Butwal Sandesh

Best Nepali Online Newspaper

पाकिस्तान नेपाललाइ रा’तो आँखा दे’खाउने भारत, ची’नको अगाडी किन सधैं ड*राउँछ………? हेर्नुहोस यस्तो छ खास कारण

Spread the love

नेपालका दुई छिमेकी भारत र चीनबीच लद्दाख मामिलामा वि’वाद उत्कर्षमा पुगेको छ । नेपालसँगकाे सिमानामा जस्तै भारतले चीनसँगको सीमा क्षेत्रमा पनि वि’वादित ठाउँमा सडक निर्माण गरेपछि वि’वादले उ’ग्र रूप लिएको हाे र याे हिं’सात्मक झ’डपमा परिणत भइसकेको छ । लद्दाखस्थित गलवान घाटीमा हालै भएको झ’डपमा भारतीय २० सेना मा’रिएका थिए भने ५ चिनियाँ सैनिक मा’रिएको बताइएको छ । त्यसपछि सहमतिका लागि वार्ताहरू भइरहे पनि चीनले अहिले सीमामा आफ्नो फौज लगातार बढाइरहेको छ ।

लद्दाखमा भएको झ’डपपछि भारत र चीनबीच सैन्य तहमा वार्ता पनि भएको थियो । भारतका तर्फबाट लेफ्टिनेन्ट जर्नेल हरिन्दर सिंह र चीनका तर्फबाट दक्षिण सिनज्याङ सैनिक विभागका कमान्डर मेजर जर्नेल लिउ लिनको नेतृत्वमा भएको वर्तामा दुवै देशका तर्फबाट ११/११ जना सैनिक अधिकारी सहभागी थिए । वार्तामा दुवै पक्षले शान्तिपूर्ण रूपमा वि’वाद समाधानका लागि विभिन्न प्रस्ताव पेस गरेका थिए । यद्यपि वार्तामा ठोस प्रगति भने केही भएन । यसअघि दुवै देशका सैनिक अधिकारीहरुबीच १५ चरणमा वार्ता भएको थियो । ती वार्तामा पनि ठोस नतिजा ननिस्केपछि माथिल्लो तहमा वार्ता भएको थियो । तर माथिल्लो तहको वार्ताले पनि ठोस नतिजा भने निकाल्न सकेन ।

१९९३ देखि दुवै देशका बीचमा सीमामा शान्ति कायम गर्ने सम्झौताको पालना हुँदै आएको थियो। तर पछिल्ला दुई यो त’नाव वृद्धि भएको थियो । अहिलेसम्म यसको कुनै समाधान निस्केको छैन । योभन्दा अघि सन् १९७५ मा दुई देशका बीचमा दो’होरो भि’डन्त भएको थियो ।

तिब्बती लडा’कुलाई भर्ना

चीनले आफ्ना लडाकुलाई सैनिक तालिम दिनका लागि तिब्बती लडा’कुलाई पनि भर्ना खोलेको छ । तिब्बती लडा’कुहरू परम्परागत यु’द्धमा माहिर हुन्छन् । उनीहरू लट्ठी, भा’ला, ड’न्डा तथा र’डले यु’द्ध गर्न सिपालु मानिन्छन् । यही माध्यमबाट चीनले अब भारतसँग सीमा-यु’द्ध गर्ने तयारी गरिरहेको बताइन्छ । पिपुल्स डेलीको रिपोर्टअनुसार तिब्बतको पठार इलाकामा बसोबास गर्ने यी ल’डाकुले चिनियाँ सैनिकलाई विभिन्न ह’तियारले यु’द्ध गर्नका लागि तालिम पनि दिइरहेका छन् ।

भारतले पनि गोरखा सैनिक बोलायो

लद्दाखमा भारत र चीनबीच सिर्जित त’नाव गम्भीर बन्दै जाँदा भारतीय सेनामा कार्यरत गोर्खा सैनिकहरु छुट्टीबाट धमाधम ड्युटीमा फर्कन लागेका छन् । लद्दाखमा सिर्जना भएको त’नावले यु’द्धको संकेत गरेपछि नेपालमा छुट्टी मनाइरहेका गोर्खा सैनिकलाई भारत फिर्ता बोलाइएको हो । कोरोना सं’क्रमण बढ्नुअघि भारतीय सेनामा कार्यरत गोर्खा सैनिकहरु बिदामा स्वदेश फर्किएको भए पनि चीनसँगको वि’वाद चुलिएपछि सैनिकहरूलाई काममा फर्कन आदेश दिएको थियो । भारतको गोर्खा रेजिमेन्टमा करिब डेढ लाखको हाराहारीमा नेपाली कार्यरत छन् । यो रेजिमेन्ट अन्तर्गत कार्यरत अधिकांश नेपालीहरु भारतले पाकिस्तान तथा चीनसँगका आफ्ना वि’वादित सीमा क्षेत्रहरुमा राख्दै आएको छ । सन् १९४७ पछिको स्वतन्त्र भारतले बेलायतबाट ६ रेजिमेन्ट पाएदेखि नै नेपालीहरू भारतीय सेनामा कार्यरत छन् ।

कहिले-कहिले भयो झ’डप ?

दुई देश बीचमा सबैभन्दा ठूलो झ’डप सन् १९६२ मा भएको थियो । यो झ’डप यु’द्धमा परिणत भएकाे थियाे । उक्त यु’द्धमा चीनले भारतलाई हराउन सफल भएको थियो । त्यसपछि १९६७ मा फेरि भारत र चीनका झ’डप भएकाे थियाे । त्यसबेला चिनिया पक्षले पनि धेरै नो’क्सान व्यहोरेको थियो । कयौं बं’कर भारतीय आ’क्रम’णका कारण ध्व’स्त भएका थिए । अक्टुबर १९६७ मा नाथुलामा भएको घ’टनामा ८० भारतीय सैनिकले ज्या’न गु’माएका थिए भने चिनिया पक्षमा ३०० देखि ४०० सैनिकले ज्या’न गु’माएको दाबी भारतीय पक्षले गरेकाे थियाे ।

१९७५ मा फेरि भारत चीनका बीचमा वि’वाद भयो । अरुणाञ्चल प्रदेशको तुलुंगलामा असम राइफल्सको जवानको पेट्रोलिङ टिमाथि चीनले ह’मला गरेको भारतले आ’रोप लगाएकाे थियाे भने चीनले भारतीय सेनाले सीमा पार गरेको दाबी गरेको थियो । यो घ’टनामा चार भारतीय सैनिकले ज्या’न गु’माएका थिए । त्यसपछि भारतीय र चिनियाँ सेनाबीच सीमामा बेलाबेला झ’डप हुँदै आए पनि सैनिकले एक-अर्काको ज्या’न लिएका थिएनन् । अहिले २०२० मा आएर यो वि’वाद हिं’स्रक हुनुका साथै भारतीय पक्षले १५ जुनका दिन भएको भि’डन्तमा २० जवान गु’माएको छ।

किन हुन्छन् झ’डप ?

वास्तवमा भारत र चीनबीच अहिलेसम्म सीमांकन भएको छैन । यथास्थिति निर्माणका लागि लाइन अफ एक्चुअल कन्ट्रोल अर्थात् ‘एलएसी’ निर्धारण गरिएको छ । तर गलवानसमेत यस्ता १५ बिन्दु छन् जहाँ एलएसीको विषयमा सहमति भएको छैन । यी वि’वादित इलाकामा दुवै देशका सैनिक पेट्रोलिङ गर्छन् र यो पेट्रोलिङका निश्चित प्रोटोकल छन् । सैन्य जानकारका अनुसार थुप्रै पटक गस्ती दल एकै समयमा पेट्रोलिङका लागि आउने गर्छन् । यस्तोमा प्रोटोकलको आधारमा एक पक्षले अर्को पक्षको गस्ती टोली देखे र दोस्रो पक्षले पहिलेको टोलीलाई देखे, त्यही रोकिनुपर्छ ।

केही बोल्न पाइँदैन, ब्यानर मात्रै उठाइन्छ । चीनको ब्यानरमा लेखिएको हुन्छ, ‘तपाईं चीनको इलाकामा हुनुहुन्छ, फिर्ता जानुहोस् ।’ भारतका सैनिकको ब्यानरमा लेखिएको हुन्छ, ‘तपाईं भारतको इलाकामा हुनुहुन्छ, फिर्ता जानुहोस् ।’ ब्यानर देखाउँदा पनि थुप्रै पटक दुबै पक्षका सैनिक पछि हट्दैनन् । दुबैले एक अर्कालाई ‘यो मेरो इलाका हो, तपाईं जानुहोस्’ भन्छन् । यस्तोमा ध’क्का–मु’क्का सुरु हुने गर्छ । भारतको ब्यानरमा चिनियाँ र अंग्रेजी भाषामा उक्त सन्देश लेखिएको हुन्छ र चीनको ब्यानरमा हिन्दी र अंग्रेजीमा सन्देश लेखिएको हुन्छ । गस्ती गर्ने समूहसँग ह’तियार पनि हुन्छन् तर उनीहरुले एक–अर्कावि’रुद्ध त्यो प्रयोग गर्न सक्दैनन् ।

किन गो’लीबारी हुँदैन ?

पटक–पटक त’नाव उत्पन्न भए पनि ४ दशकयता भारत–चीन सीमा क्षेत्रमा गो’ली चलेको छैन । प्रायजसो दुवै पक्षका सैनिक ‘छोएर त देखा’ भन्ने मनोद’शामा हुन्छन् । मु’क्कामु’क्की र ढुंगा हा’नाहान चाहिँ भइरहन्छ । केही घ’टनाको भिडियो पनि सार्वजनिक भएको छ जसमा सैनिकले ध’क्का मु’क्का गर्दै गा’ली ग’लौज गरिरहेको पनि देख्न सकिन्छ । दुई सेनाबीच गो’लीबारी नहुनुको एउटै कारण भनेको सन् १९९३ मा भएको सम्झैता हो । सन् १९९३ मा तत्कालीन प्रधानमन्त्री पीवी नरसिम्हा रावले चीनको यात्राका बेला गरेका थिए ।

सन् १९९१ मा तत्कालीन चिनियाँ प्रधानमन्त्री ली पेंग भारत भ्रमणमा गएका थिए । त्यतिबेला तत्कालीन प्रधानमन्त्री पीवी नरसिम्हा रावले लीसँग एलएसी शान्ति र स्थिरताका लागि कुराकानी गरेका थिए । त्यसपछि प्रधानमन्त्री नरसिम्हा राव सन् १९९३ मा चीन भ्रमणमा गएका थिए । त्यति नै बेला दुई देशबीच एलएसीमा शान्ति स्थायित्वका लागि सम्झौता गरियो । सम्झौता अनुसार ९ बुँदामा सहमति बन्यो । यीमध्ये आठवटालाई अत्यधिक महत्वपूर्ण मानिएको थियो ।

यो सम्झौताको मुख्य उद्देश्य भारत–चीन सीमा वि’वादलाई शान्तिपूर्ण तरिकाले हल गर्ने कुरामा जोड दिइएको छ । सन् १९९६ को सम्झौतामा उल्लेख भएअनुसार दुवै देशलाई वास्तविक नियन्त्रणको रेखा (एलएसी)मा ह’तियार प्रयोग गर्न निषेध गरिएको छ । उक्त सम्झैता अनुसार दोस्रो पक्षवि’रुद्ध बल वा सेना र हा’तहतियार प्रयोगको ध’म्की दिन पाइँदैन । सम्झौता अनुसार दुई पक्षले विश्वास स्थापित गर्नका लागि वास्तविक नियन्त्रण रेखाको इलाकामा काम गर्नेछन् । सहमतिपश्चात् पहिचान गरिएका क्षेत्रमा कुनै पनि पक्षले सै’न्य अभ्यासको काम गर्ने छैनन् । हरेक पक्षले सम्झौता अनुसार वास्तविक नियन्त्रण रेखा नजिकै छुट्टा–छुट्टै सैन्य अभ्यासको पूर्व जानकारी दिनेछन् ।

चीन कति शक्तिशाली ?

विश्वमै सबै भन्दा बढी जनसंख्या भएको देश चीन हो । ग्लोबल फायर पावरको अनुसार सैन्य क्षमताका हिसाबले चीन तेस्रो नम्बरमा परेको छ । पहिलाे नम्बरमा अमेरिका पर्छ भने दाेस्राे नम्बर रूस पर्दछ । १ अर्ब ३८ करोड ४६ लाख भन्दा बढी जनसंख्या भएको चीनमा २६ लाख ९३ हजार सेना छन् । चीनसँग भएको ३ हजार २ सय १० वटा अत्याधुनिक विमानमध्ये १२ सय ३२ वटा यु’द्धविमान छन् । ३ सय ७१ वटा जहाज छन् । चीनले ३७२ आ’क्रमण गरेको छ भने १११ विषेश लक्ष्य लिएको छ । ९ सय ११ वटा हेलिकोप्टरमध्ये २ सय ८१ वटा यु’द्ध गर्ने हेलि’कोप्टर छन् । चीनसँग यु’द्धको लागि प्रयोग गरिने यतायात २२४, प्रशिक्षाक ३१४, क’म्ब्याट ट्यां’क ३५००, सैनिक बोक्ने गाडी र ट्रक ३३०००, आफै चल्ने तो’प ३८००, अन्य तो’प ३६००, रकेट प्रोजेक्टर २६५० रहेका छन् । चीनले २ सय ३७ बिलियन अमेरिकी डलर सेनाका लागि छुट्याउने गरको छ ।

भारत कति शक्तिशाली ?

भारत विश्वकाे दोस्रो बढी जनसंख्या भएको मुलुक हो । संसारका विकसित देशहरूको दाँजोमा भारत निकै पछाडि भए पनि सैन्य शक्तिमा चौथो नम्बरमा पर्छ । १ अर्ब २९ करोड ८३ हजार भन्दा बढी जनसंख्या भएको भारतमा ३५ लाख ४४ हजार सैनिक छन् । ग्लोबल फायर पावरकाे अनुसारभारतसँग ४ हजार १ सय २३ वटा अत्या’धुनिक विमान छन् । त्यसमध्ये ५३८ वटा यु’द्धवि’मान छन् । १७२ आ’क्रमण गरेको छ भने विषेश लक्ष्य ७७ वटा लिएको छ । भारतसँग यु’द्धमा प्रयोग गरिने यातायात २५०, प्रशिक्षाक ३५९ रहेका छन् । ७२२ वटा हेलिकोप्टरमध्ये २३ वटा यु’द्ध गर्ने हेलिकोप्टर छन् । त्यस्तै ८६८६ वटा सैनिक गाडी, २३५ वटा आफै चल्ने तो’प, ४०६० वटा अन्य तो’प र २६६ वटा रकेट प्रोजेक्टर २६६ रहेको छ । भारतले ६१ बिलियन अमेरिकी डलर सेनाका लागि खर्चिन्छ ।

यु’द्धकाे सम्भावना कति ?

सीमा क्षेत्रमा आफ्नो सामरिक शक्ति र अन्य पूर्वाधार बढाइरहे पनि अहिले पनि एक-अर्काविरुद्ध आ’क्रमण गर्ने वा ल’डाइँ ल’ड्ने मुडमा दुवै देश छैनन् । सीमा क्षेत्रमा आफ्नो शक्ति बढाइरहनुको उद्देश्य भनेको एक-अर्कालाई तर्साउने मात्र हो । सीमा वि’वादलाई लिएर सन् १९६२ को यु’द्धमा लज्जास्पद हारेको भारतको भित्री आत्मबल कमजोर भएतापनि बाहिरी रुपमा भने कम्जोर नदेखाउनको लागि चर्को कुरा गरिरहेको छ । अहिले पनि भारतको तुलनामा चीनको सामरिक शक्ति निकै ठूलो छ । आर्थिकरुपमा पनि भारतभन्दा चीन धेरै बलियो छ ।

भारतिय मिडियाले नेपालकाे वा पाकिस्तानकाे सैनिक शक्तिसँग उत्साहका साथ भारतको तुलना गर्ने गरेका छन् तर चीनसँग भने तुलना गर्दैनन् । किनकि यसमा स्पष्ट भारत तल पर्छ । यता, चीन पनि यु’द्ध गर्ने पक्षमा देखिन्दैनन् । भारतीय नेताहरूले जस्ताे चीनका नेताहरु भारतविरुद्ध क’डा अभिव्यक्ति दिएका छैनन्, न मिडिया उ’ग्र राष्ट्रवाद देखाएका छन् । बरू चिनियाँ मिडियाले उल्टै भारतकाे प्रशंसा गरिरहेका छन् । चिनियाँ मिडियामा सीमा वि’वादले खासै ठूलो प्राथमिकता पाएको पनि छैन ।

यु’द्ध’काे लागि धेरै अर्थ खर्च हुने हुनाले पनि चिन यु’द्ध’काे पक्षमा छैन । अहिलेसम्म समृद्धि र अर्थतन्त्रमा अमेरिकाले प्रभुत्व गर्दै आएको कायमलाई तो’ड्नकाे लागि चीन लागिपरेको छ । अमेरिका र चीनकाे अर्थतन्त्रलाई हेर्ने हाे भने पनि करिब ७ ट्रिलियन अमेरिकी डलरकाे मात्रै फरक देखिन्छ । अमेरिकाको कु’ल ग्राहस्थ उत्पादन (जीडीपी) २१.४३९ ट्रिलियन अमेरिकी डलर छ भने चीनको जीडीपी १४.१४ ट्रिलियन अमेरिकी डलर छ । काेराेनाका कारण अमेरिकाकाे अर्थतन्त्रमा ब्रेक लागेको बेला चीनको अर्थतन्त्र भने विस्तारै उकासिँदै आएको छ । काेराेनाकाे मौकाछाेपि अमेरिकाको कायमलाई तो’ड्न लागि परेकाे चीन धेरै खर्च गर्ने पक्षामा छैनन् । अहिले त चीनले कोरोनाविरुद्ध व्यापार गरेर आफ्नाे अर्थतन्त्र झनै मजबुत बनाउँदै गइरहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *