Butwal Sandesh

Best Nepali Online Newspaper

कोरोना भाइरसबाट बच्‍न नेपालले के कस्ता सा’वधानी र रोकथामका उपाय अपनाउनु पर्छ – पढ्नुहोस डा. रबिन्द्र पाण्डेको सुझाव

Spread the love

कोरोना भाइरसलाई लिएर मान्छेमा त्रा’स उत्पन्न हुनुमा पनि यी दुई कुराकै मुख्य भूमिका छ। कोरोना भाइरसको अहिलेसम्म पनि एन्टिभाइरल औषधि पत्ता लागेको छैन। अहिलेको ग्लोबल दुनियाँमा हामी अलि बढी ‘भर्चुअल त्रास’को कारण पनि डराइरहेका छौं। मौसम परिवर्तनको समयमा रुघाखोकी लाग्नु स्वाभाविक कुरा हो। तर, अहिले कोरोनाको प्रकोपका कारण पनि मान्छेलाई सामान्य रुघाखोकी लाग्दा ‘कोरोना लाग्यो’ कि भन्दै डराउने स्थिति आइसकेको छ। यसमा मिडिया, आम सञ्चारसँगै सामाजिक सञ्जालमा प्रवाह भइरहेका कुराको पनि हात छ। *सामाजिक सञ्जाल, अनलाइन पत्रिका, युट्युबलगायत विभिन्न माध्यमले कोरोना भाइरसबारे ‘भ्रम’ फैलाइएको छ। अहिलेसम्म जति कोरोना भाइरसका बिरामी भए, त्यसमा मृ त्यु भएका ३२ सयमात्रै हुन्। बाँकी ९२ हजार जना निको भएर घर फर्किएका छन्। तर, सञ्चारका विभिन्न माध्यमका कारण पनि मान्छेले मृ त्यु हुनेको संख्यालाई मात्रै देखिरहेका छन्।

नका रात्मक कुरातर्फ मात्रै मान्छेको मन गइरहेको छ। प्रत्येक व्यक्तिको हातमा आमसञ्चारको साधन भए पनि के कुरा सामाजिक सञ्जालमा राखिरहेका छौं भन्नेबारे धेरैजना सचेत नभएको देखिन्छ। कारोना भाइरसलाई लिएर पनि यस्तै त्रास फैलाइएको छ। सामाजिक सञ्जालकै कारण धेरै त्रास फैलिएको अवस्था छ। घाममा बस्दा कोरोना भाइरस २० मिनेटभन्दा बढी बाँच्न सक्दैन। तर, घरभित्र रहँदा यो भाइरस ८ देखि १० दिनसम्म बाँच्न सक्छ। त्यसैले, आफू पनि घाममा बस्ने, आफूले प्रयोग गर्ने कपडालाई घाममा सुकाउने जस्ता उपाय अपनाएर पनि स’ङ्क्रमणबाट बच्न सकिन्छ। अर्कातिर, नेपालमा आम मान्छेले सरकारलाई पनि विश्वास गर्न सकेका छैनन्। चीन, कोरियालगायतका देशमा भाइरस देखिएपछि कर्फ्युजस्तै अवस्था सिर्जना गरेर आम जनतालाई घर बाहिर ननिस्की उनीहरु भएकै ठाउँमा खानादेखि हरेक आधारभूत आवश्यकता उपलब्ध गराएको छ। बिरामी भइहालेमा स्वास्थ्य जाँचदेखि अन्य विविध कुरामा सरकारले जिम्मेवारी लिएको छ। तर, नेपालका आम जनतालाई सरकारले यस्ता कुनै पनि कदम चाल्छ भन्नेमा विश्वास छैन।

सरकारमाथि विश्वास नभएकै कारण आमजनताले आफ्नो जोहो आफैं गरि*रहेका छन्। दम, रक्तचाप, डाइबेटिजलगायत दीर्घ रोग भएका बिरामीले आफूलाई आवश्यक पर्ने औषधि ३-४ महिनाका लागि स्टकमा राखिरहेका छन्। मान्छेले बट्टाका बट्टा सिटामोल किनेर भोलिलाई स्टक बनाइरहेका छन्। आमजनतामा सरकारले सिटामोल दिन्छ भन्ने पनि विश्वास नभएको अवस्था छ। अन्य देशले यो प्रकोपलाई जुनरुपमा लिएका छन्, त्यसको तुलनामा हाम्रो देश धेरै पछाडि छ। जसकारण आमजनतामा त्रा*स फैलिएको छ। यसभन्दा पहिले फैलिएका रोगभन्दा यसको चुनौती पनि निकै छ। केहीअघि फैलिएको डेंगुलाई परीक्षण गर्न ‘किट’ उपलब्ध थियो। रोग लागेको नलागेको पाँच मिनेटमै पत्ता लाग्थ्यो । तर, कोरोना भाइरसको परीक्षण गर्न सजिलो छैन। सानोतिनो अस्पतालमा यसको परीक्षण हुने अवस्था नै छैन। भए-नभएको थाहा पाउन पनि गाह्रो छ। त्यसो त, कोरोना भाइरस नयाँ भाइरस होइन। सन् २००३ मा चीनमा फैलिएको ‘सार्स’ रो’ग पनि कोरोना भाइरसकै एक प्रकृति हो। केहीपछि मध्य पूर्वीय क्षेत्रमा फैलिएको ‘मर्स’ पनि कोरोना भाइरसकै अर्को प्रकृति हो। अहिले फैलिएको भाइरस पनि सोही प्रकृतिको भाइरस हो, जसलाई नोभल कोरोना भाइरस (काेभिड-१९)को नाम दिइएको छ।

यो भाइरसको प्रकृति झुक्याउने छ। कसैलाई रुघाखोकी मात्रै लागिरहँदा पनि कोरोना लागेर फेरि सञ्चो भइसकेको अवस्था हुनसक्छ। त्यसैले, यो रुघाखोकी जस्तै भाइरस हो। हाँछ्यु गर्दा, खोक्दा निस्कने कणबाटै यो रो’ग एकबाट अर्कामा सर्ने गर्छ। तर, सार्स र मर्सजस्ता भाइरसको तुलनामा यो भाइरस निकै कमजोर छ। कोरोना भाइरसको मृ त्यु दर दुईदेखि तीन प्रतिशतमात्रै छ। सय जनामा भाइरस लागेमा दुईदेखि तीनजनाको मात्रै मु त्यु भएको तथ्यांक छ। कोरोना भाइरसको सङ्क्रमण भएको भए पनि दुईदेखि १० दिनसम्म केही पनि लक्षण देखिने सम्भावना न्यून हुन्छ। तर, दुईदेखि १० दिनबीचमा यो भाइरस एक सं’क्रमितबाट अर्कोमा सर्ने जो’खिम धेरै हुन्छ। १० दिनपछि जब लक्षण देखिन्छ, संक्रमित व्यक्तिले आफ्नो त उपचार गराउँछ, ऊबाट रो’ग सरिसकेकाले भने फेरि दुईदेखि १० दिनको समयावधिमा अन्यलाई उसैगरी भाइरस सार्नसक्ने जो’खिम रहन्छ।

भाइरसले असर गर्ने व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस धेरै छन्। अहिलेसम्मको तथ्याङ्‌कलाई हेर्दा ६० देखि ७५ भन्दा बढी उमेर समूहका मानिसको मृ त्यु धेरै भएको छ। त्यसबाहेक दी’र्घरोग लागेका र रो’ग प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरुको मृ त्यु बढी भएको देखिन्छ। सँगै, जो मान्छे हरेक समय कोरोना भाइरस संक्र’मितकै आसपासमा समय बिताइरहेको छ, उनीहरुको मात्रै मृ त्यु भइरहेको छ। चीनमा अस्पताललकै निर्देशक तथा नर्सहरुको मृ त्युले पनि यो कुरालाई प्रमाणित गरेका छन्। चौबिसै घण्टा उनीहरु त्यही सेरोफेरोमा रहेकाले उनीहरुमा सङ्क्र’मण लागेर मृ त्यु भएको हो। नेपालमा यो भाइरस जाडो महिनामा आएको भए अकल्पनीय क्षति बेहोर्नुपर्ने थियो। तर, अहिले गर्मी सुरु भइसकेको छ। अर्कातिर, नेपालमा अहिलेसम्म यो भाइरसको सङ्क्रमण देखिएको छैन। अब पूर्व तयारी नभएमा अकल्पनीय क्षति बेर्होनुपर्ने देखिन्छ।

नेपालका लागि चुनौती

नेपालको सीमानाकै हिसाबले हेर्ने हो भने पनि हामीलाई त्यस्तो धेरै जो’खिम मोल्नुपर्ने देखिँदैन। जमिनको सिमानाको हिसाबले हामी तिब्बतसँग जोडिएका छौं। तर, भाइरस उहानबाट फैलिएको छ। तिब्बतमा कोरोना भाइरसको सङ्क्र’मण देखिएको छैन। भारतसँगको सिमानालाई हेर्दा पनि युपी, बिहारलगायतका क्षेत्र जो नेपालसँग जमिनले जोडिएका छन्, त्यहाँ भाइरसको सङ्क्र’मण देखिएको छैन। जमिनको सिमानाबाट धेरै जो’खिम नभए पनि हवाई माध्यमबाट नेपाललाई बढी जो’खिम छ। जापान, कोरिया, कुवेत, बहराइन, कतारलगायतका ठाउँमा कोरोना देखिएको छ। जसकारण यी देशमा भएका नेपालीहरु देशमा फर्किँदा संक्र’मित भएर आउनसक्ने सम्भावना धेरै छ।

नेपालको विमानस्थलमा सामान्य ‘थर्मल स्क्यानर’ राखिएको छ, जसले ज्वरोमात्रै नाप्छ। एयरपोर्टमा प्लेनबाट ओर्लिने बेलामा ज्वरो आएको व्यक्तिले सिटामोल खाएमा उसमा केही समयलाई ज्वरो देखिँदैन। ऊ सजिल्यै त्यो स्क्यानरबाट बचेर आउन सक्छ। अर्कातिर, एयरपोर्टबाट कसैलाई पनि ‘हस्पिटल जान नमानेकाले जबरजस्ती लगेको’ भन्ने सुनिएको छैन। टेकु अस्पतालमा एक महिना अगाडि साउदीबाट फर्किएको एक कामदार भागेको तथ्य हामीसँग छ। केही दिन अगाडि कोरियाबाट आएको व्यक्ति पनि उसैगरी टेकु अस्पतालबाट भाग्यो।

मुखलाई सुख्खा नराख्नु पनि भाइरसको सङ्क्र’मणबाट बच्नसक्ने उपाय हो। भाइरस मुखमा आए पनि तातो पानी वा तातो झोल पिउँदा भाइरस पेटमा पुग्छ, जहाँ त्यसको बच्नसक्ने सम्भावना हुँदैन। त्यसमाथि, उसलाई विमानस्थलबाटै ज्वरो आएको देखिएर अस्पताल लगिएको थिएन। होटल गइसकेपछि मात्रै उक्त व्यक्ति टेकु अस्पताल गएको थियो। अस्पतालमा बसेको केहीपछि नै ऊ भागेर हवाईमार्गबाट विराटनगर गयो। त्यहाँबाट आफ्नो घर हुँदै बसबाट धरान गयो। धन्य भन्नुपर्छ, अहिलेसम्म उसलाई सङ्क्रमण थिएन भनिएको छ। यदि ऊ संक्र’मित हुन्थ्यो भने उसले आफ्नो यात्रामा अन्य कतिजनासँग सम्पर्क गरिसकेको हुन्थ्यो? ऊमार्फत् कति जनालाई भाइरस सरिसकेको हुन्थ्यो?

यस्ता घटनाले पनि सरकारले चालेको कदम अपर्याप्त देखिएको छ। हामीले पहिल्यैबाट सरकारी अस्पतालमा सुरक्षा फौज राख्नुपर्छ भन्ने कुरा गरेका छौं। सुरक्षा फौज राखेर बिरामीलाई भाग्नबाट रोक्नुपर्छ। चिकित्सकले कहिल्यै पनि बिरामीलाई भाग्नबाट रोक्ने जिम्मेवारी पाएको हुँदैन, न उसलाई अधिकार नै हुन्छ। अधिकार दिए पनि चिकित्सकले बिरामीलाई पक्रिएर राख्ने अवस्था हुँदैन। यस्तो अवस्थामा सरकारले जनस्वास्थ्य सङ्‌कटकाल घोषणा गर्न आवस्यक छ। सङ्‌कटकाल घोषणा गरेर सुरक्षा फौजलाई हरेक अस्पतालमा राख्न आवश्यक छ।

विमानस्थलमा पनि चिकित्सक टोलीलाई खटाएर ‘ल्याब’ को व्यवस्था गर्न आवश्यक छ। शङ्‌का लागेको बिरामीलाई त्यहीँ परीक्षण गरेर उसलाई घर पठाउने वा क्वारेन्टाइनमा राख्ने भन्ने कुराको निधो गर्न सक्नुपर्छ। यस्तो भएन भने कोरोना भाइरस सङ्क्रमण भएको कोही मान्छे हवाईमार्गबाट नेपाल भित्रिँदैछ भने पनि उसलाई रोक्नसक्ने अवस्था धेरै कम छ। कोही मान्छे सङ्क्रमण भएरै आयो भने उसलाई विमानस्थलबाटै बाहिर निस्कन नपाउने अवस्था हुनुपर्ने हो, तर त्यो छैन। टेकु अस्पतालमा यसको परीक्षण गर्न सुविधा उपलब्ध छ। केही ठूला अस्पतालमा पनि कोरोना भाइर’सको सङ्क्र’मण भए/नभएको भन्ने कुराको परीक्षण गर्नसक्ने अवस्था छ। ‘स्याम्पल’ (नमुना) पठाएर पनि यसको परीक्षण भइरहेको छ। तर, यी कुराहरु निश्चित अस्पताल वा निश्चित ठाउँमा मात्रै छन। कुनै व्यक्तिले सुदूरपूर्व वा सुदूरपश्चिमको कुनै अस्पतालमा गएर आफूलाई सङ्क्र’मण भए नभएको बुझ्न खोजेमा त्यहाँ परीक्षण गर्नसक्ने अवस्था छैन। हरेक व्यक्तिको पहुँच परीक्षण हुनसक्ने अस्पतालसम्म नभएको अवस्थामा अर्को चुनौती पनि छ।

विश्व स्वास्थ्य सङ्‌गठनले स्वास्थ्य सङ्‌कट घोषणा गरेको एक महिना भइसक्दा पनि नेपाल सरकार भने चिन्तित देखिएको छैन। सङ्क्रमण देखिएमा यस्तो गर्ने, यी अस्पताललाई तयार गरिएको छ, यस्ता उपायहरु लगाउने भन्ने जस्ता विषयमा सरकारको कुनै तयारी देखिएको छैन। यसको उपचार नै पत्ता नलागेको समयमा, नेपाल सरकार भने रोकथामलगायतका कुरामा पनि जिम्मेवारी देखाइरहेको छैन।

रोकथामका उपाय

औषधि पत्ता नलागेको भए पनि यसको रोकथाम भने गर्न सकिन्छ। नेपालमा रोकथामको लागि सबैभन्दा ठूलो चुनौती यसलाई देशभित्र भित्रिन नदिनु नै हो। नेपालमा भा*इरस भित्रिने मुख्य माध्यम विमानस्थल भएकाले त्यहाँबाट भाइरसलाई भित्रन नदिए ९८ प्रतिशतसम्म जोखिम कम हुन सक्छ। विमानस्थलबाट नभित्रिएसम्म अन्य माध्यमबाट भाइरस भित्रिने सम्भावना न्यून छ। अर्कातिर, बजारमा जु*नरुपमा यसलाई प्रवाह गरिएको छ, त्यसबाट पनि बच्न आवश्यक छ। केही दिनयता नेपाली बजारमा मेडिकल मास्कको अभाव सिर्जना गरिएको छ, त्यो पनि कृत्रिम रुपमा सिर्जना गरिएको हो। कोरोना भाइरसलाई केन्द्रमा राखेर हेर्दा स्वस्थ मान्छेलाई मास्क आवश्यक पर्दैन। मास्क चाहिने भनेको सङ्क्रमण भइसकेको, रुघाखोकी लागेको र चिकित्सकलाई मात्रै हो। यी तीन थरिबाहेकलाई मास्कको आवश्यकता छैन। त्यसमाथि, मास्क लगाउने तरिका मिलेन भने अर्को जो’खिम हुन्छ।

खानेकुरामा पनि पोसिलो खानेकुराको प्रयोग गरेमा रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि भई सङ्क्रमणबाट बच्न सकिन्छ। भिटामिन-सी, भिटामिन-बिसिक्स, भिटामिन बिटुबेलजस्ता पदार्थयुक्त खानेकुरामा जोड दिनुपर्छ। सामान्य मेडिकल मास्क लगाएर कोरोना भाइरसको सङ्क्र*मण नहुने होइन। भाइरसबाट बच्नको लागि ‘एन ९५’ प्रकृतिको मास्कको प्रयोग गर्नुपर्ने हुन्छ। बाहिर हिँड्दा लगाएको मास्कलाई घरभित्र लग्नु हुँदैन। जस्तोसुकै मास्कको प्रयोग गरे पनि घरभित्र जानु अगाडि त्यसलाई ‘डिस्पोज’ गर्न आवश्यक हुन्छ। नाकसम्म आउने भाइरस शरीरका अन्य भागमा पनि आइपुग्छ। त्यसैले बच्नको लागि मास्कमात्रै लगाएर हुँदैन। शरीरका अन्य भागलाई पनि सुरक्षित राख्न आवश्यक छ। सकेसम्म पूरा कपडा लगाउने, सेनिटाइजरको प्रयोग गर्ने, सरसफाइमा ध्यान दिनेजस्ता उपायहरु अपनाउन जरुरी छ। खानपानका कुरामा पनि सरसफाइमा निकै ध्यान दिन आवश्यक छ। सँगै, प्रयोग गरेर फ्याँक्ने किसिमका डिस्पोजल प्लेट, ग्लासजस्ता सामानको प्रयोग गर्नु पनि अर्को रोकथामको उपाय हो।

सकेसम्म भीडभाडमा कम जानुपर्ने हुन्छ। तर, सरकारले अहिलेसम्म यो कदममा पनि केही काम नगरेको देखिन्छ। अहिलेसम्म सिनेमा हल, विद्यालयलगायतका बढी भीडभाड हुने क्षेत्र बन्द गरिएको छैन। त्यसबाहेक सांस्कृतिकरुपमा हुने भीडभाडलाई पनि रोक्ने कुनै कदम चालिएको छैन। अस्पताल आफैंमा बढी भीडभाड हुने ठाउँ हो। त्यहाँ पनि कुनै उपाय अपनाइएको छैन। रोकथामको अर्को उपाय समय-समयमा तातो झो*लिलो पदार्थ सेवन गर्नु पनि हो। मुखलाई सुख्खा नराख्नु पनि भाइरसको सङ्क्र*मणबाट बच्नसक्ने उपाय हो। भाइरस मुखमा आए पनि तातो पानी वा तातो झोल पिउँदा भाइरस पेटमा पुग्छ, जहाँ त्यसको बच्नसक्ने सम्भावना हुँदैन। सँगै, खाने कुरामा पनि पोसिलो खानेकुराको प्रयोग गरेमा रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि भई सङ्क्रमणबाट बच्न सकिन्छ। भिटामिन-सी, भिटामिन बि-६, भिटामिन बि-१२ जस्ता पदार्थयुक्त खानेकुरामा पनि जोड दिनुपर्छ।

घाममा बस्दा कोरोना भाइरस २० मिनेटभन्दा बढी बाँच्न सक्दैन। तर, घरभित्र रहँदा यो भाइरस ८ देखि १० घण्टासम्म बाँच्न सक्छ। त्यसैले, आफू पनि घाममा बस्ने, आफूले प्रयोग गर्ने कपडालाई घाममा सुकाउनेजस्ता उपाय अपनाएर पनि सङ्क्र*मणबाट बच्न सकिन्छ। व्यक्तिले आफ्नो तर्फबाट अपनाउन सक्ने उपाय धेरै हुन्छन्। ती सँगसँगै सरकारले पनि आफ्नो तर्फबाट अपनाउने कुरामा ध्यान दिन आवश्यक छ। सकेसम्म भाइ*रसलाई नेपालमा भित्रन नदिनु नै अहिलेको मुख्य रोकथाम हो। जसको लागि हवाईदेखि स्थलमार्ग सबैतिरका उचित चेकजाँच र परीक्षण हुन आवश्यक छ। अस्पताल पुगेको भाग्यो भन्ने खबर सुन्नु भनेको सरकारको लाचारीपन देखिनु हो। यस्तो कुरामा पनि सरकारले ध्यान दिन आवश्यक छ। व्यक्तिले आफ्नोतर्फबाट अपनाउनुपर्ने सतर्कता र सरकारले अपनाउनुपर्ने जिम्मेवारीले नै यो विश्व सङ्‌*कटबाट जोगिनसक्ने अवस्थाको सिर्जना हुन सक्छ।

(जनस्वास्थ्य विज्ञ डा. पाण्डेसँग नेपालन्युजका लागि युवराज भट्टराईले गरेको कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *