Butwal Sandesh

Best Nepali Online Newspaper

यी देशका लागि एक हजार नेपाली सैनिक शान्ति मिसनको तयारीमा

Spread the love

काठमाडौं – कोरोना (कोभिड-१९) भाइरसको म*हामारीकै बीच एक हजार नेपाली सैनिक शान्ति मिसनमा जाने तयारी सुरू भएको छ । कोरोनाका कारण रोकिएको संयुक्त राष्ट्र संघको शान्ति मिसनको ‘रोटेसन’ अब सुरु हुने भएको छ । यूएन मिसनले नेपाली सेनालाई बदली गर्नुपर्ने फौज तयारी अवस्थामा राख्न भनेको हो ।

जसअनुसार पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा एक हजार सैनिक अधिकारीलाई क्वारेन्टिनमा राखिएको छ । जंगीअड्डाका एक सैनिक अधिकृतका अनुसार यूएनले सैनिक अधिकृत र कर्मचारीलाई कोरोना भाइरसको परीक्षण गरेर मात्र पठाउन भनेको छ ।

त्यसका लागि नेपाली सेनाले पीसीआर मेसिन खरिदको तयारी पनि थालेको छ । सैनिक स्रोतका अनुसार अब एक सातापछि जुलाईबाट यूएन मिसनको फौज परिवर्तन गर्ने तयारी छ । यसअघि कोरोना भाइरसका कारण दक्षिण सुडान उड्ने तयारीमा रहेका ६९९ सैनिक अधिकारी नेपालमै रोकिएका थिए । सुडान उड्ने अन्तिम तयारीमा फौज रहेका वेला कोरोनाको बढ्दो म*हामारीलाई कारण देखाउँदै संयुक्त राष्ट्र संघले नयाँ फौज नपठाउन जंगीअड्डालाई पत्राचार गरेको थियो ।

अब उनीहरुसहित कंगोका लागि ५६, मालीमा एक सय ३८ र लिबियाका लागि २ सय ३० जनाको फौज जाने तयारीमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *