भारतीय राजदूतलाई देश नि´काला गर्न बाबुराम भट्टराईको माग !

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री फेर्ने ष*ड्यन्त्र गर्ने राजदूतलाई देश नि´काला गर्न माग गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले हालै भारतले आफूलाई हटाउन खोजेको र दूतावास सक्रिय भएको आ*रोप लगाएका सन्दर्भमा डा. भट्टराईले त्यस्तो ष*ड्यन्त्र गरेको भए भारतीय राजदूतलाई किन देश नि´काला नगरेको भन्ने प्रश्न गर्नुभएको हो ।

जनता समाजवादी पार्टीका नेतासमेत रहनुभएका डा. भट्टराईले प्रधानमन्त्री फेर्ने ष*ड्यन्त्र गरेको भए त्यस्तो राजदूतलाई किन देश निकाला नगरेको भन्दै भन्नुभयो, ‘त्यसो हो भने उहाँ के हेरेर बस्नु भएको छ ? राजदूतलाई बोलाएर किन स्पष्टीकरण लिनुहुन्न ? किन तुरुन्तै देश नि´काला गर्न सक्नुहुन्न ?’

नागरिकता विधेयकको वि*रोधमा जसपाले गरेको प्रदर्शनलाई सम्बोधन गर्दै भट्टराईले देश ग*म्भीर समस्यामा रहेको बेला प्रधानमन्त्रीले बेसुरा कुरा गर्दै हिँडेको आ*रोप पनि लगाउनुभयो ।

कहिले पार्टी फुटाउने विधेयक ल्याउने, कहिले हाच्छ्युं गरेर कोरोना उडाइदिनुपर्छ भनेर जग हसाउने प्रधानमन्त्रीले अहिले आफूलाई हटाउन कुनै देशको राजदूतले ष*ड्यन्त्र गरेको बताएको उहाँको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *