लिपुलेक क्षेत्रबाट भारतीय क्याम्प हटाउन चिनियाँ सैनिकको चे’तावनी
एजेन्सी। नेपाली अ*तिक्रमित भूमि लिपुलेक क्षेत्रमा रहेका भारतीय क्याम्पहरू हटाउन चिनियाँ सैनिकहरुले चे’तावनी दिइरहेको दाबी भारतीय सञ्चार माध्यमहरुले गरेका छन्।
नेपालको भूमि अति’क्रम’ण गरेर कालापानी र लिपुलेकमा बस्दै आएका भारतीय सैनिकहरुले लिपु पास नजिक बनाएका सैनिक क्याम्प हटाउन चे*तावनी दिइएको समाचार भारतीय पत्रिका अमर उजालाले लेखेको छ। चिनियाँ सैनिकहरु केही दिनयता भारतले अतिक्र’मण गरेको नेपाली भूमि लिपुलेकमा क्षेत्रमा आएर चिनियाँ झण्डा फहराइरहेका छन्।
झण्डामा चिनियाँ भाषामा लेखेर लिपुलेक सीमा क्षेत्रको २ सय मिटर वर भारतले बनाएको क्याम्प र मानसरोवर जाने यात्रीका लागि बनाइएका विश्राम क्याम्प हटाउन चे’तावनी दिइरहेको बताइएको छ। नेपाली भूमि अतिक्र’मण गरेर ढुक्कसँग वर्षौँदेखि बस्दै आइरहेका भारतीय सैनिकहरूलाई चिनियाँ सेनाले चेता’वनी दिएपछि भारतले सीमा क्षेत्रमा सेनाको संख्या बढाइरहेको पत्रिकाले समाचारमा लेखेको छ।
लद्दाख क्षेत्रमा भारतीय र चिनियाँ सेनाबीच त*नाव चलिरहेकै बेला लिपुलेकमा पनि चिनियाँ सेनाले भारतीय सेनालाई हट्न चे’तावनी दिएपछि भारतीय सेना तरंगित भएको समाचारमा उल्लेख छ।