नवराज बिकले न्या*य पाउने निश्चित: वडाध्यक्षसहित २३ जनालाई थु*नामा पठाउन अदालतको आदेश

रुकुम। रुकुम पश्चिमको चौरजहारी का*ण्डका २७ प्रतिवादीमध्ये वडाध्यक्षसहित २३ जनालाई अदालतले थु*नामा पठाएको छ। रुकुम पश्चिम जिल्ला अदालतले चौरजहारी नगरपालिका वडा नं ८ का वडाध्यक्ष डम्मरबहादुर मल्ल, केटीका बाबुसहित २३ जनालाई पूर्पक्षका लागि थु*नामा राख्ने आदेश दिएको छ।

बुधवार बेलुका अवेर अदालतले केटीकी आमालाई भने १ लाख धरौ’टीमा छोड्न आदेश दिएको छ। त्यस्तै इन्द्रबहादुर मल्ल, तुलबहादुर मल्ल र दिपेन्द्र चन्दलाई भने साधारण ताखेरमा छोड्न जिल्ला अदालतले आदेश दिएको छ। घटनाको ठिक एक महिना पछि अदालतले यो आदेश दिएको अधिबक्ता रामचन्द्र गौतमले जानकारी दिए।

असार ५ गतेदेखि सुरु भएको थुनछे’क बहस बुधवार सकिएको हो। त्यो बहसमा ५ जना सरकारी वकिल र जाहेरीवालाको तर्फवाट ३ जना बरिष्ठ अधिबक्तासहित २० जनाले बहस गरेका थिए। यसअघि असार १ गते रुकुम पश्चिमको चौरजाहारी नगरपालिका वडा नं। ८ सोती गाउँकी १७ बर्षीया किशोरी र उनका भाईलाई नाबालक भएको हुँदा तत्लकालका लागि सुधार गृहमा पठाउन अदालतले आदेश दिएको थियो।

जेठ १० गते जाजरकोटका ५ र रुकुम पश्चिमका १ जना गरि ६ जनाको ज्या’न जाने गरि भएको का’ण्डमा रुकुम पश्चिमको चौरजाहारी नगरपालिका वडा नं। ८ सोती गाउँका वडाध्यक्ष डम्मरबहादुर मल्ल, केटी, उनका बाबु आमासहित ३४ जना वि’रुद्ध ज्या’न मा ‘र्ने उद्योग, कतव्र्य ज्या’न र छुवाछुत वि’रुद्धको कसुरमा अदालतमा मु’द्दा दा’यर भएको थियो ।

कुल ३४ जना प्रतिवादी मध्य ५ जना फ’रार रहेका छन् । जाजरकोटबाट केटी भगाउन भनी गएका भनिएका जाजरकोट जिल्लाका २१ बर्षीय नवराज विकसहित ६ जनाको श’व विभिन्न समयमा भेरी नदीमा फे’ला परेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *