Butwal Sandesh

Best Nepali Online Newspaper

एमसीसीको कारण प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच सिधा ट*क्कर, प्रधानमन्त्रीले भने – तपाईले सकेको गर्नुस्, मैले सकेको म गर्छु…

Spread the love

काठमाडौं । अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मुद्दालाई लिएर सत्तारुढ नेकपामा वि*वाद पेचिलो बन्दै गएको छ । केही दिनसम्म प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल समूहबीचको यो वि*वाद अब कार्यपालिका र व्यवस्थापिकाबीच इ*गोको विषय बनेको छ ।

एमसिसीलाई लिएर प्रधानमन्त्री ओली निकै चि*न्तामा छन् । उनलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दह्रो साथ दिए पनि आफ्नै पार्टीबाट असहयोग हुँदै आएको छ । असार १६ गतेभित्र संसद्बाट एमसिसी पारित गर्नैपर्ने दबाब सरकारलाई छ । तर, प्रधानमन्त्री ओली र सभामुख अग्निप्रसाद सापकोटाबीचको इ*गोले यो पर पर हुँदै गएको छ ।

एमसिसीलाई लिएर पार्टी नै विभाजन हुने अवस्था आएपछि नेकपाले तत्कालका लागि यसलाई पन्छाएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष प्रचण्डबीच मंगलबार भएको चार घन्टा लामो भेटवार्तापछि एमसिसी मु*द्दा तत्कालका लागि पन्छिएको छ । यसअघि प्रधानमन्त्री ओलीले सभामुख सापकोटालाई बोलाएर एमसिसी पास गर्नका लागि प्रक्रिया अघि बढाउन आग्रह गर्दै आएका थिए । तर, सभामुखले पार्टी अध्यक्ष प्रचण्डको सिग्नलपछि त्यति चासो देखाएका थिएनन् ।

एमसिसी पास गर्ने मिति नजिकिँदै गएपछि प्रधानमन्त्री ओलीले सभामुख सापकोटालाई ‘एमसिसी रोक्न तपाईले सकेको तपाई गर्नुस्, मैले सकेको म गर्छु’ भनेर आ*क्रोशयुक्त सन्देश पठाएको नेकपा उच्च स्रोतले बतायो ।

अब असार १७ गते बस्ने संसद् बैठकमा एमसिसी पास गर्ने कि नगर्ने भन्ने विषयमा नेकपामा सहमतिका लागि प्रयास हुने छ । प्रचण्ड र नेपाल समूहले एमसिसीलाई ओलीलाई प्रधानमन्त्रीबाट हटाउने हतियार बनाएको छ । त्यसैले ओलीले प्रधानमन्त्री र अध्यक्षमध्ये एक पद छाड्न बाध्य हुने गरी प्रचण्ड र नेपाल समूह स्थायी कमिटी बैठकमा प्रस्तुत हुने तयारीमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *