Butwal Sandesh

Best Nepali Online Newspaper

दैनिक लसुन सेवनले बढ्छ रो’गविरुद्ध लड्ने प्रतिरोध क्षमता

Spread the love

लसुन परापूर्वकालदेखि औषधी र मसलाका रूपमा प्रयोग हुँदै आएको छ। यसको पोटी जमिनमुनि फलेको हुन्छ। यसको पातलाई मसलाका रूपमा प्रयोग गर्न सकिन्छ। लसुनमा ‘एन्टिअक्सिडेन्ट’ पाइने हुनाले यो निकै लाभदायक मानिन्छ। लसुन सेवन गर्दा भिटामिन ए, बी, सी, आयोडिन, पोटासियम, क्याल्सियम तथा म्याग्नेसियमजस्ता खनिज तत्व शरीरलाई प्राप्त हुन्छ।

दैनिक लसुन सेवन गर्दा हुने फाइदा यस्ता छन्ः

-कोलेस्टेरोल भएका मानिसको लागि लसुन सेवन उपयुक्त हुन्छ। यसको दिनहुँ सेवनले १२ प्रतिशत कोलेस्टेरोल कम हुन्छ।
-लसुन सेवनले नसाभित्र रगत जम्ने तथा रगत बाक्लो हुने हुँदैन। यस्तो समस्या भएका व्यक्तिलाई लसुनले फाइदा गर्दछ। यसले रगत पातलो बनाउनुका साथै रक्त प्रवाहमा मद्दत गर्छ।

कसैको अत्यधिक दाँत दुख्ने समस्या छ भने लसुन पिसेर दुखेको ठाउँका लगाउँदा दुखाइ कम हुन्छ। यसमा पाइने एन्टी ब्याक्टेरियल तत्वले दुखाइ कम गर्छ।
यसलाई घरायसी औषधीका रूपमा निकै प्रयोग गरिन्छ। अझ भन्नुपर्दा लसुनलाई आयुर्वेदमा जवान बनाइराख्ने गुण भएको चीजका रूपमा लिइन्छ। जोर्नी दुखाइ कम गर्ने यसले मद्दत गर्छ।

दम रोगीका लागी लसुनले औषधीको काम गर्छ। दैनिक ३० मिलिलिटर दूधमा पाँच पोटी लसुन उमालेर खाँदा दमको सुरुवाती अवस्थाका बिरामीलाई निकै फाइदा हुन्छ। अदुवा मिसाएको चियामा लसुनका पोटी मिसाएर खाएमा दमका रोगीलाई फाइदा हुन्छ। क्षयरोगीलाई लसुनले निकै फाइदा गर्दछ। यसमा एन्टिबायोटिक तत्व हुन्छ। यसले क्षयरोगका कीटाणु नष्ट गर्दछ।

लसुनको केही केस्रा सस्र्युको तेलमा पकाई उक्त मिश्रणले शरीरमा दुखेको भागमा मालिस गर्दा दुखाइ कम हुन्छ। लसुनमा पाइने भिटामिन ‘सी’ ले ‘स्कर्भी’ रोगबाट बचाउँछ। यदि तपाईँलाई खोकी, जोर्नीको दुखाइ, शरीरको भाग सुनिने समस्या छ भने लसुन लाभदायी हुन्छ। चिसोका कारण अपच भएर पेट ढाडिएको छ भने लसुन पोलेर खानुपर्दछ, यसले चिसो र अपच हटाइदिन्छ। यदि शरीरमा दाद आएको छ भने घ्यूकुमारी र लसुन पिसेर लगाउँदा ठिक हुन्छ। यदि कसैको अत्यधिक दाँत दुख्ने समस्या छ भने लसुन पिसेर दुखेको ठाउँका लगाउँदा दुखाइ कम हुन्छ। यसमा पाइने एन्टी ब्याक्टेरियल तत्वले दुखाइ कम गर्छ।

सावधानी

लसुन विभिन्न औषधीका लागी प्रयोग भए पनि यसको सही उपयोग नहुँदा विभिन्न समस्या आउन सक्छ। यसको सेवनले पेट सुन्निने, पेट फुल्ने वा पोल्ने, ग्यास्ट्रिक हुने, सास गनाउनेलगायत समस्या हुन सक्छ।लसुनले रगत पातलो बनाउने हुँदा रगत पातलो बनाउने औषधी प्रयोग गरिरहेका व्यक्तिले भने यसको सेवन गर्नुअघि चिकित्सकको परामर्श लिनुपर्दछ।
प्रस्तुतिः पवित्रा खड्का-nepalnews

Leave a Reply

Your email address will not be published. Required fields are marked *