राष्ट्रपतिलाई भेटेपछि फेरियो प्रचण्डको बोली, – ‘अब एकताको पक्षमा उभिऔं’

काठमाडौं, १८ असार । नेपाल कम्युनिष्ट पार्टीका नेताहरुबीच विग्रिएको सम्बन्धकाबीच विहिवार नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्या देवी भण्डारीलाई भेटेका छन् उनले त्यस अघि प्रधानमन्त्री ओलीलाई पनि भेटेका थिए । प्रधानमन्त्री ओलीले संसद अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने संकेत पाएका प्रचण्ड सितल निवास पुगेका थिए ।

उनले राष्ट्रपतिलाई एक पक्षको मात्र कुरा नसुन्न आग्रह गर्नका लागि सितल निवास पुगेको बताइएको छ । राष्ट्रपतिलाई भेटेपछि प्रचण्डले एकताको पक्षमा आफ्नो अभिब्यक्ति दिएका छन् । पार्टीमा देखिएका विभिन्न घ*टनाक्रमले शुभसंकेत नदेखिए पछि राष्ट्रपति भेट्न पुगेका थिए । उनले सबै सचेत भई पार्टी एकताको पक्षमा उभिनुपर्ने अवस्था आएको बताएका छन् ।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्किएपछि प्रचण्ड नरम देखिएका छन् । उनले स्थायी कमिटी सदस्यलाई एकताको पक्षमा उभिन ब्रिफिङ गरेका हुन्। प्रधानमन्त्री केपी ओलीले चालु संसद आधिवेशन स्थगित गर्ने निर्णय गरेपछि उनी सशं*कित भएका थिए ।

‘संसद अधिवेशन स्थगित भएका बेला दल फुटाउन सहज हुने अध्यायदेशलगायत अन्य कुनै अध्यादेश प्रमाणित नगर्न प्रचण्डले राष्ट्रपतिलाई आग्रह गरेको स्रोतले बताएको छ । राष्ट्रपतिवाट सकारात्मक संकेत पाएपछि प्रचण्डले स्थायी समिति सदस्यहरुलाई त्यस्तो व्रिफिगं गरेका हुन् ।

पार्टीभित्रको घट*नाक्रम सकारात्मक रुपमा अघि नबढेको बताउँदै प्रचण्डले सबैले सकारात्मक भूमिका खेल्नु पर्ने बताएका छन्। नेकपा स्थायी कमिटी बैठकमा सहभागी हुन बालुवाटार पुगेका उनी त्यतैबाट राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका थिए । दिउँसो २ बजेर ३७ मिनेटमा बालुवाटारबाट निस्किएका प्रचण्ड राष्ट्रपतिसँग छलफल गरी ३ बजेर ३४ मिनेटमा मात्रै फर्किएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *