Butwal Sandesh

Best Nepali Online Newspaper

स्याङ्जाका आज एक जना कोरोना सं*क्रमितको मृ*त्यु

Spread the love

काठमाडौं- नेपालमा थप एक जना कोरोना सं*क्रमितको ज्यान गएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचार गराई रहेका स्याङ्जाका ५५ वर्षीय कोरोना सं*क्रमित पुरुषको बुधबार राति मृ*त्यु भएको छ । मृ*तक असार ८ गते आइसियूमा भर्ना भएका थिए । उनको श*व व्यवस्थापनको तयारी भई रहेको जनाइएको छ । गण्डकी प्रदेशमा मात्रै कोरोना सं*क्रमणबाट ज्या*न गु*माउनेको संख्या दुई पुगेको छ ।

प्रतिष्ठानका निर्देशक सह प्राध्यापक डा. अर्जुन आचार्यका अनुसार गत असार ८ गते अस्पतालमा भर्ना भएका उनलाई सघन कक्षमा राखेर उपचार भइरहेको थियो। ती पुरुषमा मधुमेह र निमोनियाको पनि समस्या रहेको समेत अस्पतालले जनाएको छ। कोभिड-१९ पोजेटिभ भई उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृ*त्यु भएका यी पुरुष दोस्रो व्यक्ति हुन्।

यस अगाडि पनि स्याङ्जाकै कोरोना पोजेटिभ एक पुरुषका मृ*त्यु भएको थियो। यसैबीच, आज बिहान गण्डकीका चार जिल्लामा ११ जना सं*क्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयले आज बिहान ६ बजे जारी गरेको विज्ञप्ति अनुसार म्याग्दीमा ६ जना, स्याङ्जामा एक, बागलुङमा दुई र नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा दुईजनामा सं*क्रमण पुष्‍टि भएको हो।

प्रदेश क्षयरोग केन्द्र पोखरा र हेटौंडास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमूना परीक्षणमा उनीहरूको कोभिड-१९ नतिजा पोजिटिभ देखिएको निर्देशक डा. विनोदविन्दु शर्माले जनाएका छन्। उनीहरूलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको विज्ञप्तिमा जनाइएको छ। आज थप भएका ११ जनासँगै गण्डकीमा कोरोना भाइरसका कूल सं*क्रमित ७५३ जना पुगेको निर्देशनालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *