प्रभु बैंकका म्यानेजर भन्छन् ‘म्यारिज बौद्धिक खेल हो, पत्रकारले जु*वाडे किन लेखेको …?
नुवाकोट । नुवाकोटमा तासको खालवाट समातिएका प्रभु बैंक बट्टार शाखाका ब्रान्च मेनेजरले आफुलाई अन्यायपूर्ण तरिकाले समातिएको बताएका छन् । उनले म्यारिज खेल्नेहरुलाई जु*वाडे भन्न नमिल्ने र त्यो जुवा नभएको बताएका छन् । प्रहरीले केहि समय अगाडी नुवाकोटवाट उनी सहित खेलमा सहभागीहरुलाई प*क्राउ गरेको थियो ।
उनी एक लाख रुपैया र केही साथीहरुसंगै प*क्राउ परेका थिए । नुवाकोटको सतन्चुली होटलमा तास खेलिरहेको खबर पाएर गएको प्रहरीले उनलाई समातेको थियो । प्रहरी हि*रासतवाट छुटेपछि फेसवुकमा लामो स्टाटस लेख्दै उनले म्यारिज खेल्नेलाई जु*वाडे भन्ने नमिल्ने बताएका छन् । उनले फेसवुकमा म्यारिजलाई तासको बौद्धिक खेल भनेका छन् ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटले शनिबार जुवा खालमा छा*पा मार्दा प्रभु बैंकका शाखा प्रबन्धक, गाउँपालिका अध्यक्षका प्रत्यासीसहित १० जना प*क्राउ गरेको थियो । त्यस पछि विभिन्न मिडियामा जु*वाडे प*क्राउ भन्दै समाचार आएको थियो । उनले समाचारमा उल्लेख भएको जु*वाडे शब्द प्रति टिप्पणी गर्दै त्यस्तो लेखेका हुन् ।
उनले फेसबुकमा लेखेका छन:
मेरा नजिकका बौद्धिक पत्रकार मित्रहरु । एउटा बैंकर जो आइतबारदेखि शुक्रबार सम्म बिहान ९ बजेदेखी बेलुकी ७ बजेसम्म बैंकमा ब्यस्त हुन्छ । शनिबार बिदाको दिन खाजा खाँदा, होटेल जाँदा, साथिभाइसँग भेटघाट र रमाइलो गर्दा, भनौँ तास (बौद्धिक खेल म्यारिज जुन मो*नोरोगिहरुलाइ डाक्टरले खेल्न भनिन्छ) खेल्दा या हेर्दा जु*वाडे बन्छ भनेर लेख्ने पत्रकारलाई म के भनौ ?
तपाईं कुन पत्रकारिता गर्दैहुनुन्छ ? श्वेत या पित घ*टना के हो ? परिदृश्य के हो ? समाचार के हो ? लेख के हो ? रचना के हो ? बास्तबिकता के हो ? यसको गहिराइ के हो र आधिकारिकता के हो भन्ने थाहा नपाइ तपाइले कुनै अन्लाइनमा छापिरहदा, कुनै व्यक्तिले सुराकीको भरमा चौकी पुर्याइरदा, तपाईं थपडी मा’री टोलभरिकालाइ जम्मा गराइरहदा लागेन तपाइलाइ रत्तिभर सरम, लागेन भोलि त्यहि दाजुभाइ साथी चाहिन्छ भनेर ?