Butwal Sandesh

Best Nepali Online Newspaper

नेकपा स्थायी कमिटीको बैठक एक घण्टा मै चलेर स्थगित

Spread the love

काठमाडौ । नेकपा स्थायी कमिटी बैठक एक घण्टा बसेर स्थगित भएको छ । बैठकमा सहभागी प्रधानमन्त्री केपी शर्मा ओली संसद बैठकमा सहभागी हुनुपर्ने भन्दै बीचमै उठेर हिँडेपछि बैठक स्थगित भएको हो ।

प्रधानमन्त्री संसद बैठकमा जाँदा बैठक स्थगन नगर्न केहि सदस्यले माग गरेपनि महासचिव विष्णु पौडेलले बैठक स्थगित गर्न आग्रह गरेपछि एक घण्टा बसेर बैठक स्थगित भएको हो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक एक घण्टा भएर स्थगित भएको हो ।

बैठकमा सहभागी प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली संसद बैठकमा सहभागी हुन जाने भन्दै बीचमै उठेर हिँडेका थिए ।

आजको प्रतिनिधिसभा बैठकमा सांसद ज्ञानकुमारी छन्त्यालको नि*धनमा शो*क प्रस्ताव पारित गर्ने भन्दै प्रधानमन्त्री ओली स्थायी कमिटी बैठक छाडेर बाहिरिएका थिए । ओली बाहिरिएपछि अन्य केहि नेता पनि बैठकबाट बाहिरिएका थिए ।

प्रधानमन्त्री संसद बैठकमा जाँदा बैठक स्थगन नगर्ने केहि सदस्यले बताएपनि महासचिव विष्णु पौडेलले आजको बैठक स्थगित गर्न आग्रह गरेपछि एक घण्टा बसेर बैठक स्थगित भएको स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *