Butwal Sandesh

Best Nepali Online Newspaper

कोरोना क*हरको बिच राजधानीमा देखिएको भा*ववि*ह्वल बनाउने यो दृश्य, जसमा बयान गर्ने शब्द कम स्त*ब्ध बनाउने दृश्य बढी छन् (भिडियो सहित)

Spread the love

काठमाडौं । भनिन्छ जीवन सं*र्घषको मैदान हो । संर्घष एउटा लयमा बसेर गर्नेहरुका लागि सहज होला । तर अ*पांग आमा र सानो नानी बिच सडकमा कोरोना कहरको बिचमा राजधानी शहरको भाटभटेनीमा देखिएको यो दृश्य आँफैमा कहाली लाग्दो छ ।

जसमा बयान गर्ने शब्द कम स्तब्ध बनाउने दृश्य बढी छन् । यो दृश्यलाई सफलतापूर्वक कैद गर्न देवेन्द्र महर्जन सफल भएका छन् । भिडियो हेरेपछि जो कोहीका आँखा रसाउँछन् ।

हेर्नुहोस् भिडियो

 

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी स्थायी कमिटीको बैठकमा अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीले आफूलाई भारतले हटाउन लागेको भनेर दिएको अभिव्यक्तिको जवाफ मागेका थिए ।

बैठकमा सहभागी एक नेताका अनुसार प्रचण्डले आफूले प्रधानमन्त्रीको राजीनामा मागेको बताएका थिए । बैठकमा बरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमले पनि प्रधानमन्त्रीले भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन लागेको भनेर दिएको अभिव्यक्तिमा जवाफ मागेका थिए । स्थायी कमिटीको पाँचौं बैठक गत बुधबारदेखि जारी छ । बैठकमा सरकारको कामको समिक्षा भैरहेको छ ।

प्रधानमन्त्री ओलीले असार १४ गते मदन भण्डारीको ६९औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नक्सा जारी गरेवापत भारतले आफूलाई हटाउन खोजेको र त्यसको लागि दूतावासका मान्छेहरुले होटलहरुमा बैठक गरिरहेको आ*रोप लगाएका थिए । त्यतिमात्रै होईन, उनले उक्त मिटिङमा पार्टीकै नेता सक्रिय भएको दाबी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *