Butwal Sandesh

Best Nepali Online Newspaper

भारतकी चर्चित टिकटक स्टारले गरिन देहत्या*ग, अन्तिम पटक बनाइन यस्तो टिकटक

Spread the love

एजेन्सी । बलिउडमा एक चर्चीत कलाकारलाई गु*माएको खबर सेलाउन नपाउँदै अर्को एक कलाकारले पनि सुशान्तकै वाटो अपनाएकी छन् । भारतमा एक अर्की कलाकारले देहत्या*ग गरेको समाचार भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनी सुशान्त जस्तै फिल्मी जगतकी नभएर टिकटक कलाकार हुन् । टिकटक मार्फत निकै चर्चीत बनेकी १६ वर्षीया सिया कक्करले देहत्या*ग गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनले किन त्यस्तो निर्णय गरिन् भन्ने खुलेको छैन । प्रहरीले अनुसन्धान सुरु गरेको भएपनी उनले कुनै नोट छोडे नछोडेको कुरा पनि सार्वजनिक भएको छैन ।

अघिल्ले दिन सम्म पनि खुसी मुडमै देखिएकी उनको अचानक यस्तो खबर पाएर फ्यान दुखी भएका छन् । उनले अघिल्लो दिन पनि टिकटक भिडियो सार्वजनिक गरेकी छन् । जसमा उनी खुसी नै देखिन्छिन् । देहत्या*गको त्यस्तो कुनै संकेत भिडियोा गरिएको छैन । उनी कुनै कुरालाई लिएर चि*न्तित भएको संकेत भिडियोवाट पाउन सकिदैन । भारतीय सञ्चार माध्यमले कक्करसंग सम्बित एजेन्सीसंग पनि गरिएको कुराकानीले उनले त्यस्तो निर्णय किन गरिन् भन्ने नखुलेको जनाएको छ ।

२३ घण्टाअघि उनले इन्ट्राग्राममा टिकटक भिडियो सेयर गरेकी छिन्। जसमा उनले कुनै संकेत गरेकी छैनन्। केही दिन चर्चित कलाकार सुशान्त सिंह राजपुतले पनि देहत्या*ग गरेका थिए । उनको नि*धन पछि बलिउडमा नयाँ वहस सुरु भएको छ । सुशान्त नि*धनको घ*टना निकै पेचिलो बन्दै गएको छ । उनको नि*धन भएको ११ दिन पछि पोष्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ । बलिउडले सन् २०२० मा इरफान खान, ऋषी कपूर र पछिल्लो समय सुशान्त सिंह राजपुत जस्ता दिग्गज कलाकार गु*माएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *