केपी ओलीले प्रधानमन्त्रीका लागि सुवास नेम्वाङलाई अघि सारेपछि प्रचण्ड – माधव त*नाबमा

काठमाडौं। प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीबिरुद्ध पार्टीभित्रै घेराबन्दी सुरु भएपछि नेकपा फुटको संघारमा पुगेको छ। नेताहरु प्रचण्ड, माधब नेपाल, झलनाथ खनाल र बामदेब गौतम प्रधानमन्त्री ओलीलाई जारी स्थायी समिति बैठकमा पार्टी र प्रधानमन्त्रीबाट राजीनामा मागिरहेका छन्।

यतिबेला दुबैपक्षले गुटगत भेलाहरुलाई तिब्रता दिएका छन्। प्रधानमन्त्री ओली राजीनामा दिने पक्षमा छैनन्। बरु ओलीले आफुलाई भारतीय पक्षको आग्रहमा प्रधानमन्त्रीबाट हटाउन चाल थालेको प्रचण्ड–नेपाललाई आरोप लगाइरहेका छन्।

ओलीको राजीनामापछि प्रचण्ड या नेपाल प्रधानमन्त्रीका लागि उभिने छन्। तर, ओलीले आफु हट्नु परे प्रधानमन्त्रीका लागि नेता सुवासचन्द्र नेम्वाङको नाम अघि सारेपछि प्रचण्ड–नेपाल त*नाबमा देखिएका छन्।

ओली चालबाजी गर्न माहिर मानिन्छन्। युवाहरुमा दास्रो पुस्ता खोजिरहेका बेला ओलीले नेम्वाङलाई अघि सारेर नयाँ रणनीतिक सफलता प्राप्त गर्ने बाटो रोजेका छन्। ओलीको सम्भावित कदमले प्रचण्ड–नेपालको सपनामा ठेस लाग्ने अनुमान गरिएको स्रोतले बतायो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *