Butwal Sandesh

Best Nepali Online Newspaper

काठमाण्डौंमा अनौठो तरिकाले चो’रि गर्ने युवक प क्राउ, उनको चो’रि गर्ने सैली देखेर प्रहरी पनि च’कित !

Spread the love

काठमाडौं । काठमाडौं महानगरपालिकामा अनौठो प्रकृतिको चो’री गर्ने युवक फेला परेका छन् । उनको चो’रीको शैली देखेर प्रहरी पनि चकित परेको छ । नयाँ नयाँ मोटरसाइकलमा युवतीलाई राखेर घुमाउने र रेष्टुरेष्ट लिएर गएर खुवाउने ति युवाको भित्रि खेलका बारेमा थाहा पाएपछि प्रहरी चकित परेको हो ।

नयाँ मोटरसाइकल चो’री गर्ने, लकडाउनको समयमा सहयोग गर्ने नाममा युवतीलाई लिफ्ट दिने, खाजा नास्ता खाने वहानामा युवतीलाई रेष्टुरेष्टमा समेत लिएर जाने अनि युवती शौचालय गएको मौकामा उसको ब्यागवाट महंगो मोवाइल र पैसा समेत चो’री गर्ने युवक फेला परेका छन् । उनको धन्दा यतिमा मात्र सिमित हुँदैन । युवतीहरुवाट चो’रेको महंगो मोवाइल सस्तो दरमा बेच्ने । अनि बेचेको केही दिनमा म प्रहरीको डिएसपी हुँ भन्दै फोन गरेर आफैले बेचेको मोवाइल फिर्ता लिने ।

प्रहरीलाई नै चकित पार्ने यस्तो योजनाले चोरी गर्ने युवा हुन् रामेछापको उमाकुण्ड गाउँपालिका २ घर भई काठमाडौंको चण्डोलमा बस्दै आएका २६ वर्षीय राजकुमार दनुवार । उनलाई महानगरीय प्रहरी वृत महाराजगञ्जले बुधबार विहान चोरीको आरोपमा सामाखुसीबाट पक्राउ गरेको छ । प’क्राउ पछि अनुसन्धानका क्रममा प्रहरीले उनको यस्तो अचम्मको चोरीको शैलीा बारेमा थाहा पाएको हो । विभिन्न स्थानबाट संकलन गरिएका सिसिटिभी फुटेजमा चोरीका घ’टनामा राजकुमार नै देखिन्थे ।

उनले पार्किङमा राखेको महँगो मूल्य पर्ने मोटरसाइकल चोरी गर्थे । त्यसपछि उनको एक पछि अर्को योजना सफल बनाउथे । मोटरसाइकलमा युवती घुमाउने र उनै युवतीलाई लु’ट्ने । गंगबुको एक गेष्ट हाउसअघि पार्किङ्ग गरिराखेको एक बुलेट बाइक चो’री भएको घ’टनाको अनुसन्धान गर्दै जाँदा यस्तो रहस्य खुलेको हो । उनले यसरी युवतीहरुवाट चो’रेका दर्जनौ मोवाइल सस्तोमा बेचेर फेरी प्रहरी हुँ भन्दै फिर्ता लिएका छन् । उनी विरुद्ध अहिलेसम्म ११ जनाले जा’हेरी दिएका छन्। २१ जना युवतीको मोबाइल चो’री गरेको दनुवारले स्वीकार गरेको प्र’हरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *