Butwal Sandesh

Best Nepali Online Newspaper

भोली सार्वजनिक बिदा

Spread the love

तनहुँको व्यास नगरपालिकाले व्यास जयन्ती (गुरु पूर्णिमा) का अवसरमा नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ । असार २१ गते आइतबार मनाइने गुरु पूर्णिमाका अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

नगरपालिकाको ३२औँ नगरसभाको निर्णयबमोजिम स्थानीय बिदा दिने निर्णय भएको र उक्त दिन नगरपालिका कार्यालय र अन्तर्गतका सम्पूर्ण वडा कार्यालय, अत्यावश्यक सेवा बाहेकका अन्य कार्यालय बन्द रहने प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले जानकारी दिनुभयो । गुरु पूर्णिमाका अवसरमा कार्यालय परिसरमा व्यास अवतरण दिवस मनाउने कार्यक्रम रहेको छ ।

र यो पनि,

ब्रिटिश गोर्खा सैनिकमा दुई नेपाली दाजुभाइ भर्ती भएका छन् । भोजपुर ट्याम्के मैयुङ गाउँपालिका– गागनेका दाजुभाइ एकसाथ भर्ती भएका हुन् । पोखरामा भएको भर्ना छनौट चरण पार गर्दै दाजु धैर्यशील राई र भाइ क्रियाशील राई एकसाथ गोर्खा भर्ती भएका हुन् । दाजु धैर्यशील बीबीए सातौं सेमेष्टर र क्रियाशील बीबीएस दोस्रो वर्षमा पढ्दै थिए ।

धैर्यशील र क्रियाशीलका बुवा शिवकुमार भने छोराहरुलाई नेपाल सरकारकै अधिकृत बनाउन चाहन्थे । छोराहरु भर्ती भएर जाउन भन्ने नलागेको बताउँदै शिवकुमारले उनीहरुले आफ्नो इच्छा पूरा गरेकाले त्यसमा आफू खुशी भएको बताए । शिवकुमारका दाइ परिवारसहित बेलायतमै छन् । २१ वर्षीय जुम्ल्याहा दाजुभाइले लामो समयदेखि काठमाडौंकै क्लासरुपमबाट तालिम लिएका थिए । यसपटक ब्रिटिश गोर्खा सैनिकमा अहिलेसम्मकै बढी संख्यामा भर्ना लिएको छ । ५४ जिल्लाका २३ जातजातिकाट ४३२ जना युवा भर्ती भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *