Butwal Sandesh

Best Nepali Online Newspaper

सोच्नै नसकने गरि एकासी ह्वात्तै घट्यो सुनको भाउ

Spread the love

बिहीबार नेपाली बजारमा सुनको मुल्य तोलाको ७ सय रुपैंयाले घटेको छ । बुधबार हालसम्मकै उच्च मूल्य ९१ हजार ७ सय प्रतितोलामा कारोबार भएको थियो। भने आज ७ सय घटेर ९१ हजारमा कारोबार भैरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य घटबढ भइरहेको छ। त्यसको असर नेपालमा पनि देखिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज चाँदीको मूल्य १० रुपैयाँले घटेर ९ सय ५० रुपैयाँमा कायम छ। अघिल्लो दिन चाँदी ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो। केही समयमा नै सुनको मुल्य तोलाको लाख पुग्ने अनुमान गरिएको छ । एक तोलाको सुनको मूल्य ९१ हजार, गहना बनाउन (मेकिङ चार्ज) भनेर त्यसमा पाँच देखि ६ हजार थप जोडिन्छ। यो हिसाबले एक तोला सुनको गहना किन्न करिव ९६ हजार तिर्नुपर्ने हुन्छ।

लकडाउनले गर्दा बजारमा सुन किन्ने भन्दा बेच्ने मानिसहरुको घुँइचो लागेको छ । नयाँ सुन किन्दा आजको मुल्य अनुसार ९१ हजार परेतापनि बेच्दा पनि ज्याला र जर्ती भन्दै १८ देखि २० प्रशितसतसम्म घटाउने गरेको न्यूरोडमा सुन बेच्न पुगेकी एक महिलाले बताइन । पुरानो गहना भन्दै चलेको सुनको मूल्यभन्दा प्रतितोला ५ देखि ८ हजार कम, त्यसमा पनि बनाएको चार्ज कटाइन्छ। अनि जर्तीको मूल्य पनि दिइँदैन।

सुन बिक्री गर्दा कुल लागतको १५ प्रतिशतसम्म नोक्सानी हुने गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यको दाबी छ। ‘सुनका गहनाको प्रकृति हेरि बढीमा कुल लागतको १५ प्रतिशत नोक्सानी बिक्री गर्नेलाई हुन्छ,’ उनले भने, ‘सुन बनाउँदा लाग्ने ज्याला र जर्ती पूरै जान्छ त्यसका अलावा सुन रिफाइनिङ गर्दा लाग्ने लागत १ देखि २ प्रतिशत काटिन्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *