Butwal Sandesh

Best Nepali Online Newspaper

कंगनाको अर्को क*डा कदम, ‘मा*फिया’ भन्दै नायीकाहरुको तस्बिर सार्वजनिक गरेपछि बलिउडमा हं*गामा

Spread the love

मुम्बई । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको नि*धन पछि तत्काल प्रतिकृया जनाएकी अर्की नायीका कंगना रनावतले सामाजिक सञ्जालमा गरेको एउटा पोष्टले फेरी बलिउडमा हं*गामा भएको छ । उनले सुशान्तको नि*धन पछि बलिउडमा परिवारवाद हावी भएको र केही परिवारको कब्जामा पुरै बलिउड भएको भन्दै प्रतिकृया दिएकी थिइन् । यस्तै परिवारवादका कारण सुशान्तले आफ्नो जिवन त्या*ग गरेको भन्दै उनले गहिरो अनुसन्धानको माग राखेकी थिइन् ।

उनको भिडियो सन्देश पछि बलिउडमा अहिले परिवारवादको वहस चर्को रुपमा उठेको छ । बुवा आमा निर्देशक भएका कारण फिल्ममा अवसर पाएका अभिनेता र अभिनेत्रीहरुको फिल्म व*हिष्कार अभियान सामाजिक सञ्जालमा बढ्न थालेको छ । सामाजिक सञ्जालमा पनि उनीहरुका फलोअर्स घटेका छन् । कतिले सामाजिक सञ्जाल चलाउन बन्द गरिदिएका छन् । अहिले फेरी उनले एउटा पोष्ट गरेकी छन् जसले बलिउडमा अर्को भुइचालो आएको छ ।

उनको यो पोष्ट पछि नातावाद र परिवारवादको यो मुद्दा अब यत्तिकै रोकिने अवस्थामा नपुग्ने देखिएको छ । दर्शकले लगातार सलमान खान, शाहरुख खान, करण जोहरजस्ता सेलिब्रेटीको वि*रोध गरिरहेका छन् । बलिउड अभिनेत्री कंगना रनावतले पनि खुलेर वि*रोध जनाएकी छिन् । हालै कंगनाले केही नायिकाहरुका पुराना तस्वीर शेयर गर्दै ‘फिल्म मा*फिया’ भन्दै लेखेकी छन् । जसका कारण अन्य राम्रा कलाकारले अवसर नपाएको उनको भनाई छ ।

सुशान्तको नि*धन पछि कंगनाले लगातार भिडियो शेयर गरिरहेकी छिन् । उनले भिडियोमार्फत आफ्ना कुरा पनि शेयर गरिरहेकी छिन् । कंगनाले ट्वीटरमा स्टारकिड्सका तस्वीर शेयर गरेर ट्वीटरमा हंगामा मच्चाइदिएकी छिन् । उनले बलिउडका स्टारकिड्सको तस्वीर शेयर गर्दै भनेकी छिन् कि, बाहिरी कलाकारलाई कति पश्चाताप हुन्छ ।

उक्त पोस्टमा कंगनाले सारा अली खान, आलिया भट्ट सोनम कपूर र सोनाक्षी सिन्हाका पुराना तस्वीर राखेकी छिन् । उनले भनेकी छिन् – कुनै संघर्ष गर्ने युवतीविना उनीहरु स्टार बनिरहेका छन् । तस्वीरका साथ क्याप्सनमा कंगनाले लेखेकी छिन् – केही व्यक्तिहरुले भन्छन् कि, यो बोडी शेमिङ होइन, यही कारण करण जोहरजस्ता फिल्म माफिया दर्शकका लागि एक रियालिटी चेक हुन्छ ।’

कंगनाले सुरु देखि नै करणको वि*रोध गर्दै आएकी थिइन् । करणले नै परिवारवादलाई प्रश्रय दिएको उनको भनाई छ । करणले अन्य क्षेत्रवाट आएकाहरुलाई कलाकार नै नमान्ने गरेको र परिवारका कलाकार वाहेक अरुलाई अवसर पनि नदिने उनको आ*रोप छ । कंगनाले सार्वजनिक गरेको यस्तो ट्वीटमा अहिलेसम्म कुनै स्टारकिड्सको पनि यसमा प्रतिक्रिया आएको छैन । कंगनाले भने आफ्ना फ्यानलाई थप हिम्मत दिएकी छिन् । उनको खुलेर तारिफ पनि भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *