Butwal Sandesh

Best Nepali Online Newspaper

कि रोजगारी दे..,कि कोरिया जान दे.., भन्दै माइतीघरमा प्र’दर्शन

Spread the love

काठमाडौं २४ असार : सम्पुर्ण प्रक्रिया पुरा भएका तर कोरोना सं’क्रमणको जो’खिमका कारण उडान बन्द भएर दक्षिण कोरियामा रोजगारीमा जान नपाएकाहरुले माइतीघरमा प्रदर्शन गरेका छन् । भाषा परीक्षा पास गरेर सम्पुर्ण प्रक्रिया पूरा गरी उडानको पर्खाइमा रहेकाहरुले बुधबार प्रदर्शन गरेका हुन् । सरकारले छिटो भन्दा छिटो कोरिया पठाउने पहल नगरे ३ हजारबढीको रोजगारी गुम्ने ख’तरा रहेको भन्दै उनीहरु प्र’दर्शनमा उत्रिएका हुन् ।

यो प्रदर्शन सरकारलाई द’बाब स्वरुप गरिएको हो, यदि यसलाई वेवास्ता गरेमा पूर्ण रुपमै ४५ सय युवा आन्दोलन गर्न बा’ध्य हुन्छौं, प्रदर्शनमा सहभागीले भने । सहभागीहरुले ‘कि रोजगारी दे, कि कोरिया जान दे’, ‘कोरियाको लागि अन्तर्राष्ट्रिय उडान सूचारु गर’, जस्ता नारा लेखिएका प्ले कार्ड प्रदर्शन गरेका थिए ।

प्रवक्ता गौतमले कतिपय स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना परीक्षणबापत रकम लिने गरेको मन्त्रालयमा जानकारी आएको बताए । सरकारी खर्चमा नै परीक्षण भइरहेकाले शुल्क लिने संस्थालाई नियमानुसार का’रवाही हुने उनले बताए।

मन्त्रालयले अत्यावश्यक कामका लागिभन्दा बाहेक घर बाहिर ननिस्कन र भीडभाड नगर्न नागरिकलाई अनुरोधसमेत गरेको छ । बन्दाबन्दी खुकुलो भएसँगै कार्यालय, पसल र सडकमा भीडभाड बढेको देखिनु स्वाभाविक जस्तो लागे पनि त्यसले जोखिम निम्ताउने उहाँको भनाइ छ । उनले चिया पसलमा भीडभाड गर्नुको साटो घरभित्रै परिवारसँग बस्न सबैलाई अनुरोध गर्नुभएको छ ।

उनले भने, “चाडपर्व, जात्रा, मेला अरू समयमा पनि आउने भएकाले अहिले नागरिकले स्वास्थ्य सा’वधानी अपनाउनुपर्छ ।” प्रवक्ता गौतमले कतिपय स्थानमा सङ्क्र’मणमुक्त भएर घर फर्किएकालाई समेत परिवार र समुदायले घर छिर्न नदिएको भन्ने खबर आइरहेको बताए। त्यस्ता व्यक्तिलाई परिवार र समाजले राम्रो व्यवहार गर्नुपर्नेमा उनले जोड दिए ।

sources by /; News24 Nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *