Butwal Sandesh

Best Nepali Online Newspaper

ऐश्वर्या रायका फ्यानका लागि आयो खुशीको खबर !

Spread the love

एजेन्सी – बलिउडकी सुन्दरी नायिका ऐश्वर्या राय बच्चनले निर्देशनमा हात हाल्ने भएकी छन् । भारतिय मिमिडयाका अनुसार निर्देशनमा आफ्नो रुची रहेकाले चाँडै नै यो काम गर्न लागेको बताइएको छ ।

उनले भनेकी छन् ‘म केही वर्ष पछि फिल्म निर्देशनको दुनियाँमा पाइला चाल्दैछु । मेरो कुराबाट मेरा पति तथा अभिनेता अभिषेक बच्चन पनि उत्साहित छन् । म कुनै पनि फिल्मको निर्देशन गर्दा हृदयदेखि नै गर्नेछु,’उनले भनेकी छन्,‘निर्देशनमा पूरा समय दिनेछु । म आधा र अधुरो मन लिएर काम गर्दिन।

नायक सुशान्त सिंह राजपुत अभिनित अन्तिम चलचित्र ‘दिल बेचरा’को ट्रेलर सोमबार सार्वजनिक भएको छ । सार्वजनिक भएको एक दिन पनि नबित्दै यो ट्रेलरले युट्युबमा नयाँ रेकर्ड राखेको छ ।

चलचित्रको ट्रेलरलाई ५० लाख लाइक मिलेको छ । यो कुनै पनि चलचित्रको ट्रेलरले पाएको सबैभन्दा बढी लाइक हो । यसअघि भारतीय चलचित्र ‘जीरो’लाई २० लाख लाइक मिलेको थियो ।

चलचित्रको ट्रेलरमा ५० लाख लाइक आउँदा जम्मा १६ हजार मात्र डिसला*इक आएको छ । मुकेश छावराको निर्देशनमा तयार भएको यो चलचित्र डिजिटल प्लेटफर्ममा रिलिज हुँदैछ ।

फक्स स्टार स्टुडियोले निर्माण गरेको चलचित्रमा ए आर रहमानको संगीत छ । क्या*न्सरसँग ल*डिरहेकी एक युवती र एक युवक बीचको प्रेम कथामा चलचित्र बनेको छ । चलचित्रमा सुशान्तसँगै सन्जना सान्घीले काम गरेकी छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *