Butwal Sandesh

Best Nepali Online Newspaper

आज सुनको भाउले आकाश छोयो, किन्ने भन्दा बेच्नेको घुइचो

Spread the love

काठमाडाैं, १० असार । लक*डाउन पछि उकालो लागेको सुनको मूल्य दिनानु दिन बढ्ने क्रममा रहेको छ । आज बुधबार प्रतितोला ९१ हजार १ सय रुपैयाँमा का*रोबार भइरहेको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिओ प्रतितोला ९० हजार ६ सय रुपैयाँमा का*रोबार भएको सुन ५ सय रुपैयाले बढेको हो । त्यस्तै सोमबार भने प्रति तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी चाँदीको भा*उ तोलाको ९ सय ४५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलाको ९ सय ४० रुपैयाँमा का*रोबार भएको थियो ।

सुनको मुल्य लगातार ब*ढेसंगै बजारमा सुन खरिद गर्ने भन्दा बेच्ने बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । कोरोना म*हामारीसंगै आम्दानीमा ह्रा*स र बे*रोजगारीले गर्दा रोजीरोटीको लागी सुन बेच्ने बढेको संघको अनुमान छ ।

कोरोना म*हामारीसंगै आर्थिक कारोबार चलायमान नहुदा मानिसहरुले बैंकमा पैसा राख्नु भन्दा सुनमा लगानी गर्नु सुरक्षित ठानेसंगै सुनको ख*रिद गर्ने क्रम बढेको हुदा सुनको मूल्यमा बृद्दी भएको अर्थविदहरुको आंकलन रहेको छ ।

त्यस्तै सुनको मूल्य वृद्धि हुनमा अर्को कारण, चीन–अमेरिका व्यापार यु द्ध, अमेरिकी केन्द्रीय बैँकले घ*टाएको ब्याज, क*मजोर शेयर बजार, सुस्त जर्मन अर्थतन्त्र, अमेरिकाको इरान र उत्तर कोरियासँग कटु सम्बन्ध र जम्मु कश्मीर वि*वाद पनि रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *