धेरै झ’गडा गर्ने श्रीमान् श्रीमती बीचको सम्वन्ध दिगो हुन्छ

श्रीमान र श्रीमतीबीच ठा*कठुक पर्नु दाम्पत्य सम्वन्धकै एउटा हिस्सा हो। ‘लोग्ने स्वास्नीको झ’गडा परालको आगो’ भन्ने त भनाई नै छ ।हालै गरिएको एक सर्भेक्षणले विवाहित जोडीहरुबीच झ’गडाले सम्वन्धलाई अझै कसिलो र मायालु बनाउने देखाएको छ । उक्त सर्भे4क्षणमा सहभागी ४४ प्रतिशत विवाहित जोडिहरुले सातामा एक-पटकभन्दा बढी झग;डा गर्ने गरेका थिए । यस्तो झ’गडाले सम्वन्धले कुनै दिर्घकालिन असर परेको देखिएन । कहिलेकाँही झ*गडा गर्ने जोडीहरु स-साना भ्रमका बाबजुद पनि लामो समयसम्म सँगै बस्छन् ।

किनभने उनीहरुलाई आफ्नो माया चोखो र पवित्र छ भन्ने थाहा हुन्छ ।आफ्नो सम्बन्धलाई दिगो र रमाइलो बनाउने हो भने मनमा तुष पालेर बस्नु हुँदैन । मनको कुरा आफ्नो जोडीसँग पोखिहाल्नुपर्छ । यदि तपाईं आफ्नो पार्टनरसँग खुल्ला दिमागले राम्रोसँग बोल्न सक्नुभयो भने सम्बन्धमा प्रगाढता आँउछ ।कहिलेकाहीँ हुने स-साना झग*डापछि तपाईंलाई आफ्नो गल्तीको महसुस हुन्छ र यसले तपाईं आफ्नो प्रेमलाई अर्को तहमा पुर्याउन चाहनुहुन्छ भन्ने देखाउँछ । पार्टनरको कुनै बानी तपाईंलाई नराम्रो लाग्छ भने आँ9खा चिम्लि दिन सजिलो हुन्छ । तर पनि यदि तपाईं त्यो बानी सुधा/रियोस भन्ने चाहनुहुन्छ र राम्रो नतिजा ल्याउनको लागि पिडा र झगडा बेहोर्न तयार हुनुहुन्छ भने यो तपाईंको साँचो मायाको संकेत हो ।

अर्को शब्दमा भन्नुपर्दा कहिलेकाँही एकआपसमा झगडा गर्नु भनेको तपाईंहरु अझै एकअर्काप्रति धेरै प्रतिबद्ध हुनुहुन्छ भन्ने हो ।एकपटक सोच्नुहोस् त, तपाईं आफ्नो आमाबुबा र दाजुभाई दिदीबहि/नीसँग कति झगडा गर्नुहुन्छ ? पार्टनरसँगको सम्बन्धमा पनि यस्तै हुन्छ ।तपाईंहरु धेरै झगडा गर्नुहुन्छ भने यसको अर्थ तपाईंहरु एकअर्कालाई धेरै माया गर्नुहुन्छ । तपाईंले चुप बसेर आफ्नो जोडीको विश्वास जित्न सक्नुहुन्न । यसको लागि तपाईंले खुल्ला दिमागले कुरा गर्नुपर्छ । आफ्नो कार्यहरुको जिम्मेवारी बहन गर्नुपर्छ र एकअर्काको कुरा राम्रोसँग सुन्नुपर्छ ।

यसले आत्मियता, विश्वास र लगावको भावना बढाउन मद्धत गर्छ र पार्टनरलाई तपाईंसँग अझै राम्रो तरिकाले कुरा गर्न सिकाउँछ ।मनोवैज्ञानिकहरुले स्वस्थ र सुखी सम्बन्धका ७ मुख्य तत्वहरुमा झगडालाई पनि एक मानेका छन् । यदि जोडीले कहिल्यै पनि झगडा गरेनन् भने त्यसले उनीहरु दुईजना बीचमा केही राम्रो नभएको संकेत गर्छ । झ’गडाले जोडीलाई उनीहरुको मान्यता र भावनालाई फेरि सोचेर पार्टनरको मागलाई फेरि सम्बोधन गर्न वा वार्ता गर्न सहयोग गर्छ ।तर, विचार गर्नुपर्ने कुरा तपाईंको बहस अस्वस्थ र हिंस्र क हुनुहुँदैन । त्यसैले आफ्नो कुराहरु नाम नबोलाई वा ठुलो स्वर नबनाइकन राख्ने गर्नुहोस् ।

जब तपाईं आफ्नो पार्टनरसँग झगडा गर्नुहुन्छ, यसमा जीत-हार कुरा ठूलो होइन । सबैभन्दा मुख्य कुरा तपाईंहरुले एक अर्कालाई राम्रोसँग बुझ्न पाउनुहुन्छ ।बेलाबखत हुने साना झग*डाले दुवैलाई एकअर्काको प्रकृति र स्वभाव बुझ्न सहयोग गर्छ । यसले आफ्नो पार्ट नरसँग कसरी व्यवहार गर्ने भन्ने सिकाउँछ । झ*गडाले सबै चुनौतीहरुलाई सँगै मिलेर सामना गर्न सिकाउँछ । अझै महत्वपूर्ण त तपाईंलाई पार्टनरसँग सम्झौता गर्न र दुईजना बीचमा बलियो सम्बन्ध स्थापना गर्न सघाउँछ ।सुखी दाम्पत्य जीवनको लागि सम्बन्ध दिगो र स्वस्थ हुनुपर्छ । सम्बन्धमा रहन सजिलो कुरा होइन र यदि तपाईं आफ्नो पार्टनरलाई माया गर्नुहुन्छ भने आफ्नो सीमाहरु तय गर्नुपर्छ ।

कहिलेकाहीँ आफूले अपेक्षा गरेजस्तो व्यवहार आफ्नो पार्टनरबाट नपाउँदा क्रोध उत्पन्न हुन सक्छ । र, क्रोधलाई तपाईंले मनभित्रै दबाएर राख्नुभयो भने तपाईंको रीस झनै बढ्दै जान्छ जसले एक अस्वस्थ सम्बन्धतर्फ डोर्याउँछ ।त्यसैले यस्ता समस्यासँग लड्ने सबै भन्दा राम्रो उपाय बहस गर्नु हो । नका*रात्मक भावनाहरुलाई हटाउन र दुवैजनाको भावना र आवश्यकताहरु समान छन् भन्ने बोध गराउन कहिलेकाहीँ विवादले पनि काम गर्छ ।केही अध्ययनहरुका अनुसार सबैभन्दा ठूलो गल्ती पार्टनरहरुले एक-अर्कालाई बेवास्ता गर्नु हो । कहिलेकाहीँ हामीले कुनै कुरा गलत भएको महसुस गर्छौं, तर पार्टनर रिसाउने डरले केही पनि भन्दैनौं ।

तर, यसरी नै कुराकानीमा कमी हुनु नै ब्रेकअप हुने सबैभन्दा ठूलो कारण बन्न सक्छ ।संवेदनशील कुरामा एक-अर्कासँग बहस गर्नाले सम्बन्धलाई राम्रो गर्छ । झगडाले नै तपाईंलाई आफ्नो समस्या*हरुमा केन्दि्रत हुन दिन्छ र समस्या हुन अगाडि नै त्यसलाई समा धान गर्न सघाउँछ । त्यसैले जुन जोडीहरु प्राय झग*डा गर्छन् उनीहरु लामो समयसम्म सँगै रहन्छन् ।केही जोडीहरुले गम्भिर बहस गर्न मनपराउँछन् किनभने त्यसले उनीहरुको हार्मोनको स्तर बढाउँछ ।त्यसैगरी ती मानिसहरुलाई थाहा हुन्छ कि झगडा उनीहरुको उत्साहको संकेत हो ।

यसले एक-अर्काको विचारलाई स्थान दिन र सम्मान गर्न सिकाउँछ । उनीहरुको फरकपनाले सम्बन्धलाई झनै रोमाञ्चक बनाउँछ ।यदि तपाईंहरु धेरै वर्षदेखि सँगै रहनुभएको छ भने पक्कै पनि पार्टनरका केही कुराहरु मन नपर्न सक्छ/न् र त्यो गलत पनि होइन। र चनात्मक द्वन्द्वले तपाईंको सम्बन्धलाई झनै प्रगाढ बनाउँछ ।  पार्टनरले तपाईंले भनेको सबै कुरा मान्ने र उनले भनेको पनि सबै तपाईंले मान्ने हो भने जीवन कति दिक्कलाग्दो हुन्छ होला, सोचेर हेर्नुहोस् त । त्यसैले पार्टनरसँग अर्कोपटक झगडा भयो भने धेरै नआत्तिनुहोस् । बरु आफ्नो असमतिलाई प्रष्टसँग व्यक्त गरेर झगडालाई भविष्यको सम्बन्ध राम्रो बनाउने प्रयास गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *