Butwal Sandesh

Best Nepali Online Newspaper

मलामी नभएपछि कोरोना सं*क्रमित श*वलाइ सेनाको अन्तिम सलामी….

Spread the love

असार ८ गते दैलेखका एक जना कोरोना संक्रमित पुरूषको कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा ज्या*न गयो। दैलेखको दुल्लु नगरपालिका-३ का ४५ वर्षीय पुरूषको राति साढे ९ बजेतिर मृ*त्यु भएको थियो। तर मृ*त्युपछि उनका आफन्तले उनलाई छुन पाएनन् न त हिन्दु संस्कारअनुसार नै उनको अन्तिम संस्कार गर्न पाए।

हुन त स्वास्थ्य मन्त्रालयले बनाएको कार्यविधिमा सं*क्रमण नफैलिने गरी आफन्तले परम्पराअनुसारको अन्तिम संस्कार गर्न सक्ने उल्लेख छ। काठमाडौंमा विद्युतीय श*व दाह गृह भएकाले यहाँ कसैको कोरोनाका कारण मृ*त्यु भयो भने आफन्त पनि गएर त्यहीँ जलाउने गर्छन्। तर उपत्यका बाहिर भने विद्युतीय श*वदाह गृह नभएकाले अहिलेसम्म सं*क्रमित सबै श*व गाड्ने गरिएको छ। अरूमा कोरोनाको सं*क्रमण नहोस् भनेर नेपाली सेनाले सं*क्रमितको श*व आफैं लिएर गाड्ने गरेको छ।दुल्लुका ती पुरूषको श*व पनि असार ९ गते नेपाली सेनाले अस्पतालबाट निकालेर गिरिघाटको जंगलमा खाल्डो खनेर गा*ड्यो।

यसरी श*व व्यवस्थापन गर्न नेपाली सेनाले कोरोना सं*क्रमणबाट नेपालमा कसैको मृ*त्यु नहुँदा नै तालिम गरेको थियो। तालिमप्राप्त ती सैनिकहरूले स्वास्थ्य सुरक्षाका सबै सावधानी अपनाएर श*व पुरे। हिन्दु संस्कारमा सामान्य अवस्थामा मृ*त्यु भए ज*लाइसकेपछि किरियापुत्री हुन्छन्, घाट पुगेका मलामीले नुहाउँछन्। मृ*तकका आफन्त छोरामान्छेले कपाल मुन्डन गर्छन्।

तर कोरोना सं*क्रमितको श*व गाडी सकेपछि यी सबथोक गर्ने कोही हुँदैन। आफैंले गाडेको मान्छेलाई सैनिकहरू अन्तिम सलाम गर्छन्। नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डे नागरिकको अन्तिम सम्मानका लागि सेनाले त्यसरी सलाम गर्ने गरेको बताए। ‘उसको घरपरिवार कोही नहुने भए। सुरूसुरूमा त श*व बुझ्न कोही पनि आएनन्। गाउँ नजिकै गाड्न पनि दिएनन्, घा*टमा ज*लाउन पनि दिएनन्,’ पाण्डेले भने,‘यो त एकदमै भएन, बे*बारिसे बनाएजस्तो भयो भन्ने हिसाबले नेपाली सेनाले आफैं पहलकदमी लिएर गरेको हो। मृ*त्यु त भइहाल्यो तर मृ*त्यु हुनेलाई पनि सम्मान दिनपर्छ भनेर यो गरेको हो।’

उनका अनुसार त्यो अन्तिम सलामी दिएको जस्तै हो। ‘पशुपति आ*र्यघाटमा दागबत्ती दिँदा गरेजस्तो सम्मान दिएको हो। धेरै मान्छे जान मिलेन सं*क्रमणको ख*तरा रहन्छ। न्यूनतम मान्छे जाने हो,’ पाण्डेले भने,‘त्यहाँ कुनै ह*तियार प*ड्काइँदैन, श*व व्ययवस्थापन गर्ने सैनिकले सलाम गर्ने हो। नागरिकलाई फालेरमात्र आउनु भएन सम्मान पनि दिनुपर्‍यो भनेर यस्तो गरेका हौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *