Butwal Sandesh

Best Nepali Online Newspaper

यी हुन ११ जिल्ला जहाँ कोरोना सं*क्रमीत अत्याधिक बढिरहेको छ

Spread the love

काठमाडौं– नेपालका ११ जिल्लामा पाँच सयभन्दा बढी कोरोना सं*क्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म प्रदेश नम्बर २ का रौतहट, महोत्तरी र सर्लाही , प्रदेश नम्बर ५ का कपिलवस्तु, पाल्पा र दाङ, कर्णाली प्रदेशको दैलेख र सुदुरपश्चिम प्रदेशको कैलाली, अछाम, डोटी र बाजुरा जिल्लामा पाँच सय भन्दा बढी सं*क्रमित देखिएका छन्।

हालसम्म रौतहटमा एक हजार ३ सय ९७ जना सं*क्रमित देखिएको छन्। रौतहटमा १ एक हजार ३६ पुरुष र ६१ महिला सं*क्रमित पुष्टि भएका छन्। त्यसैगरी महोत्तरीमा ७ सय ३४ सं*क्रमितमध्ये ७ सय ३ पुरुष र ३१ महिला सं*क्रमित छन्।

सर्लाहीमा ६ सय ७४ सं*क्रमित पुष्टि भएका छन्। सर्लाहीमा पुरुष ६ सय २८ र महिला ४६ सं*क्रमित पुष्टि भएका छन्। प्रदेश ५ को कपिलबस्तुमा ७ सय ५३ सं*क्रमितमध्ये ६ सय ९२ पुरुष र ६१ महिला जना महिला छन्।

त्यसैगरी, दाङमा कोरोना सं*क्रमितको संख्या ६ सय २६ पुगेको छ। जसमध्ये ५ सय १९ पुरुष र १०७ महिला सं*क्रमित भएका छन्। पाल्पामा हालसम्म ५ सय ३८ जना सं*क्रमित भएका छन्। पाल्पामा ४ सय ९५ पुरुष र ४३ महिला सं*क्रमित भएका छन् । कर्णाली प्रदेशको दैलेखमा ७ सय ९७ जना सं*क्रमित पुगेका छन्। दैलेखमा ७ सय ४२ पुरुष र ५५ महिला सं*क्रमित छन्।

त्यसैगरी सुदूरपश्चिम प्रदेशको कैलालीमा ८ सय २९ सं*क्रमित मध्ये पुरुष ६ सय ५९ पुरुष र १७० महिला सं*क्रमित छन्। सुदूरपश्चिम प्रदेशकै अछाममा सं*क्रमितको संख्या ५ सय ८६ पुगेको छ। अछाममा पुरुष ४ सय ६७ र महिला १ सय १९ छन्। डोटीमा ५सय ५३ कोरोना सं*क्रमित पुगेका छन्। डोटीमा ३ सय ९० पुरुष र १६३ महिला सं*क्रमित छन्। सुदूरपश्चिमकै बाजुरामा ५ सय ३९ सं*क्रमित पुष्टि भएकामध्ये ३ सय ६८ जना र १सय ७१ महिला सं*क्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा शनिबार थप २३२ जनामा कोरोना भाइरसको सं*क्रमण पुष्टि भएको छ । यो सँगै कोरोना सं*क्रमितको संख्या १५ हजार ४९१ पुगेको छ । सं*क्रमितमध्ये डिस्चार्ज हुनेको संख्या ६ हजार ४१५ पुगेको छ भने हालसम्म ३४ जनाले ज्या*न गु*माएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *