Butwal Sandesh

Best Nepali Online Newspaper

काठमाण्डाै उपत्यकामा बसाेबास गर्नेलाई मुटुरो’ग, दम तथा फोक्सोको क्या’न्सर हुने ख’तरा !

Spread the love

काठमाण्डौ उपत्यका बसाेबासका लागि अ’योग्य अवस्थामा पुगेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार हावाको गुणस्तर सूचकाङ्क अक्वा १ सय ४० सम्म मानिस बस्न योग्य हुने भए पनि अहिले रत्नपार्क आसपासमा अक्वा १ सय ६६ रहेको वातावरण विभागले जनाएको छ ।

उपत्यका भरिकै हावाको गुणस्तर सुचङ्का अक्वा औषतमा १ सय ४० भन्दा धेरै रहेको वातावारण विभागका प्रवक्ता ईन्दुविक्रम जोशीले जानकारी दिनुभयो । गाडीको धुवाँसँगै आगो बाल्दा निस्कने धुवाँकाे कारण उपत्यकाकाे प्रदूषण बढेकाे प्रवक्ता जोशीले बताउनुभयो ।

विश्व स्वास्थ्य संगठनले मानिस बस्न हावाको गुणस्तर सुचाङ्क अक्वा १ सय २५ हुनुपर्ने र १ सय ४० सम्म बस्न सकिने तोकेपनि काठमाण्डौको अक्वा १ सय ६६ पुगेको हो ।बढिरहेको प्रदूषणकै कारण तुवाँलो लागेको श्रेष्ठले बताउनुभयो ।

जल तथा मौसम पूर्वानूमान महाशाखाले सतहको हावा तात्नेगरी घाम नलागी वा पानी नपरी तुवाँलो नहट्ने जनाएको छ । प्रदूषित हावाका कारण मानिसमा मुटु रोग, दम तथा खो’की तथा फोक्सोको क्या’न्सर समेत हुने ख’तरा रहने वीर अस्पतालमा कार्यरत छातीरो’ग विशेषज्ञ डाक्टर प्रज्वल श्रेष्ठले बताउनुभयो ।

केही दिनदेखि उपत्यकामा बाक्लो तुवाँलो लागिरहेको छ । बाहिर निस्कदा मास्क प्रयोग गर्न डाक्टरको सुझाव छ । मास्क प्रयोग गर्दा हावाको प्रदूषणबाट हुने जो’खिम केही घटेपनि रोक्नै भने नसकिने भएकोले प्रदुषित हावा भएको ठाउँमा सकेसम्म कम हिँडडुल गर्नु सबैभन्दा राम्रो उपाय भएको डाक्टर श्रेष्ठले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *