Butwal Sandesh

Best Nepali Online Newspaper

प्रधानमन्त्रीमा ओलीको विकल्प खोजे मुलुक दु*र्घटनामा जाने कांग्रेसकी नेतृ सुजाता कोइरालाको भनाइ

Spread the love

काठमाडौं । नेकपाकै पार्टी भित्रवाट प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग गरिएको बेलामा विपक्षी दलका नेताले भने ओलीको राजिनामा माग्ने कामको वि*रोध भएको छ । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग्न नहुने बताएकी छन् । उनले अहिले ओलीको विकल्प खोजे मुलुक दु*र्घटनामा पर्ने चे*तावनी दिएकी छिन् ।

प्रधानमन्त्री ओलीले पार्टी र सरकार चलाउन नसकेको भन्दै नेकपाका नेताहरुले उनको राजिनामा मागेका छन् । तर रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा नेता सुजाताले ओलीको राजिनामा माग्न नहुने बताएकी छन् । उनले ‘तीनवटै निर्वाचन नभएसम्म सरकार ढाल्ने सपना कसैले पनि देख्न नहुने बताइन्।

उनले अहिले राजिनामा मागिए त्यसको अपजस कांग्रेसलाई आउने दावी गरेकी छन् । कांग्रेसलाई अपजस आउने गरी मुलुक दुर्घ*टनामा जाने भएकाले ओलीलाई अर्को निर्वाचन नहुँदा सम्मका लागि राख्नुपर्ने उनको भनाई छ । उनले सरकारको समर्थन गर्दै सरकार ढाल्ने काममा लागे संविधान पनि कार्यान्वयन नहुने तर्फ सचेत गराइन् । उनले नेकपाका अर्का नेता प्रचण्ड अहिले प्रधानमन्त्री बन्न नसक्ने जिकिर गरेकी छन् । उनको लागि मुलुकलाई अप्ठेरोमा पार्न नहुने कोइरालाको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *