Butwal Sandesh

Best Nepali Online Newspaper

एउटी आमाको त्याग: जो काेराेना सं*क्रमित सानो छोराको लागि आ’इसोलेसन बसेकी छन् , यो म’र्मस्पर्शी भोगाइ पढ्दा कसको मन दु’ख्दैन होला र !

Spread the love

बुटवल : बुटवल ११ देवीनगरकी सुनीता एन्फा आ’इसोलेसनमा छिन्। आ’इसोलेसनभित्र बसे पनि उनी कोरोना सं*क्रमित भने होइनन्। २ वर्षको छोरालाई कोरोना पोजेटिभ देखिएपछि स्याहारसुसार गर्न उनी त्यहाँ बसेकी हुन्। उनी त्यहाँ ३५ जना कोरोना सं*क्रमितसँगै छिन्। उनलाई ती सं*क्रमितसँग जोगिएर छोरालाई निको बनाउने जिम्मेवारी छ। आइसोलेसनभित्र उनलाई जो*खिम पनि छ। सं*क्रमित छोरालाई साथमा राखेर स्याहार गर्नुपर्छ। ऊसँगै खेल्नु र एउटै कोठामा सुत्नु परेको छ उनलाई। यी काम गर्दा उनलाई पहिला छोराबाटै जोगिनु पर्छ। कोठाबाहिर आएपछि अन्य सं*क्रमितसँग सजग हुनुपर्ने छ। कोरोनाबाट जोगिएर छोरालाई निको पार्न उनी दिनरात खटिएकी छन्।

मास्क लगाएरै सुत्छिन्। ‘जति बेला पनि मास्क लाउनुपर्छ,’ भन्छिन्, ‘तर एक/दुई वटा मास्क मात्र दिएको छ।’ जसका कारण एउटै सर्जिकल मास्क पटक पटक प्रयोग गर्न बाध्य छिन् उनी। ‘सुरुमा आइसोलेसनमा आउँदा डराएकी थिएँ। सा*वधानीपूर्वक काम गर्दा डर हटिसक्यो,’ भन्छिन्, ‘दिनदिनै सँगै भएपछि अहिले सामान्य रूपमा लिएकी छु। म जोगिँदै छोरालाई कोरोनाबाट जिताउनु छ। ’ सुरक्षाका लागि सधैँ मास्क प्रयोग गर्ने उनी बताउँछिन्।

भन्छिन्, ‘पानीले पटक पटक हात धुन्छु। बाबुलाई स्याहार गर्दा ग्लोब लगाउँछु। सँगै भएपछि नजिक पर्दिनँ भन्दा पनि नहुने रैछ। आफ्नाेभन्दा पनि छोराको चि*न्ता छ।’ उनलाई विश्वास छ, केही दिनमै उनीहरु त्यहाँबाट केही दिनमै डिस्चार्ज हुनेछन्। क्वारेनटाइनमा बस्दा आरडिटी पोजेटिभ आएपछि दुवैजनाको स्वाब लिइएको थियो। जेठ २८ गते छोरालाई सं*क्रमण पुष्टि भएको थियो। ‘छोराको रिपोर्ट पोजेटिभ आउँदा धेरै दुः*ख लाग्यो,’ सुनिता भन्छिन्, ‘रिपोर्ट सुन्दा मेरो जिउ नै काँप्यो, हात खुट्टा नै चलेनन्। बरु म पोजेटिभ भएको भए बच्चालाई अरूले स्याहार गर्थे।’ उनी दुःख पोख्छिन्, ‘आरडिटी पोजेटिभ आएपछि क्वारेन्टाइनभित्र बसेकाहरू हाम्रो नजिक नै पर्न छाडे।

शौचालय र धारा एउटै प्रयोग गर्दा मानिसहरू टाढा पुग्थे। त्यहाँको व्यवहार सम्झिँदा अझै पनि पि*डा हुन्छ।’ सीमा क्षेत्रको भिडमा थिइन् उनी, कोरोनाको सं*क्रमण बढदै गएपछि भारत सरकारले लकडाउन घोषणा ग¥यो। भारतकाे महाराष्ट्रकाे मुम्बईमा घरायसी काम गर्दै आएकी सुनीता नेपाल फर्कनुपर्ने बाध्यता भयाे। किनकि लामो समयसम्म लकडाउन भएपछि उनी काम गर्नबाट वन्चित भइन् । भएको पैसा सकिएपछि सुनीतालाई खर्च चलाउनसमेत धौधौ भयो। आमासँग १३ हजार रुपैयाँ मगाएर त्यही पैसाले उनी नेपाल फर्किइन्। फर्किंदा उनीसँग ३ हजार ५ सय भारतीय रुपैयाँ थियो। तर जेठ १० गते कपिलवस्तुको सीमाक्षेत्र कृष्णनगर बढनी आए पनि नेपाल सरकारले गरेको लकडाउन र सीमा सिलका कारण उनीहरु २ घण्टा त्यहीँ भीडमा बसे।

भीडभाडबाट घर आउन नसकेका उनीहरु चोरबाटो हुँदै नेपाल आए। उनीहरुसहित १५ जना बस रिजर्भ गरेर बुटवल आएका थिए । त्यही सीमा क्षेत्रमा २ घण्टा भिडभाडमा बस्दा छाेरालाई कोरोना सं*क्रमण भएको हुन सक्ने सुनीताले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *