Butwal Sandesh

Best Nepali Online Newspaper

अमेरिकाबाट नेपालीलाई तीनगुणा भाडा लिएर पनि खानामा चिसो स्याण्डवीच मात्रै दिदै तातोपानी समेत दिएन ट*र्किस एयरले..!

Spread the love

गत हप्ता मंगलबार २७८ जना नेपालीहरु लिएर न्युयोर्कबाट काठमाडौं गएको टर्किस एयरलाइन्सको विमानमा आफूहरुलाई तातोपानी समेत खान नदिइएको यात्रुहरुले गु*नासो गरेका छन् । नियमित भन्दा झण्डै तीनगुणा बढी भाडा लिएको विमानमा कैयन यात्रुहरुले भोकै यात्रा गरेका थिए । उक्त विमानमा टिकटदर १५३७ डलर तोकिएको थियो । टर्किस एयरलाइन्समार्फत नेपाल पुगेका नेपालीहरुले एयरलाइन्सको भ*द्रगोल अवस्थाबारे सामाजिक सञ्जालमार्फत गु*नासो गरेका हुन् । टर्किस एयरलाइन्समार्फत दुईवटा टिकटको ३ हजार डलरभन्दा बढी तिरेर नेपाल गएका निराकार उप्रेतीले विमानभित्रको अवस्था अत्यन्तै ड*रलाग्दो भएका बताएका छन् ।

हरेक सिटमा यात्रुलाई राखिएको, सामाजिक दुरीका कुनै मापदण्ड पालना नगरिएको, तातोपानी र चिया कफी समेत नदिइएको, एकदमै ख*राब चिसा स्याण्डवीचहरु खान दिइएको उप्रेतीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । उनले भनेका छन् -‘जहाजमा कैयन बृद्धबृद्धाहरु हुनुहुन्थ्यो, जब उहाँहरुलाई चिसा स्याण्डवीच खान दिइएको थियो, उहाँहरु निकै दु*खी देखिनुभएको थियो ।’

प्रथम श्रेणीको टिकट लिएकाहरुलाई समेत सोही व्यवस्था गरिएको र चिसो स्याण्डवीचमात्र दिने सहमति रहेकाले त्यही उपलब्ध गराइएको आफूहरुलाई जानकारी दिइएको उप्रेतीले जनाएका छन् । चिसो स्याण्डवीच खान नसक्दा कैयन यात्रुहरु अमेरिकाबाट नेपाल पुग्दासमेत भोकै रहेको जनाइएको छ ।

अन्तिम समयमा नेपाल फर्कन चाहने नेपालीहरु कम

कोरोनाको म*हामारीका कारण अमेरिकामा रोकिएका झण्डै १२ सय नेपालीहरुले नेपाल फर्कनका लागि आवेदन दिएपनि अन्तिम समयमा नेपाल फर्कन चाहनेहरुको संख्या निकै कम देखिएको थियो । नेपाल फर्कन इच्छा व्यक्त गरेर फर्म भरेकाहरुमध्ये ५० प्रतिशतभन्दा बढी नेपाल फर्कन अनिच्छुक देखिएपछि अमेरिकाबाट नेपालीहरुलाई नेपाल लैजान ४ वटा उडान तय गरेका एयरलाइन्सले घटाएर दुईउडान मात्र गरेका थिए ।

कतिपयले नेपाल जाने भाडा दोब्बरभन्दा पनि बढी भएको भन्दै तत्काल नेपाल फर्कन अनिच्छा व्यक्त गरेका थिए । त्यस्तै नेपालमा पछिल्लो समयमा कोरोना सं*क्रमितको संख्या बढ्दै गएका कारण पनि कतिपयले तत्काल नेपाल फर्कन अनिच्छा व्यक्त गरेका थिए । नेपाल फर्केपछि क्वारेन्टीनमा कहाँ बस्ने भन्नेबारे समेत अन्यौल उत्पन्न भएका कारण धेरैले तत्काल नेपाल फर्कने योजना परिवर्तन गरे ।

अमेरिकामा रोकिएका नेपालीहरुलाई नेपाल फर्काउने पहलका लागि ढिलो भएकाले कतिपयले अमेरिकी सरकारलाई शुल्क तिरेर भिसा थपका लागि आवेदन दिइसकेका छन् । त्यसैले भिसा थपका लागि शुल्क तिरेर आवेदन दिइसकेको अवस्थामा नेपाल फर्कन हतार नभएकाहरुले आफ्नो योजना परिवर्तन गरेको बताए । कतिपयले कोरोना टेस्टको प्रमाणपत्र ल्याउन झन्झटिलो भएका कारण नेपाल जाने योजना बदलेका छन् ।

टिकट नविकेपछि कम यात्रु बोकेर गए एयरलाइन्स

कोरोनाको म*हामारीका कारण अमेरिकामा रोकिएका २४१ जना नेपालीहरुलाई लिएर विहिबार कतार एयरवेजको विमान टेक्सासबाट नेपालका लागि प्रस्थान गरेको छ । अमेरिकामा रोकिएका नेपालीहरुलाई नेपाल लैजान कतार एयरवेजको दुई उडानको तयारी गरेको थियो । तर प्रयाप्त टिकट नविकेपछि जुन २३ मा वासिंटन डिसीबाट गर्ने भनिएको उडान रद्द गरिएको थियो । सामान्य अवस्थामा ८ सय डलरमा अमेरिकाबाट नेपालको दुईतर्फी हवाई टिकट नै उपलब्ध हुने भएपनि कतार एयरवेजले अमेरिकाबाट नेपालका लागि भाडादर १६ सय तय गरेको थियो ।

टर्किस एयरलाइन्सले पनि दुई उडानको तयारी गरेकोमा टिकट नबिकेपछि जुन २५ मा शिकागोबाट हुने भनिएको उडान रद्द गरिएको थियो । जुन २३ मा न्युयोर्कबाट २७८ जना नेपालीहरु लिएर टर्किस एयरलाइन्सको विमान नेपाल गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *