Butwal Sandesh

Best Nepali Online Newspaper

सन्दीप लामिछानेको मु*ल्य १ करोड

Spread the love

काठमाडौं। नेपालमा चर्चित क्रिकेट खलाडी सन्दिप लामिछानेको मूल्य एक करोड पुगेको छ । सिजन क्यारेबियन प्रिमियर लिग (सिपिएल)मा आज बुधबार हुन लागेको खेलाडी छनोटको ड्राफ्टमा सन्दिप लामिछानेले मूल्य एक करोड तोकेका हुन्।

आज हुने खेलाडी छनोटको ड्राफ्टमा सन्दिप लामिछानेले पनि नाम दर्ता गराएका छन्। ड्राफ्टको लागि सन्दिपले ९० हजार अमेरिकी डलर अर्थात १ करोड ८ लाख ५७ हजार रुपैया तोकेका छन्। यस ड्राफ्टमा नाम दर्ता गर्ने महँगा खोलाडीमा सन्दिप चौथोमा पर्छन्।

सिपिएलका लागि विभिन्न २३ देशका ५ सय ३७ जना खेलाडीले नाम दर्ता गराएका छन्। ड्राफ्टमा महँगो मूल्य राख्नेमा पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदीले १ लाख ६० हजार अमेरिकी डलर राखेका छन्।

दुईजनामा कोरोना पोजेटिभ देखिएपछि मध्यपुरथिमि नगरपालिकाले उच्च सतर्कता अपनाउँदै मुख्य दुईवटा सडकबाहेक सबै सडक बन्द गर्ने भएको छ। नगरपालिकालको आज आकस्मिकरुपमा बसेको कार्यपालिका बैठकले लकडाउनलाई क*डाइ गर्नुका साथै सडक, पसल पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो।

नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले अरनिको राजमार्ग खण्ड र पेप्सिकोला सानोठिमी हुँदै भक्तपुर जाने सडक बाहेक नगरपालिकाभित्रका अन्य सम्पूर्ण सडक बन्द गर्ने निर्णय भएको जानकारी दिए। उनले भने, “दुईवटा मुख्य सडकलाई खुला गर्ने र अरु सबै सडक स्थानीय बाहेक नयाँ मान्छेका लागि पूर्णरुपमा बन्द गरिएको छ।”

उनले थपे “ती सडकमा पानी, खाद्यान्न, एम्बुलेन्स, दमकल लगायत अत्यावश्यक सवारीसाधन बाहेक अरुलाई प्रवेश निषेध गरिएको छ, बाहिरबाट आएका नयाँ मान्छेलाई मध्यपुरथिमि प्रवेशमा पूर्णरुपमा रोक लगाएको छ। ”मध्यपुरथिमि नगरपालिकाभित्रका घरधनीलाई बाहिर जिल्लाबाट आएका कोही पनि व्यक्तिलाई बस्न नदिन निर्देशन जारी गरेको बताउँदै उनले कोरोना परीक्षण नगरी बसेका व्यक्तिमा पछि कोरोना भएको पुष्टि भएमा घरधनीलाई का*रवाही गर्ने नगरपालिकाले निर्णय गरेको छ।

नगरप्रमुख श्रेष्ठले भने, “हामी जटिल अवस्थामा छौँ, यस्तो बेलामा सानो लापरवाहीले ठूलो नोक्सान हुनसक्छ, त्यसैले कोरोना नेगेटिभ पुष्टि भएको प्रमाण बोकेर आउनेबाहेक विभिन्न जिल्लामा गएर फर्केर आएका व्यक्तिलाई आफ्नै कोठामा पनि बस्न दिएर संक्रमण भेटिएमा घरधनी आफै कारबाहीको भागिदार हुनुपर्छ।”

नगरपालिकाले लकडाउनलाई कडा गर्ने बताउँदै बिहान ९ बजेसम्म मात्रै तरकारी बजार खोल्न पाउने, खाद्यान्न, औ’षधि, ग्यास, पानीजस्ता अत्यावश्यकबाहेकका सम्पूर्ण पसल बन्द गरिने बताए । मासु, भट्टी, चियाखाजा पसल, फुटपाथ पसल पनि बन्द गराइने भएको छ। अत्यावश्यक बाहेक अन्य पसल खोलेमा का*रवाही गरिने भएको छ।

लकडाउनलाई पूर्णरुपमा कार्यान्वयन गराउन प्रहरीको साथै नगरपालिकाले १२५ जना स्वयंसेवक खटाउने भएको छ।परिचालन हुने स्वयंसेवकलाई प्रशासनको समन्वयमा नगरपालिकाले उपलब्ध गराएको पोशाक लगाएर परिचालन गरिने भएको छ।

नगरपालिकाका सबै जनप्रतिनिधिको स्वाब सङ्कलन गरी आफ्नै प्रयोगशालामा परीक्षण गरिएको छ। आज अपराह्न ४ बजे नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा स्थापना भएको ल्याबमा कोरोनाको परीक्षण गरिएको हो। रिपोर्ट भने आउँन बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *