खुल्यो संसारको पहिलो सुनैसुनले बनेको होटल
काठमाडौँ – विश्वभरी कोरोना भाइर*सको म*हामारी भइरहेको बेला भियतनाममा भने सुनै सुनले बनेको होटल निर्माण भएको छ । सन् २००९ बाट निर्माण सुरु गरिएको होटलको सुभारम्भ बिहिबार गरिएको हो । भियतनामको राजधानी हनोईमा संसारको पहिलो सुनै सुनले बनेको होटल खुलेको हो ।
बिहीवार डोल्चे हनोई गोल्डन लेक नामको फाइभ स्टार होटलको शुभा*रम्भ गरिएको* अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छ*न् । सो होटलको भिित्ता, ढोका, झ्याल, कप, टेबल, खानेकुरा राख्ने भाँडो, शावर, भुइँ सबै सुनले नै बनेका छन् ।२५ तले सो होटलमा ४ सय वटा कोठा रहेका छन् ।
होटलको बाहिरी भित्तोमा लगभग ५४ हजार वर्गफीटमा सुनौलो टाइ*ल लगाइएको छ । होटलको स्टाफको ड्रेस कोड पनि रा*तो र सुनौलो छ । लबीमा फर्निचर र स*जावटमा पनि सुनौलो कलाकृति छ । छतमा स्विमिङ पूल छ । त्यहाँबाट हनोई शहरको सुन्दर दृश्य देखिन्छ ।
सो होटलको प्रेसिडेन्सिय सुइटमा बस्न एक रातको लगभग ८ लाख रुपैैयाँ तिर्नुप*र्ने हुन्छ । होटलका कोठाहरूको सबभन्दा कम मूल्य नै लगभग ३० हजार रुपैयाँ छ । मानिसहरूको , आकर्षण यस होटलप्रति उच्च देखिएको छ । यो होटललाई दक्षिणपूर्वी एसियाकै सबभन्दा विलासी होटल मानिएको छ ।