन्शन नम्बर तोकिएको छ ।
– कम्पनीमार्फत नेपाल फर्कने प्रक्रियाका लागि १६६ एक्सटेन्शन नम्बर तोकिएको छ ।
– आफन्तको मृ*त्यु भइ काजकिरियाका लागि नेपाल फर्कंन पर्नेले १११ एक्सटेन्शन नम्बर तोकिएको छ ।
– कोरोना बाहेक ज*टिल स्वास्थ्य स*मस्या भइ तत्काल नेपाल फर्कनुपर्ने भएमा ११३ एक्सटेन्शन नम्बर तोकिएको छ ।

– पर्यटक तथा पारिवारिक भिसामा कतारमा रही तत्काल नेपाल फर्कनुपर्ने भएमा १०५ एक्सटेन्शन नम्बर तोकिएको छ ।
–नेपालीको मृ*त्यु तथा श*व लैजाने विषयका बारेमा ११४ एक्सटेन्शन नम्बर तोकिएको छ ।
– नेपाल जानुपर्ने र ट्राभल डकुमेन्ट आवश्यक भएमा ११० एक्सटेन्शन नम्बर तोकिएको छ ।
– श्रम सहचारीका लागि ११९ एक्सटेन्शन नम्बर तोकिएको छ ।

– लेखा शाखाका लागि १०९ एक्सटेन्शन नम्बर तोकिएको छ ।

– अन्य जानकारीका लागि ० मा फोन गर्न सकिने कतारमा रहेको नेपाली दूतावासले जनाएको छ । यी नम्बरमा फोन गरेर आफ्नो समस्या राख्दा दूतावास नै आउन नपर्ने गरी व्यवस्था मिलाइएको दूतावासले जनाएको छ ।

सार्वजनिक बिदाको दिन बाहेक हरेक आइतरबादेखि बिहीबारसम्म बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म दूतावास खुल्ला रहने हुँदा त्यही समयमा फोन गर्न अनुरोध गरिएको छ । ४ जुनमा सूचना प्रकाशित गरी सार्वजनिक गरिएका मोबाइल यी नम्बरहरु ३३८८०३२१, ६६९६३६१६, ६६९५०७२४, ७०४५३३८८ र ३३५६०११७ (ह्वाट्स्एप) अब प्रयोगमा नरहेको दूतावासले जनाएको छ ।

अहिलेसम्म मार्च २ सम्म रोजगारी सकिएका व्यक्तिहरुको नामावली प्रकाशन गरेको र त्यसमध्येमा धेरैजसो नेपाल फर्किसकेको र अब पनि क्रमैसँग प्राथमिकताको आधारमा नामावली प्रकाशन गर्ने दूतावासले जनाएको छ यि आफन्तको मृ*त्यु भई का*जकिरियाका लागि नेपाल जानु पर्ने, कोरोना बाहेक अन्य कारणले ग*म्भीर स्वास्थ्य स*मस्या भएका, सुत्केरी तथा गर्भवती महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका, अध्ययन समाप्त भएका विद्यार्थी (इन्टर्नसमेत), पारिवारिक पुनर्मिलनका लागि आएका, पर्यटक तथा व्यापारिक भिसामा आएका बाहेक कतार आइडी र भिसा समाप्त भएका वा आइडी रद्द भएका, श्रम करार अवधि समाप्त भएका वा रोजगारी गुमाएका र वार्षिक र बेतलबी बिदामा रहेकाहरुको हकमा रोजगारी समाप्त भएको मिति र नेपालबाट तय हुने उडानको संख्या र मितिको आधारमा प्राथमिकताको सूची तय गर्ने दूतावासले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *