Butwal Sandesh

Best Nepali Online Newspaper

प्रचण्ड र ओलिबिच फेरि क*टाक्ष, सरकार र पार्टीबीचको दूरी बढ्दै

Spread the love

काठमाडौँ : नेकपाका अध्यक्षद्वयलाई थाहा छ, आफूहरूबीच गहिरो समस्या छ । तर उनीहरूले त्यो समस्याको जड आफैं हो भन्ने स्वीकार्न नसक्दा एकीकृत पार्टीभित्रको म*तभेद झन बढ्दै गइरहेको छ । एकअर्काविरुद्ध हस्ताक्षर अभियानसमेत सञ्चालन गरिवरी यसले पार नलाग्ने भयो भन्ने सोचेर फेरि मिलनबिन्दु पहिल्याउने अध्यक्षद्वयको सहमति उनीहरूकै व्यवहार र शैलीले भं*ग गरिदिएको छ । बैठकमा अध्यक्षद्वयले मन्तव्यको अधिकांश समय एकअर्कासँग गु*नासो गरेरै बिताए । पुराना सहमति, समझदारी तथा पार्टी र सरकारका काम सम्झिए, आपसमा समन्वय नहुँदा पार्टी र सरकार झन ओरालो लागिरहेको बताए ।

प्रधानमन्त्री ओली, उनको मन्त्रिपरिषद्का सदस्यहरू र उनी निकट मानिने नेताहरूबाहेकले सरकारका काम र त्यसको तौरतरिकालाई रुचाएका छैनन् । सरकार गठन भएयताका साढे दुई वर्ष प्रधानमन्त्री ओली र उनीवरिपरिका केही व्यक्तिको तजबिजमा मात्रै सरकार चलिरहेको र त्यसले पार्टी र सरकार दुवैको बदनाम भइरहेको गुनासो नेकपाभित्रै छ । स्थायी कमिटीको बुधबारको बैठकमा प्रधानमन्त्री ओलीले सरकारका कामको फेहरिस्त सुनाउँदा वरिष्ठ नेता माधव नेपालले ह*स्तक्षेप गरेर भने, ‘सरकारले धेरै काम गरेको छ भनेर बखान नगरे हुन्छ, सडकका खाल्डाखुल्डी हेर्ने हो भने मेरै निर्वाचन क्षेत्र साँखुमा जाँदा हुन्छ ।’

प्रधानमन्त्री ओलीले भने सरकारले व्यापक काम गरिरहेको बताए । पार्टीभित्रैबाट सरकारको बदनाम गरिएको उनको गुनासो छ । ‘सरकारले जुन काम थाले पनि भ्र*ष्टाचार भयो भनेर प्रचार गरिएको’ उनको भनाइ थियो । ओली नेतृत्वको सरकार गठन भएयता पार्टीको सल्लाहबिनै सरकार चलाएको, एकलौटी निर्णय गरेको र केही व्यापारिक घरानासँग वि*वादास्पद साँठगाँठ गरेको लगायत विषयमा पार्टीभित्रै र बाहिरबाट पनि व्यापक आलोचना भइरहेको छ ।

पछिल्लोपटक स्वाथ्य सामग्री खरिदमा नेपाली सेनाको संलग्नता, स्वास्थ्य सेवा विभागले स्वास्थ्य उपकरण ल्याउँदा वि*वादास्पद ओम्नी कम्पनीलाई दिएको ठेक्का, यति समूहसँग सरकारको निकटतालगायत विषयले सरकारको वि*वादास्पद छवि उजागर गरेको टिप्पणी नेकपाभित्रै छ । यिनै कुरालाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले सरकारका बारेमा पार्टीभित्रैबाट गलत प्रचार गरिएको गुनासो गरेका हुन् ।

‘हामीले काम गरेका छौं, विकास निमार्णको काम गरेका छौं, कोरोना नियन्त्रणमा यो सरकारले गरेको काम उत्कृष्ट छ,’ प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रिय अन्तर्राट्रिय रूपमा विरोध त भएको थियो थियो, पार्टीभित्रैबाट पनि घेराबन्दीमा पार्ने काम भयो, सरकारविरुद्ध साथीहरू गुट नै बनाएर सक्रिय हुनुभयो ।’ उनले सरकारले काम गर्न खोज्दाखोज्दै पनि केही कमी–कमजोरी भएका छन् भने पार्टीभित्रै छलफल गरेर सच्याउन आफू तत्पर रहेको तर त्यसलाई पार्टीका नेताहरूले नबुझेको बताएका थिए ।

केहीअघि कान्तिपुरसँगको संवादमा कृषि तथा पशुपन्छी मन्त्री घनश्याम भुसालले भनेका थिए, ‘पार्टीमा समस्या हुँदा दुई अध्यक्षले समाधान गर्ने हो, दुई अध्यक्षबीच नै समस्या हुँदा कसले समाधान गर्ने ?’ सम्भवत: पार्टीभित्रको गुटबन्दी र दुई अध्यक्षबीच चलिरहेको द्वन्द्वको आँकलन गरेरै भुसालले यसो भनेको हुनुपर्छ । उनले भनेझैं नेकपाका दुई अध्यक्षबीच गहिरो समस्या छ भन्ने अनुमानको पुष्टि अध्यक्षद्वयले नै गरेका हुन् । जसरी अध्यक्ष ओलीले सरकारमाथि आ*क्रमण भइरहेको भन्दै दु:खेसो पोखे । त्यसैगरी अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकीकरणयताका बक्यौता सहमतिहरू पूरा नभएको भन्दै गुनासाको पोको फुकाए । ‘कताकता मलाई पार्टी एकीकरणका बेला सरकारको नेतृत्व आवश्यकताका आधारमा आलोपालो गर्ने भन्ने सहमतिबाट पछि हटेर गल्ती त गरिनँ भन्ने पनि लाग्छ,’ बैठकमा दाहालले भने ।

‘पार्टीभित्र ग*म्भीर समस्याहरु छन्, सरकारबारे निर्मम समीक्षा गर्नुपर्ने छ तर उहाँहरुले एकले अर्काबारेमा गुनासो गरेरै समय सक्नुभयो ,’ स्थायी कमिटीका एक सदस्यले भने , ‘दुवै अध्यक्षको कुरा सुन्दा असन्तुष्टि, आ*क्रोश र कटाक्षको अभिव्यक्ति हो भन्ने बाहेक अरु केही ठम्याउन सकिएन’

दुई वर्षअघि पूर्वएमाले र पूर्वमाओवादी मिलेर नेकपा त भयो तर गुटहरू एकीकरण हुन सकेनन् । एकातिर एकताबद्ध पार्टी गुटको फेडेरेसनजस्तै भयो भन्ने चि*न्ता पनि गरिरहने र अर्कातिर गुटलाई बलियो पनि बनाइरहने गर्दा नेकपाको एकता झन् झन् खस्किँदै गयो । यसैलाई आत्मसात गरेर होला सायद, गत मंसिर अन्तिम साता बसेको स्थायी कमिटी बैठकमा अध्यक्षद्वयको तर्फबाट प्रतिवेदन पेस गर्दै दाहालले पार्टीभन्दा गुटप्रति बफादार बन्ने प्रवृत्ति हाबी हुँदै गएको र त्यसलाई चिर्नुपर्ने बताएका थिए । पार्टी बैठकमा यो उद्घोष गर्नु केहीअघि अध्यक्षद्वयबीच ओलीले पाँचै वर्ष सरकार चलाउने र दाहालले कार्यकारी जिम्मेवारीसहित पार्टी सञ्चालन गर्ने सहमति भयो । तर सहमति कार्यान्वयनमा आएन । सरकार र पार्टीबीचको दूरी भने बढ्दै गयो । – कान्तिपुरबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *