Butwal Sandesh

Best Nepali Online Newspaper

बेलुका ७ बजेसम्म संगै बसेको एलिसा गौतमकी छिमेकी दिदी आइन मिडियामा, के थियो त उनले आ*त्मह त्या गर्नुको कारण (भिडियो)

Spread the love

दाङको तुलसीपुरमा एक युवतीले सामाजिक सञ्जाल फेसबुकमा लाइभ भिडियो गर्दै आ*त्मह त्या गरेकी छन् । तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवाकी अन्दाजी २३ वर्षकी एलिसा गौतमले गत राति फेसबुकमा लाइभ गरेर आ*त्मह त्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिवबहादुर सिंहले पुष्टी गरेका छन् ।

प्रहरीका अनुसार युवतीले फेसबुक लाइभ गर्दै आ*त्मह त्या गरेको खबर मध्यराती १ बजेर २५ मिनेटमा जानकारी पाए पनि घर पत्ता लगाउन मुस्किल हुदा अबेर भै घर पुग्दा उनको मृ*त्यु युवतीको भैसकेको थियो । गौतमको केही समयअघि डि*भोर्स भएको खुल्न आएको प्रहरीले प्रारम्भिक जानकारी प्राप्त भएको बताएको छ । गौतमकी छोरी पहिलाको श्रीमान्सँग भएको बताए पनि पुष्टि हुन बाँकी रहेको प्रहरीको भनाइ छ । हाल उनि आफ्नो माइतीमा बस्दै आएकी थिइन । आमाबाबु भने भारतमा काम गर्न गएकोले उनी कोठामा एक्लै बस्ने गरेको खुलेको छ ।

मृ*तक युवतीको श*व पोष्टमार्टमका लागि राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *