Butwal Sandesh

Best Nepali Online Newspaper

को’रोना वि’रूद्धको खोप चिनले बनायो, अब आउँदो महिनादेखि संसारभरी खोप बाँड्ने चीनको आश्वासन

Spread the love

को’रोनावि’रुद्धको खोप विकास भएको चीनको दा’वी छ । कोरोनावि’रुद्धको खोप विकास भइरहेको काम अनुगमन गर्न पुगेका चीनियाँ राष्ट्रपति सी चिनफिङ्गलाई टोली प्रमुखले कोरोनावि’रुद्धको खोप पत्ता ला*गि सकेको अब आगामी महिनासम्ममा संसारभरी नै चिकित्सकीय प्रयोगका लागि बाँड्न सकिने जानकारी दिएका छन् । चीनले कोरोना (कोभिड १९) भाइरसवि’रुद्धको खोप आउँदो महिनादेखि नै चिकित्सकीय प्रयोगमा ल्याउन सकिने दाबी गरेको यो आ*धिकारीक खबर हो । वैज्ञानिकहरुले पाँचवटा विधिबाट अहिले खोपसम्बन्धी सामग्रीहरु विकास गरिरहेको र यसको प्रभावकारिता तथा सुरक्षाका लागि जनावरहरुमा प्रयोग गर्न लागिएको जानकारी दिएका छन्।

को’रोनाबाट सं’क्रमितहरुको संख्या विश्वभर एक लाख पुगिरहँदा चीनले यो जिवाणु प्रतिरोधी खोप सार्वजनिक गर्न लागेको हो। चीनको प्राविधिक विकास तथा अनुसन्धान केन्द्रका निर्देशक झेङ झोङ्गुइले भनेका छन्, मुलुक*को सवै नियम र का’नूनी प्रावधानहरु पुरा गर्दै आउँदो अप्रिल महिनादेखि कोरोनावि’रुद्धको खोप चिकित्सकीय र आ’पत्तकालिन प्रयोजनमा ल्याउन सकिने सम्भावना बढेको छ।

देशका वैज्ञानिकहरुले अहिले पाँचवटा विधिबाट कोरोनावि’रुद्धको खोप बनाइरहेको चीनियाँ अधिकारीहरुले दा’बी गरेका छन्। चीनको राष्ट्रिय स्वास्थ्य विभागले पनि आउँदो महिना नै को’रोनावि’रुद्धको पहिलो भ्याक्सिन प्रयोगमा आउने अपेक्षा गरेको छ। को’रोना निरोधक खोप विकास जुटिरहेका चिनियाँ वैज्ञानिकहरू ।

चीनको उहान शहरमा सन् २०१९ को अन्त्यतिरबाट कोरोना सं’क्रमण फैलिएको थियो। सो लगत्तै चीनियाँ वैज्ञानिकहरुले विभिन्न अनुसन्धान थालेका थिए। दर्जनभन्दा बढी कम्पनीको अनुसन्धानमाथि मूल्यांकन गर्दै चीन सरकारले विभिन्न आठवटा कम्पनीहरुलाई को’रोना वि*रुद्धको पहिलो भ्याक्सिन एकैसाथ र पाँचवटा फरक विधिबाट बनाउन स्वीकृति दिएको थियो। को’रोना *सं’क्रमणका कारण अहिलेसम्म विश्वभर साढे तीन हजार मानिसको ज्या’न ग’इसकेको छ भने सं’क्रमितहरुको संख्या एक लाख नाघेको छ। चीनसहित विश्वका ७० देशमा को’रोना सं’क्रमितहरु भेटिएका छन्।

यस्तै,नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपालमा को’रोना भा’इरसको सं’क्रमण फैलिन नदिन चीनले नेपालमा हुने नियमित उडानलाई घटाएको दा’बी गरेकी छन् । उनले समूहमा हुने भ्रमण तथा चिनियाँ कामदारहरुको फिर्तालाई रोक लगाएको बताएकी छन्। बिहीवार दूतावासमा नेपाल टेलिभिजन र रेडियो नेपालसँग दिएको अन्तर्वार्ताका क्रममा राजदूतले चीनमा रहेका नेपालीहरुको सुरक्षाका लागि चिनियाँ सरकारसँग काठमाडौं स्थित चिनियाँ दूतावास निरन्तर सम्पर्कमा रहेको बताएकी छन्।

‘एउटा राम्रो आपतकालीन संयन्त्रले आवश्यक सामाग्री आपूर्ति र माहामारी रोकथाम तथा नियन्त्रणको काम प्र*भावकारी हुनसक्छ,’ उनले भनिन्, ‘यस्तो संयुक्त राष्ट्रिय योजना सबै क्षेत्रको संलग्नतामा जवादेही तरिकाले हुनुपर्छ । सरकार, सामाजिक संघ संस्था र सर्वसाधारण जनताले आफ्नो ठाउँबाट जिम्मेवारी बहन गर्नुपर्दछ । खुला तथा पारदर्शी सूचनाले मानिसहरुको भावनालाई स्थिर राख्दै सरकारप्रतिको विश्वनीयता बढाउँछ। यसले नकरात्मक हल्लाहरुसँग लड्न पनि सहयोग पुर्‍याउँछ।’

म’हामारी रोकथामका लागि काठमाडौंस्थित चिनियाँ दूतावासले नेपालको संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयसहित सरोकारवाला निकायसँग नियमित सम्पर्क गरिरहेको राजदूत होउले बताइन् । त्यस्तै काठमाडौंस्थित विश्व स्वास्थ्य संगठनका प्रतिनिधिसँग पनि दूतावास निरन्तर सम्पर्कमा रहेको उनले जानकारी दिइन्। राजदूत यान्छीले नेपाल र नेपालीले चीनमा फैलिएको मा*हामारीबाट *आक्रान्त चीन र चिनियाँ नागरिकहरु प्रति ऐक्यवद्धता र सद्भाव प्रकट गरेको भन्दै आभार प्रकट गरिन् । ‘चिनियाँ जनताले यो सद्भाव र सहयोग भुल्ने छैनन् । नेपाल र नेपालीलाई आवश्यक पर्दा उनीहरुले यो सहयोग चुक्ता गर्ने छन्,’ यान्छीले भनिन्।

विकसित देशहरुले वैज्ञानिक अनुसन्धानलाई अगाडि बढाउँदै विकासशील देशहरुलाई सहयोग प्रदान गर्नुपर्ने उनको भनाइ थियो । उनले चीनलाई अहिलेको अवस्थामा ६० बढी देश तथा ७ वट अन्तर्राष्ट्रिय संगठनहरुले सहयोग गरेको र *चीनले पनि पाकिस्तान, जापान, दक्षिण कोरिया, इरान जस्ता प्रभावित देशहरुलाई सहयोग प्रदान गरेको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *