आज फेरि एकैदिन २ सय ५५ जना कोरोना सं*क्रमित थपिए, नेपालमा सं*क्रमितको संख्या १६ हजार ४ सय २३ पुग्यो
काठमाडौं, २४ असार। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा २५५ जनामा कोरोनाभाइरस सं*क्रमण भएको जानकारी दिएको छ । बुधबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २५५ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए । जसमध्ये काठमाडौँ उपत्यकाका मात्रै २३ जना रहेका छन् ।
उनकाअनुसार नयाँ सं*क्रमित हुनेहरुमा झापाका ८, तेर्हथुमका १, सुनसरीका ३, ईलामका २, मोरंगका ४, सिरहाका २, सप्तरीका ४, बाराका १, अछामका २२, बैतडीका २, बझाङ्गका ४, दार्चुलाका १, डोटीका ८, गोरखाका २, कैलालीका १९, काठमाडौँका १६, सर्लाहीका ३, चितवनका ५, कन्चनपुरका १२, नवलपरासी पूर्वका ३, रौतहटका ३३, दाङ्गका ५, धादिङ्गका १, दोलखाका १, कास्कीका २, काभ्रेपलान्चोकका २, ललितपुरका ७, लामजुङ्गका १, रामेछापका २, सिन्धुपाल्चोकका १, म्याग्दीका १, गुल्मीका ३, पाल्प्लाका ५, प्युठानका १, बाँकेका २, कालिकोटका १, रुकुम पश्चिमका ७, सुर्खेतका १४, जाजरकोटका १, दैलेखका ५, मुगुका २, डडेलधुराका २, र डोटीका ४ जना रहेका छन्।
यो सँगै नेपालमा कोरोनाभाइरस सं*क्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ । त्यसतै, पछिल्लो २४ घण्टामा २५३ डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या ७७५२ पुगेको छ भने कोरोनाका कारण ज्या*न गु*माउनेको संख्या ३५ रहेको छ ।