Butwal Sandesh

Best Nepali Online Newspaper

आन्तरिक उडान खुलाउन यसरी गरीयो पुर्व अभ्यास

Spread the love

काठमाडौं । कोरोना भाइरस सं*क्रमणको जो*खिमका कारण बन्द हवाई उडान सञ्चालन हुनुपूर्व बुद्ध एयरले अभ्यास गरेको छ । सरकारले उडान प्रोटोकल बनाएर हवाई सेवा सञ्चालनको तयारी गरेसँगै बुद्धले उडान पूर्व बिहीबार अभ्यास गरेको हो । उडान शुरु भएपछि कुनै सं*क्रमित यात्रु जहाजमा भएको अवस्थामा अरुलाई सं*क्रमण फैलिनबाट रोक्न सकियोस भनेर अभ्यास परीक्षण भएको बुद्ध एयरका प्रवन्ध निर्देशक विरेन्द्रबहादुर वस्नेतले बताउनुभयो । प्रोटोकलअनुसारको तालिम दिएर अभ्यास थालिएको उहाँले बताउनुभयो ।

आन्तरिक उडान करिब ४० दिनपछि शुरु हुने भएपनि अभ्यास निरन्तर जारी रहने उहाँको भनाई छ । बुद्धले नियमित उडान शुरु भएपछि आवश्यकता अनुसार यात्रुलाई स्यानिटाइजर र मास्क दिने व्यवस्था पनि गरेको उहाँले बताउनुभो।  सुरक्षित उडानका लागि एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सं*क्रमण नफैलने गरी निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले आन्तरिक उडान सुरु गर्ने तयारी थालेको छ ।

बुद्ध एयरले बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पोखरा र बिराटनगरका लागि कोरोना संक्रमण नफैलने गरी तयार गरिएको कार्ययोजना अनुसार डमी उडान गरिएको थियो । डमी उडानका लागि यात्रुलाई आन्तरिकको प्रस्थान बिन्दुबाट, बोडिङ कक्ष देखि सुरक्षित रुपमा बिमानसम्म पुराइएको थियो । त्यस्तै सुरक्षित रुपमा बिमानसम्म यात्रु पुराइएको थियो भने बिमानभित्र वस्दा कोरोना सं*क्रमणबाट बच्न आवश्यक सुरक्षा कवज प्रदान गरिएको थियो । बुद्ध एयरले अबको ४० दिनपछि हुने आन्तरिक उडानमा यात्रा गर्ने एक यात्रुबाट अर्को यात्रुमा सं*क्रमण नफैल्ने गरी उडान गर्ने बुद्धका प्रबन्ध निर्देशक विरेन्द्र बहादुर बस्नेतले बताए ।

बुद्ध एयरले एक घन्टामा ४ वटा उडान गर्नेगरी तयारी गरेको छ । साथै बुद्ध एयरले प्रत्येक उडानपछि जहाज डिसइन्फेक्सन समेत गर्ने भएको छ । सरकारले प्रतिबन्ध लगाएको आन्तरिक उडान सुचारु गर्ने निर्णय गरेसँगै आन्तरिक उडानलाई सुरक्षित तवरबाट सञ्चालन गर्न लागेको एयरका प्रबन्ध निर्देशक बस्नेतले जानकारी दिए । बुद्ध एयरले विमानस्थलमा उडानका लागि आउने यात्रुका लागि कम्पनीले तयार पारेको कोभिड–१९ को सुरक्षा निर्देशिका र नेपाल नागरिक उड्डयन प्राधिकरणले जारी गरेको सुरक्षा मापदण्ड पनि पूर्ण रुपमा पालना गर्ने पनि जनाएको छ । बुद्धले अप्रेशनका लागि सवै कर्मचारीलाई पनि काममा बोलाइसकेको जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *