Butwal Sandesh

Best Nepali Online Newspaper

श्रीमान हुँदाहुँदै होटेलभित्र हेडसरसँग जनप्रतिनिधिको मायापिरती छल्किदा…

Spread the love

सिन्धुली । सिन्धुलीमा महिला जनप्रतिनिधि र विद्यालयका प्रधानअध्यापकको यौ’न घ’टना मिलापत्रमा टुंग्याइएको छ । जिल्लामा महिला वडा सदस्य र विद्यालयका प्रधानाध्यापक रातभरि एउटै कोठामा रहेको स्थानियले फेला पारेपछि प्रहरीलाई बुझाएका थिए । तर अन्य जनप्रतिनिधिकै द’वावमा सो उ’जुरी दर्ता नगरी छोडिएको छ ।

जनप्रतिनिधिले फोन गरेर दुवै जनालाई गाउँपालिकामा पठाइदिन भनेपछि प्रहरीले दुवै जनालाई पठाइदिएको हो । गाउँपालिकाकी उपाध्यक्ष पार्वती सुनुवारले घ’टना गाउँपालिकाले मिलाउने बताएपछि आफुहरुले नहेरेको प्रहरीले जनाएको छ । फिक्कल गाउँपालिकाको वडा नम्बर १ कि महिला वडा सदस्य र प्रधानअध्यापक होटलको एउटै कोठामा फेला परेका हुन् । प्राथमिक विद्यालयका प्रधानाध्यापक टीकाराम मगर खाङसाङसंग रातभरी एउटै कोठामा भेटेपछि स्थानियले प्रहरीलाई बुझाएका हुन् ।

महिलाले पनि आफु प्रधानअध्यापक संग रातमा बसेको स्वीकार गरेकी छन् । तर आफुहरुबीच कुनै अ’वैध सम्बन्ध भने नरहेको उनको भनाई थियो । उनीहरुलाई विहानै ७ वजे प’क्राउ गरेर प्रहरीलाई बुझाएको स्थानियले बताएका छन् । उनीहरूका बीच लामो समयदेखि अ’नैतिक स’म्बन्ध रहेको आ’रोप स्थानियले लगाएका छन् ।

महिलाले पनि आफु प्रधानअध्यापक संग रातमा बसेको स्वीकार गरेकी छन् । तर आफुहरुबीच कुनै अ’वैध सम्बन्ध भने नरहेको उनको भनाई थियो । आफुलाई प्रधानअध्यापकसंग नाम जोडेर श्रीमानले पनि या’तना गर्ने गरेको वडासदस्यले बताएकी छन् । दुबै जना विवाहित भएको स्थानियको भनाई छ । राजनीतिक द’वाव परेपछि प्रहरीले जा’हेरी नै नलिएर छाडिदिएको छ ।

वडा सदस्य कोपिला र प्रधानाध्यापक मगर वि’रुद्ध कसैले पनि उ’जुरी नदिएपछि दुबैलाई गाउँपालिकाको जिम्मा लगाइदिएको सिन्धुली प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीकी प्रहरी प्रमुख एसपी रञ्जु सिग्देलले गाउँपालिकाको उपाध्यक्षले फोन गरेर उनीहरुलाई गाउँपालिका पठाउन भनेपछि उतै पठाइएको बताएकी छन् । उनले भनिन्, ‘त्यो विषय उहाँहरूको आन्तरिक थियो । हामीले हेरेनौँ’ उनले भनिन् ।

फिक्कल गाउँपालिकाको गाउँसभामा सहभागी हुन महिला वडा सदस्य कोपिला र विद्यालयका प्रधानाध्यापक मगर खाङसाङ आएका थिए । गाउँपालिकाकी उपाध्यक्ष सुनुवारले वडा सदस्य कोपिलाका पति र प्रधानाध्यापक मगरकी पत्नीलाई बोलाएर दुबैलाई सम्झाइबुझाइ गरेर घर पठाएको बताइएको छ । नेपाली कांग्रेसबाट उम्मेदवार बनेर वडा सदस्यमा निर्वाचित उनी केही दिन अगाडि मात्रै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेकी थिइन् । प्रधानाध्यापक मगर पनि कोपिलासँग कांग्रेस पार्टी प’रित्या’ग गरेर नेकपामा प्रवेश गरेका थिए ।

श्रोत: दैनिक नेपाल/ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *