Butwal Sandesh

Best Nepali Online Newspaper

आज एकै दिन थपिए ६२९ सं*क्रमित, नेपालमा कोरोना सं*क्रमितको संख्या १० हजार ७२८ पुग्यो

Spread the love

काठमाडौं- नेपालमा बुधबार थप ६२९ जनामा कोरोना भाइरसको सं*क्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना सं*क्रमितको संख्या १० हजार ७२८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म १० हजार७२८ जनामा कोरोना भाइरसको सं*क्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या १० हजार ७२८ पुगेको जानकारी दिएका हुन् ।

डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११४ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना सं*क्रमण भएर निको हुनेको संख्या हालसम्म २३३८ पुगेको छ । जसमध्ये २१४१ जना पुरुष रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *