Butwal Sandesh

Best Nepali Online Newspaper

खुशीको खबर: आज मात्रै अर्घाखाँचीमा १ सय ८७ जनाले कोरोना जितेर घर फर्के

Spread the love

अर्घाखाँचीमा हालसम्म १ सय ८७ जनाले कोरोना जितेका छन् । कोरोना जितेर डिस्चार्ज हुनेमा शितगंगा नगरपालिकाका ५५, सन्धिखर्क नगरपालिका ३९, भुमिकास्थान नगरपालिका १९, मालारानी गाउँपालिका ५२, पाणिनी गाउँपालिका ५ ,छत्रदेव गाउँपालिका १७ जना गरी १ सय ८७ जना रहेका छन् ।

आइसोलेशनमा बसेका १ सय ८७ जनाको दोस्रो कोरोना पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको बताइएको छ । डिस्चार्ज भएका सबैलाई केही हप्ता होम क्वारेन्टिनमा बस्ने गरी घर पठाइएको अर्घाखाँचीका सुचना अधिकारी विजय विकले बताए ।

त्यसैगरी, सरकारले दुई जनासम्म यात्रु राखेर ट्याक्सी चलाउन दिने तयारी गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले दुई जनासम्म यात्रु राखेर ट्याक्सी चलाउन दिनेमा सकरात्मक देखिएको हो । तर, निर्णय भने भैसकेको छैन । यसबारे छलफल गर्न कोभिड-१९ सं*कट व्यवस्थापन सेन्टर (सीसीएमसी) लाई जिम्मा दिइएको एक मन्त्रीले जानकारी दिए ।

काठमाडौं उपत्यकासहित देशका मुख्य सहरमा चल्ने २० हजार ट्याक्सीहरु लकडाउनको मा*रमा परेको ट्याक्सी व्यवसायीहरुको भनाई छ । ट्याक्सी चलाएर जिविकोपार्जन गर्ने ११ हजार ट्याक्सी चालक र तीनमा आश्रीत झण्डै ८० हजार परिवारका सदस्य लकडानको मा*रमा परेको दावी उनीहरुको छ ।

ट्याक्सी चलाउन नपाउँदा र बचत नहुँदा ऋ*णमा जाने चि*न्ता बढेको चालकहरु बताउँछन् । सरकारबाट ब्याज छुट हुने आशा गरेका उनीहरुले सरकारसंग जसरी पनि ट्याक्सी चलाउन दिनु पर्नेे माग गरेका थिए ।

केहि दिन अघि ट्याक्सी चलाउन पाउनु पर्ने माग गर्दै राजधानीमा केहीदिन अघि ट्याक्सी चालकहरुले आ*न्दोलन गरे। हातमुख जोड्ने पेशा लामो समय बन्द हुँदा उठीबास लाग्ने अवस्था आएको भन्दै उनीहरुले सरकारसंग ट्याक्सी चलाउने अनुमति मागेका थिए ।

साथै, यस्तै सार्वजनिक यातायात सञ्चालनबारे पनि गृहकार्य गर्ने जिम्मा सीसीएमसीलाई दिइएको छ । यातायात व्यवसायी लगायत सरोकारबाला पक्षसँग यातायात व्यवस्था मन्त्रालयले छलफल गरेर सीसीएमसीमा मोडालिटी पेश गर्ने र त्यसअनुसार थप निर्णय हुने बताइएको छ । सरकारले विकल्प नखोजेर लकडाउनको अवधि मात्र बढाएको भन्दै ब्यवसायीहरुले वि*रोध गरेका छन् ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भने स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना नगर्दा काठमाडौं उपत्यकामा जो*खिम बढेको भन्दै कडाइ गर्ने निर्देशन दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *