Butwal Sandesh

Best Nepali Online Newspaper

अस्ट्रेलियाको एउटा मार्गको नाम ‘गोर्खा वे’ राखियो !

Spread the love

मेलबर्न। अस्ट्रेलियाको एक बाटोको नाम ‘गोर्खा मार्ग’ राखिएको छ । अस्ट्रेलियाको भिक्टोरिया राज्यको राजधानी मेलबर्न शहरको विन्धम भाले काउन्सिलमा एक बाटोको नाम ‘गोर्खा मार्ग’ राखिएको हो।

त्यहाँ बन्दै गरेको एउटा नयाँँ बस्तीमा दोश्रो विश्वयु*द्धमा बहादुरी प्रदर्शन गरेर वीरगति प्राप्त गर्ने नेपालीको समझनामा एउटा बाटोको नाम गोर्खा मार्ग (Gorkha Way) राखिएको हो।

यो बाटोको दुबैतिर गरेर करीब ३० घडेरी रहेका छन्, जस्ले करीब १ हजार वर्गमिटर क्षेत्रफल ओगट्छ । यस्को नजिकै एउटा पार्क पनि बन्दैछ । यसरी बाटोको नाम राख्नका लागि मेलबर्नको वैरबी निवासी रोशनी श्रेष्ठले पहल गरेका हुन्।

यस्तो सोच उनी भिक्टोरिया राज्यकै अर्को शहर वालाराट बस्दादेखि नै आएको भए तापनि त्यहाँ यस्का लागि उपयुक्त वातावरण नपाएको बताए। वैरबीमा बस्न थालेपछि त्यहाँ यु’द्ध संग्रहालय पनि भएको पाएपछि नयाँँ बस्तीमा आफ्नो सोचलाई मूर्त रुप दिन सकिन्छ कि भनी पहल गरेको सुनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *