Butwal Sandesh

Best Nepali Online Newspaper

नायिका साम्राज्ञीले खुलेरै लगाइन भुवनमाथी यौ*न दु*र्व्यवहारको आ*रोप

Spread the love

नेपाली चलचित्र क्षेत्रमा यौ*न दु*र्व्यवहारको आ*रोप लाग्नु नौलो होइन । बेला–बेलामा चर्चित र नाम चलेका कलाकारबीच लाग्ने आ*रोप–प्र*त्यारोपले नेपाली चलचित्र उद्योग अझै सुध्रिएको छैन भन्ने सन्देश दिने गरेको छ ।

युवापुस्ताले निकै रुचाइएकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले नायक भुवन केसीले आफूमाथि यौ*न दु*र्व्यवहार गरेको आ*रोप लगाएपछि नेपाली चलचित्र क्षेत्र पुनः तरंगित भएको छ । नायिका शाहले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै नायक केसीले आफूमाथि दु*र्व्यवहार गरेको आ*रोप लगाएकी हुन् ।

नायक भुवन केसीले भने यो विषयमा कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन् । तर, उनले पनि सामाजिक सञ्जालमै ‘खान नपाएको भन्दै ‘सामाजिक सञ्जालमा रोइ–कराइ गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन् ? जुन थालमा खाने त्यही थालमा दुलो पार्ने’ भन्ने जवाफ दिएका छन् ।

हुन त यौ*न दु*र्व्यवहारको आ*रोप नेपाली चलचित्र क्षेत्रमा मात्र नभइ विश्वभर नै चल्ने गर्दछ । केही समयअघिमात्र सामाजिक सञ्जालमार्फत् फैलिएको यौ*नहिं*साविरुद्धको ‘मिटू’ अभियानले संसारभरका नाम कहलिएका व्यक्तिलाई समस्यामा पारिसकेको छ । मिटू अभियानले नेपालमा पनि विभिन्न चर्चित व्यक्ति वि*वादित भएका छन् ।

केही समयअघि चलचित्र ‘सायद–२’ की नायिका स्यारोन श्रेष्ठले सोही चलचित्रका निर्माता सुनिल रावलले आफूमाथि यौ*न दु*र्व्यवहार गरेको बताएकी थिइन् । उनलाई साथ दिँदै अर्की नायिका प्रकृति श्रेष्ठले पनि निर्माता रावलको नियतमाथि प्रश्न उठाएकी थिइन् ।

तर, पछि नायिका स्यारोन श्रेष्ठ र निर्माता सुनिल रावलबीच सम्झौता भएपछि घ*टना त्यहीँ टुंगियो । त्यसरी नै नायिका लक्ष्मी बर्देवाले पनि एक निर्देशकबाट आफूमाथि यौ*न दु*र्व्यवहारको प्रयास भएको बताएकी थिइन् । तर, सो घट*ना पनि त्यतिमै सेलायो । आफूमाथि भएको दु*र्व्यवहार र अ*न्यायबारे सबैले बोल्ने हो भने पी*डितले न्याय पाउनु सहज हुन्छ ।

सामाजिक सञ्जालमा एक–अर्काप्रति आ*रोप–प्र*त्यारोप गरेर सस्तो लोकप्रियताको पछि नलागीकन जो–कोही पनि प्रमाणसहित कानुनी प्रक्रियामा अघि बढ्नु जरुरी छ । नेपाली चलचित्र क्षेत्रमा स्थापित नायिकाहरुले आफूमाथि यौ*न दु*र्व्यवहार भएको आ*रोप लगाउने तर कानुनी प्रक्रियामा जान नसक्दा दो*षीमाथि कानुनी का*रबाही हुनसकेको छैन । त्यसैले दु*र्व्यवहार एउटा सस्तो प्रचारबाजीमात्र बन्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *