‘एक तिहाइ दर्शकको भरमा चार करोडको फिल्म रिलिज गर्न सकिँदैन’ : सन्तोष सेन
काठमाडौं । गत ८ चैतबाट नेपालका सिनेमा घरहरू कोरोना सं*क्रमणका कारण बन्द भएपछि दर्शकले नयाँ सिनेमा हलमा हेर्न नपाएको तीन महिना नाघ्यो । सिनेमा हल कहिले खुल्छ भन्ने टुंगो छैन । निर्माण भएर पनि कोरोना सं*क्रमणका कारण रिलिज हुन नसकेका नेपाली चलचित्रका निर्माताहरू अहिले मारमा छन् । नेपाली चलचित्र वृत्तमै अहिलेसम्मको महँगा लागत भनेर दाबी गरिएको चलचित्र प्रेमगीत–३ पनि लकडाउनकै कारण गत २८ चैतमा रिलिज हुन सकेन । जसका कारण आफ्नो ४ करोडभन्दा बढी लागत यो चलचित्रमा स्थिर भएको यसका निर्माता निर्देशक सन्तोष सेनले बताएका छन् ।
बुधबार राजधानीसँगको कुराकानीमा उनले भने, ‘एउटा अन्तर्राष्ट्रियस्तरको नेपाली चलचित्र निर्माण गर्ने लक्ष्यसहित सेट बनाएर १ सय २० दिन छायांकन गरेर चलचित्र प्रेमगीत–३ को काम अघि बढाएको थियो । तर, कोरोना भाइरसको एक्कासि म*हामारीसँगै मुलुकमा लकडाउन सुरु भएपछि अन्योलमा परेको छु ।’ अहिलेसम्मको लागतबारे उनले भने, ‘यो चलचित्रको छायांकन सकेर ल्याबको काम सुरु गर्दै गर्दा ४ करोड रुपैयाँ खर्च भइरहेको छ । अझै पब्लिसिटीलगायतमा ५० लाख भन्दामाथि खर्च लाग्ने भएकाले यसको बजेट ४ करोड ५० लाख रुपैयाँ पुग्ने पक्का छ ।’
यो फिल्मको लागत ४ करोडको ऋणबारेको जिज्ञासामा उनले भने, ‘बैंकबाट ऋण त लिएको हैन तर आफन्तहरूको पैसा चलाएका कारण टे*न्सन छ । यदि यो ४ करोड अन्यत्र लगाएको भए आम्दानी भइसक्थ्यो ।’ अब चलचित्रमा अझै यो पैसा करिब एक वर्षसम्म फस्ने र रिलिजपछि के हुन्छ, त्यो भन्न नसक्ने पनि उनले बताए ।
निर्माणसम्पन्न भएर पनि रिलिज हुन नसकेका निर्माता साथीहरूसँगै आफूले चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाललाई भेटेर गरेको छलफलबारे निर्माता निर्देशक सन्तोष सेनले भने, ‘दुईवटा सिट छाडेर हलमा अहिलेको कुल सिटको एक तिहाइमा दर्शक राखेर फिल्म हल चलाउने पक्षमा चलचित्र विकास बोर्ड र हल सञ्चालकहरू पुग्नुभएको रहेछ ।
त्यसरी एक तिहाइ दर्शक आएर अहिलेको अवस्थामा लगानी नउठ्ने र त्यसका लागि बोर्डले नै आफूहरूलाई विशेष राहतको आर्थिक सहुलियत प्याकेज दिनुपर्ने माग हामीले गरेका छौं ।’ राम्रा ब्यानरका र व्यावसायिक आशा गरिएका केही सिनेमालाई कोरोना साम्य भएपछि प्रचारप्रसारको पैसा सहुलियत दिएर रिलिज गराउनुपर्ने प्रस्ताव आफूहरूले राखेका पनि उनले बताए । यस्तै बैंकबाट ऋण लिएर फिल्म बनाएका निर्माताहरूलाई बैंकको ऋणको ब्याजमा सहुलितयसँगै चलचित्र विकास बोर्डले सघाउनुपर्ने माग आफूहरूको रहेको पनि निर्माता निर्देशक सेनको कथन छ ।
नेपाली चलचित्र उद्योगमा ना*तावाद, कृ*पावाद र गु*टबन्दीबारे केही दिनयता बहस चलिरहेको छ । निर्माता निर्देशक सन्तोष सेनलाई पनि गु*टबन्दीको आ*रोप नलागेको हैन । प्रदीप खड्का, सन्तोष सेनलगायतको एउटा गुट रहेको र प्रदीपलाई सन्तोषको फिल्ममा मात्र खेलाउने गरेको भन्ने आ*रोपबारे निर्देशक सन्तोषले भने, ‘प्रेमगीतमा प्रदीप नायक थिए र प्रेमगीतको फ्रेन्चाइजका रूपमा आएका प्रेमगीत–२ र प्रेमगीत–३ मा उनी नायक हुनु स्वाभाविकै हो ।
प्रेमगीतमा उनी प्रेमको रूपमा प्रस्तुत हुँदै आएकाले तीनवटै शृंखलामा प्रदीपलाई प्रेमको रूपमा उतारिएको हो ।’ त्यसैले यसलाई गु्रपिज्म नभनेर कथाको मागको रूपमा हेर्न पनि निर्देशक सन्तोष सेनले अनुरोध गरेका छन् । सन्तोषको बुझाइमा बलिउडमा जस्तो नेपाली चलचित्र उद्योगमा समूहवाद र नातावाद छैन । यहाँ सानातिना समूह भए पनि अहिलेनै डराउनु र हतोत्साहित हुनुपर्ने समूहवाद नेपाली चलचित्र उद्योगमा नदेखिएको पनि जिकिर गरे । नातावादको प्रेभाव नेपाली चलचित्र उद्योगमा निकै कम रहेको उनको कथन छ । एक दुई कलाकारमा नातावाद देखिए पनि बहुसंख्यक कलाकारहरू नातावादभन्दा परका रहेको पनि उनले बताए । – राजधानी दैनिक बाट ।